दलहरूको चुनावी घोषणापत्रमा शिक्षा नीति कस्तो हुनुपर्छ?
१६ माघ २०८२
•
४ मिनेट पाठ
दलहरूको चुनावी घोषणापत्रमा शिक्षा नीति कस्तो हुनुपर्छ?
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ। ६८ राजनीतिक दल चुनावी मैदानमा उत्रिएका छन्। उम्मेदवारहरू मतदाता भेटघाटमा व्यस्त छन्। घोषणापत्रबिना नै प्रचारप्रसारमा जुटिरहेका उनीहरूले मतदाताबाट ‘तपाईंलाई भोट किन दिने ?’ भनी सोधिएको प्रश्नको सटीक जवाफ दिन सकिरहेका छैनन्। यसको खास कारण हो, उनीहरूसँग घोषणापत्र नहुनु। बल्ल दलहरू आ–आफ्नो योजना तथा नीतिअनुसार घोषणापत्र लेख्ने काममा जुटेका छन्। दलहरूले कस्ता घोषणापत्र ल्याउलान् भनेर मतदाता चासोका साथ प्रतीक्षा गरिरहेका छन्।




वास्तवमा दलको घोषणापत्र मतदान गर्नुअघि मतदातामाझ लगिने प्रतिबद्धतापत्र पत्र हो, त्यसलाई आधार बनाएर मतदाताले कसलाई मत दिने भनी निर्णय गर्छन्। शिक्षाविद् केदारभक्त माथेमाका अनुसार घोषणापत्र केवल कुनै पनि दलको नारा होइन, राज्यप्रतिको आफ्ना नीति, कार्ययोजना र उत्तरदायित्वबारे स्पष्ट पार्ने दस्ताबेज पनि हो। व्यावहारिक, मापनयोग्य हुने र जनजीवनसँग जोडिने घोषणापत्र मात्र सार्थक हुने उनको भनाइ छ।

दलहरूको चुनावी घोषणपत्रमा शिक्षासम्बन्धी कस्तो नीति आउनुपर्छ भन्ने प्रश्नमा माथेमाले घोषणापत्रमा शिक्षा अधिकार हो सुविधा होइन भनेर स्पष्ट रूपमा लेखिनुपर्ने बताए। उनले शिक्षाको गुणस्तरमा आएको गिरावटलाई कसरी सम्बोधन गर्ने भन्ने घोषणापत्रमा स्पष्ट हुनुपर्ने उनले बताए। गुणस्तरीय, समान, समावेशी र रोजगारीसँग जोडिने शिक्षा नीति घोषणापत्रमा समेटिनुपर्ने उनको भनाइ छ। ‘उच्च शिक्षामा कुनै पनि दलको हस्तक्षेपलाई बन्देज गर्ने गरी भ्रातृ शिक्षक र विद्यार्थी संगठन बनाउन प्रतिबन्ध लगाउने विषय घोषणापत्रमा लेखिनुपर्छ,’ उनले भने, ‘राष्ट्रिय आवश्यकताअनुसारको जनशक्ति उत्पादन गर्ने गरी सबै तह समेटिएको घोषणापत्र लेखिनुपर्छ।’

उनले सार्वजनिक शिक्षाको गुणस्तर निकै नै बलियो बनाउन शिक्षकको मेरिटमा आधारित नियुक्ति, नियमित तालिम र मूल्यांकन, समयानुकूल र जीवनोपयोगी पाठयक्रम निर्माण, परीक्षा प्रणालीमा सुधार र सार्वजनिक शिक्षामा लागि बजेट वृद्धिका विषय स्पष्ट रूपमा घोषणापत्रका उल्लेख गरिनुपर्ने बताए। उच्च शिक्षामा शून्य राजनीतिक हस्तक्षेपको नीति अपनाएर शिक्षाको घोषणापत्र लेखिनुपर्ने उनको ठहर छ।

उच्च शिक्षालय र माध्यमिक विद्यालय एसोसिएसन नेपाल (हिसान) का अध्यक्ष युवराज शर्माले निकै रस्साकस्सीका बाबजुद विद्यालय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा ऐन ल्याउन नसकेका कारण समग्र शिक्षा क्षेत्र नै निकै कठिन अवस्थामा रहेको बताए।

उनले दलहरूको घोषणपत्रमा विद्यालय शिक्षादेखि विश्वविद्यालय शिक्षासम्म प्रणालीगत सुधारका विषयहरू समेटिनुपर्ने सुझाव दिए। ‘शिक्षालाई पहिलो प्राथमिकतामा राखेर बजेटदेखि व्यवस्थापनसम्मको विषयवस्तु स्पष्ट रूपमा लेखिनुुपर्छ,’ उनले भने, ‘२७ हजार सार्वजनिक विद्यालयमध्ये १५ हजारभन्दा बढीमा सयभन्दा कम विद्यार्थी रहेको यथार्थलाई आत्मसात् गरी विद्यालय समायोजन र अवासीय विद्यालय खोल्ने स्पष्ट नीतिगत अवधारणासहितको विषय घोषणापत्रमा उल्लेख हुनुपर्छ।’

उनले थपे, ‘निजीलाई समाजिक उत्तरदायित्व निर्वाह गर्दै छात्रावृत्ति सुविधा हुने गरी लगानी सुरक्षाको प्रत्याभूति पनि त्यसमा उल्लेख हुुनुपर्छ।’

अध्यक्ष शर्माले हालको अवस्थमा नेपालमा उच्च शिक्षामा बढ्दै गएको राजनीतीकरणका कारण युवा विद्यार्थी पलायनको अवस्थालाई रोक्ने किसिमको उच्च शिक्षा तथा सिपमूलक प्राविधिक शिक्षाको व्यवस्थाबारे दलहरूले आ–आफ्नो घोषणापत्रमा समेट्नुपर्नेमा जोड दिए।

‘हालको अन्योलपूर्ण व्यवस्थाले सरकारी र निजी दुवै शिक्षा कमजोर बन्दै गएको छ,’ अध्यक्ष शर्माले भने, ‘उच्च शिक्षाको दायरा फराकिलो बनाउने व्यवस्था गरिनुपर्छ। जसरी कक्षा १२ सम्म विद्यार्थी नेपालमै अध्ययन गर्छन्, त्यसैगरी स्नातक तहको शिक्षा पनि स्वदेशमै हासिल गराउने अवस्था निर्माण गर्न अब दलहरूले आ–आफ्ना घोषणापत्रमै उच्च शिक्षालाई स्वायत्तता प्रदान गर्ने व्यवस्था उल्लेख गर्नुपर्छ। निजी शिक्षालयहरूले उच्च शिक्षामा स्वयत्तता पाउने हो भने पाठ्यक्रम निर्माण, परीक्षा तथा नतिजा प्रकाशनदेखि शैक्षिक योग्यताको प्रमाणपत्र दिनेसम्मको काम गर्न सक्ने अधिकार पाउँछन्। स्नातक तहको अन्तिम डिग्रीको प्रमाणपत्र विश्वविद्यालयले नै दिने व्यवस्था गरिनुपर्छ।’

प्राविधिक शिक्षाका लागि प्रादेशिक विश्वविद्यालय हुनुपर्ने अवधारणालाई दलले घोषणापत्रमा समेट्नुपर्ने उनको राय छ।

शिक्षाविद् विद्यानाथ कोइरालाले दलहरूको घोषणापत्र पाँच वर्षसम्मको मुख्य काम गर्ने लिखित दस्तावेजको आधार भएकाले यसबारे दलहरू स्पष्ट हुनुपर्ने बताए।

‘प्राविधिक र सिपमूलक शिक्षालाई अब दलहरूले आफ्नो घोषणापत्रको दस्ताबेजमा स्थानीय रोजगारीसँग जोडिएको सिप र तालिमको आधार स्पष्ट लेख्नुपर्छ,’ शिक्षाविद् कोइरालाको जोड छ, ‘उद्योग–विद्यालय सहकार्य, विदेश जानुअघि सिपको प्रमाणीकरण अनिवार्य हुने व्यवस्थाको प्रत्याभूति गरिनुपर्छ।’

उनले थपे, ‘घोषणापत्रमा मापनयोग्य प्रतिबद्धता हुनुपर्छ। बजेट कति? पाँच वर्षमा के गर्ने? कसले जिम्मा लिने? असफल भए कसरी जवाफ दिने? यी कुरामा स्पष्ट हुनुपर्छ।’

उनका अनुसार शिक्षामा सुशासन र जवाफदेहिता अनिवार्य हुनुपर्छ। शिक्षामा बजेटको पारदर्शिता, भ्रष्टाचारविरुद्ध कडा नीति र वार्षिक प्रगति प्रतिवेदन अनिवार्य गर्ने विषय घोषणापत्रमा समेट्न उनको छ। सामुदायिक विद्यालयमा लगानी बढाउने र निजी विद्यालयको नियमन तथा शिक्षामा व्यापारीकरण रोक्ने नीति उल्लेख गरिनुपर्ने राय पनि उनको छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१६ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५ सेकेन्ड अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस