भिजिट भिसा प्रकरणपछि गृह मन्त्रालयले कर्मचारीहरूको कार्यशैलीमा सुधार ल्याउने उद्देश्यबाट त्रिभुवन विमानस्थलमा नयाँ कर्मचारी पठाएको छ। लोकसेवा आयोगबाट हालै सिफारिस भएका नयाँ कर्मचारी विमानस्थलमा पठाएको हो। मन्त्रालयले त्यहाँ कार्यरत कर्मचारीहरूको सेट नै परिवर्तन गर्ने तयारीका क्रममा उनीहरूलाई पठाएको हो।
अध्यागमन विभागले विमानस्थलमा वैकल्पिक ‘डाटा सेन्टर’ तयार गरेको छ। विभागका निमित्त महानिर्देशक टीका ढकालका अनुसार गभर्नेन्ट इन्ट्रिगेटेड डाटा सेन्टर (जिआइडिटी) मा सर्भर डाउन भए पनि विमानस्थलबाट प्रदान गर्ने सेवा सुचारु नै राख्ने उद्देश्यबाट वैकल्पिक डाटा सेन्टरको स्थापना गरिएको हो। ‘साउन १ गतेबाट हामीले जिआइडिटीसहित वैकल्पिक डाटा सेन्टर स्थापना गरेका छौं,’ ढकालले भने, ‘वैकल्पिक डाटा सेन्टर सेवा सुरु भएपछि जिआइडिटीमा सर्भर डाउन भए पनि हामीले सेवा सुचारु नै राख्न सक्छौं।’ उनका अनुसार विमानस्थलमा वैकल्पिक डाटा सेन्टर राख्ने तयारी पहिलेदेखि नै भए पनि साउन १ गतेदेखि काम सुरु भएको हो।
सरकारी कार्यालयहरूको डाटा जिआइडिटीले कनेक्सन गर्ने गर्छ। त्यसैले जिआइडिटीमा सर्भर डाउन भएपछि त्यसबाट सर्भर लिएका सरकारी कार्यालयहरूको सिस्टम पनि स्लो हुने अथवा बन्द हुने गर्छ। त्यसैले विमानस्थलमा त्यस्तो समस्या नआओस् भनेर लोकल डाटा सेन्टर स्थापना गरिएको विभागको भनाइ छ।
गृहले खटाएको ४४ जना अधिकृत कर्मचारीहरूमा अनिल चापागाईं, टामन सिग्देल, दीपेन्द्रप्रसाद आचार्य, कुलप्रसाद आचार्य, रोशन गुरागाईं, तेजप्रसाद अधिकारी, सन्दीप रेग्मी, रमेश कार्की भरत बुढा, विवेक थापा, नरेन्द्रप्रसाद पोखरेल, विनोद खनाल, प्रकाश न्यौपाने, दीपक बराल, दीपेन्द्र पौडेललगायत कर्मचारी छन्। यसैगरी गृहले चेतबहादुर सेजुवाल, विजयप्रसाद घिमिरे, भूपाल खड्का, विमल पौडेल, मनोज साह, कृष्ण गौतम, रेशमबहादुर बुढा, मानबहादुर वली, मनोज रिमाल, दीपक चन्द, टेकबहादुर मोनी, विवेकराज पौडेल, निसु झा, नरेन्द्रराज जोशी, टेकबहादुर कार्की, सौरभ बस्याल, गोरखबहादुर धामी, मदनराज जैशी, रिता वाग्ले, भरतबहादुर शाही, उषा अधिकारी, झविन्द्र बेल्बासे, सुमन बानियाँ, विकास खड्का, जीवन आचार्य, प्रकाशकुमार मण्डल, ढाकाराम लामिछानेसहित ४४ जना ताजा कर्मचारीलाई अध्यागन पठाएको छ।
ताजा कर्मचारीबाट सेवा प्रभावकारी हुने र ढिलासुस्ती नहुने उद्देश्यबाट नयाँ कर्मचारी पठाइएको गृह मन्त्रालय स्रोतको भनाइ छ। उनीहरूलाई सोमबारदेखि नै विमानस्थलमा खटाइएको छ। विमानस्थलमा पठाउनुअघि ती कर्मचारीलाई तीन दिन तालिम दिइएको थियो। यसअघि लोकसेवा आयोगले सिफारिस गरी ती अधिकृतलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको थियो।
सामान्यबाट उनीहरूलाई गृहमा सिफारिस गरिएको थियो। अध्यागनमा जान सधैंजसो कर्मचारीको तँछाडमछाड हुने गर्छ। त्यहाँ धेरैजसो समयमा दरबन्दीभन्दा बढी कर्मचारी काजमा जाने गर्छन्। अब भने दरबन्दीभन्दा बढी कर्मचारीलाई मन्त्रालयमा फिर्ता बोलाउने गृहको तयारी छ। त्यस्ता कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयमार्फत अन्य कार्यालयमा सरुवा गर्ने तयारी छ।
सरकारले अध्यागमन विभागका प्रमुखको समेत सरुवा गरेको छ। अध्यागमन विभागका प्रमुख गोविन्द रिजाललाई मन्त्रालयमा बोलाई मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीलाई अध्यागमनमा पठाइएको छ। यद्यपि तिवारीले अझै हाजिरी गरेका छैनन्। यसैगरी गृहले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख विष्णुप्रसाद कोइरालालाई ५४ दिनमै मन्त्रालयमा सरुवा गरी उनको ठाउँमा नरहरि अधिकारीलाई पठाएको छ। अधिकारी यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत कार्यरत थिए। यसअघि उनी अख्तियारका प्रवक्तासमेत थिए।
भिजिट भिसाको विषयमा निकै विवाद भएपछि सरकारले पूर्वमुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा अध्यागमन र भिजिट भिसा सम्बन्धमा देखिएका समस्या समाधान उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको छ। सो समितिलाई विदेश जाने–आउने व्यक्तिको यात्राको तथ्यगत छानबिन गरी देखिएका समस्याको समाधान गर्न नीतिगत, कानुनी तथा तत्कालीन र दीर्घकालीन सुधारका कार्ययोजना ल्याउन कार्यादेश गरिएको छ।