भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं दथुटोलका स्थानीयबासीहरुले टोलमा चोरी, डकैतीलगायतका अपराधिक घटना नियन्त्रणका लागि अनौठो उपाय अपनाउने गरेका छन् । स्थानीयले टोलमा चोरी, डकैटी जस्ता घटनाहरु हुन नदिनका लागि टोलभरिका घरघरमा सिट्ठी राख्ने गरेका छन् ।
स्थानीयका अनुसार टोलका कुनै घरमा चोरी, डकैटीलगायतको कुनै शंका लागेमा त्यो घरमा वस्नेहरुले सिठी बजाउने गर्छन् । यसबाट उनीहरु टोलमा चोर पसेको र सहयोगका लागि आह्वान गरेको संकेत गर्दछन् । ‘यसले एकातिर टोलमा चोर आयो भनेर सम्पूर्ण टोलबासीहरुलाई थाहा हुन्छ भने अर्कोतिर चोरी डकैटीमा परेका परिवारलाई सहयोग गर्नुपर्यो भन्ने संकेत मिल्छ र त्यो परिवारलाई सुरक्षा दिन टोलबासी पुग्न सहयोग मिल्छ,' टोलबासीहरुले भने ।
मध्यपुर थिमि नगरपालिका वडा नं ६ दथुला टोलकी स्थानीय लक्ष्मीशोभा प्रजापतिले यसको सुरुवात आफैंले गरेको सुनाइन् । ‘सुरुमा मैले टोलको एउटा परिवारलाई एउटाएउटा सिठी मेरो व्यक्तिगत पैसाबाट किनेर निःशुल्क वितरण गरे, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मध्यपुर थिमि नगरपालिका वडा नं ६ तथा प्रहरी बृत थिमिको संयुक्त आयोजनामा चोरी, लुटपाट तथा अनलाइन ठगी नियन्त्रण सम्वन्धी शुक्रबार वडामा भएको सार्वजनिक नागरिक सुनुवाई कार्यक्रममा प्रजापतिले भनिन्, पछि टोलभरिको परिवारलाई परिवारका प्रत्येक सदस्यलाई एउटाएउटा पुग्ने गरी सिठी खरिद गर्न अनुरोध गरे ।’ उनका अनुसार आफूले किनिदिएको एउटा सिठीको मूल्य ३० रुपैयाँं थियो । टोलमा हाल २३ घर रहेको र नयाँं घरहरु निर्माण हुने क्रम वढ्दो रहेको उनले जनाए । अव नयांँ घर बनाएर वस्ने परिवारलाई पनि यही अनुरोध गर्दै गरेको दथुला टोल सुधार समितिका अध्यक्षसमेत रहेकी पूर्व शिशिका प्रजापतिले सुनाइन् ।
यो टोल मध्यपुर थिमि नगरपालिका कार्यालयको पछाडि रहेको छ । खुल्ला ठाउँंमा परेको यो ठाउँंमा नयाँंनयाँं घर बन्ने क्रम जारी नै रहेको छ ।
कार्यक्रममा प्रहरी बृत थिमिका प्रमुख डिएसपी नवराज ढुंगानाले प्रहरी एक्लैको प्रयासमा अपराध नियन्त्रणमा कठिनाई हुने भन्दै त्यसको लागि समुदायको सहयोग आवश्यक भएको बताए । त्यसकारण तपाईहरुलाई केही समस्या भयो कि प्रहरी बृतमा आएर उजुरी दिनहुन म सवै टोलबासीसँंग विनम्र अनुरोध गर्दछु, उनले भने । साथै चोरी नियन्त्रणमा सहयोगका लागि मध्यपुर थिमि नगरपालिकाले थप सिसी टिभीको जडानमा निरन्तरता वढाउँंदै लान उनले अनुरोध गरे ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष ज्ञानदास प्रजापतिले चोरी डकैतीलगायतका समस्याबाट वडाबासीलाई मुक्ति दिलाउन कार्यक्रम गरेको स्पष्ट पारे । कार्यक्रमको क्रममा बडाबासीहरुसँग प्रहरीले अन्तरक्रियासमेत गरेको थियो । वडाबासीले उठाएका विभिन्न विषयहरुमा डिएसपी ढुंगानाले उतर दिएका थिए । कार्यक्रममा एक सय भन्दा वढी वडाबासीको सहभागिता रहेको थियो ।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...