इलामको यातायात ठप्प, ‘विपद् संकटग्रस्त’ घोषणा गर्न माग
०७ साउन २०८३
•
६ मिनेट पाठ
इलामको यातायात ठप्प, ‘विपद् संकटग्रस्त’ घोषणा गर्न माग
इलाम नगरपालिका ९, राजदुवालीमा पहिरोले बगाएको मेची राजमार्ग ।
इलामको यातायात सेवा ज्यादै कष्टप्रद भएको महिनादिनसम्म समाधान निस्किन सकेको छैन । सदरमुकामसहित पाँचथर र ताप्लेजुङसमेत आउ–जाउ गर्ने मुख्य सडकका रूपमा रहेको मेची राजमार्ग महिना दिनयता बन्द छ ।  




इलाम नगरपालिका ९, राजदुवालीमा पहिरो झरेर र धस्सिएर करिब आधा किलोमिटर मेची राजमार्ग क्षतिग्रस्त छ । यहाँबाट घाम लाग्दा जसोतसो गाडी चल्नेगरेपनि पानी आउनेबित्तिकै बन्द हुनेगरेको थियो । तर, करिब २ सातायता यहाँबाट कुनैपनि सवारीका साधन चल्न नसक्दा खाद्यान्नसहित उपभोग्य सामग्री ढुवानी ज्यादै सकसपूर्ण हुनथालेको छ । वैकल्पिक सडकहरूमा समेत बर्खाको भेलबाढीले सवारी साधन सहज रूपमा चल्ने अवस्था नहुँदा इलाम सदरमुकाम ‘टापु’झैं बनेको छ ।  

मेची राजमार्ग बन्द हुँदा निर्माणाधीन केचना–कञ्चनजंघा मार्ग विकल्पका रूपमा थियो । तर, यो सडकको पुवाखोलामा पुल नहुँदा गाडी सञ्चालन हुन सकेको छैन । डाइभर्सन बनाएर गाडी चलाउने गरिएपनि पानी पर्नेबित्तिकै बाढी आएर पटक–पटक बगाइरहेको छ । निर्धारित समयमा निर्माण हुन नसकेको यो सडकका दर्जनौं ठाउँमा हिलो जमेर गाडी चल्न ज्यादै कठिन भइरहेको छ ।  

राजदुवालीको विकल्प मानिएको सिमलगोलाई–जोगमार्य–तिल्केनी सडकको समेत अवस्था भयावह छ । जोगमाई खोलामा पुल नहुँदा पानी परेका बेला सवारी साधन ठप्प हुनेगरेका छन् । यहाँ बनाइएको डाइभर्सन पनि पटक–पटक बाढीले बगाउनेगरेको छ । वारि–पारिको बाटो हिलाम्य भएका कारण सवारी साधन चलाउन सहज छैन । बिहीबार एकै दिन यो सडकमा हिलोमा नियन्त्रण हुन नसकेर एउटा पिकअप र अर्को यात्रुबाहक बोलेरो दुर्घटना भए । दुर्घटनामा ७ जना घाइतेसमेत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

जोगमाई र पुवाखोलामा बेलीब्रिज जडान गर्ने भनिएपनि अहिलेसम्म सामान आइसकेको छैन । सडक डिभिजन कार्यालयले भारतबाट बेलीब्रिजका सामग्री आउँदैगरेको र अब करिब २ सातामा आइसक्ने जनाएको छ । डिभिजन प्रमुख पवन भट्टराईले सामान धमाधम लोड हुँदै पठाउँदै गरेको खबर आएको र दुवै खोलामा बेलीब्रिज जडानको तयारी भने भएको बताए ।  

स्थानीय आक्रोशित

राजमार्ग बन्द भएको लामो समय बितेपनि मर्मत नसकिएको भन्दै स्थानीय आक्रोशित हुनथालेका छन् । ३ वर्षदेखि मेची राजमार्गको राजदुवालीमा मर्मत भइरहेपनि गाडी गुड्न नसकेपछि उपभोग्य सामग्रीसमेत अभाव भएको भन्दै उपभोक्ता र व्यवसायी असन्तुष्ट छन् ।  

इलाम उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण पौडेलले सरकारले सडकहरू मर्मत गर्न नसक्ने भए स्थानीयले नै श्रमदान गर्ने बताए । ‘यतिका समय भइसक्यो, इलामको कृषिउपज बारीमै कुहिरहेको छ, उपभोग्य वस्तु ल्याउन सकिएको छैन तर राजमार्ग मर्मत र वैकल्पिक सडक सुधारको कामले परिणाम दिएन,’ उनले भने, ‘सरकारले बरु सक्दिनँ भनेर हात उठाओस्, हामी इलामेले श्रमदान गरेर सडक र पुल बनाउँछौं ।’ उनले हिलाम्य सडकमा ठूला सवारी साधन नचल्दा साना सवारीमा सामान पल्टी गरेर ल्याउनुपरेकाले मूल्य बढेको बताए । ‘समान नल्याऔं भने उपभोग्य वस्तु अभाव हुन्छ, ल्याउँदा महँगो पर्छ,’ उनले भने, ‘सडक अवरुद्ध भएको यतिका दिन किन मर्मत सकिएको छैन, किन उचित विकल्प आउँदैन भन्ने सबै व्यवसायीको प्रश्न छ ।’

वरिष्ठ अधिक्ता जसबहादुर लुंगेलीले उपभोक्ताले ज्यादै दुःख पाइरहेको भन्दै सरकारले नसके स्थानीयले नै सडक बनाउन जुट्नुपर्ने अवस्था आएको बताए । ‘उपभोक्ता र इलामबासीमाथि ठूलो अन्याय भइरहेको छ,’ उनले भने, ‘राजमार्ग मर्मतका नाममा परिणाम नै नआउने काम किन भइरहेको छ ? उचित विकल्प किन निस्किन नसकेको हो ?’ इलामबासीले सडक डिभिजनले राजदुवालीको मेची राजमार्ग मर्मत गर्नुभन्दा यो बर्खाको बेला वैकल्पिक सडकहरूलाई भरपर्दो बनाउनुपर्ने सुझाव दिए । ‘कसरी हुन्छ, यो बर्खामा गाडी सहज रूपमा चल्नुपर्छ,’ अर्का उपभोक्ता ठाकुर कट्टेलले भने, ‘सरकारको काम देखावटीमात्रै नहोस्, परिणाम आओस् ।’

गत असोज १८ र १९ तथा अघिल्लो वर्षको असोज १२ को बाढी–पहिरोका कारण राजदुवालीको सडक क्षतविक्षत बनेको थियो । अहिले मर्मत भइरहेको छ । तर, खोलाबाटै पर्खाल उठाएर सडक अड्याउनुपर्ने अवस्था रहेकाले काम गर्न निकै जटिल भइरहेको छ । सडक डिभिजन प्रमुख भट्टराईले घाम लागेर ओभानो हुँदा करिब ५ दिनमा मेची राजमार्ग नै सञ्चालन हुने भएपनि पानी परेका बेला काम गर्न नसकिएको बताए । ‘मौसम हेरेर मर्मतको काम गर्नुपर्ने अवस्था छ,’ उनले भने । मेची राजमार्गको यो ठाउँका ४ खण्ड एउटै पहिरोले निरन्तर बगिरहेको छ । भिरालो पाखामा गोलाई घुमाएर बनाइएको सडकमा माथिबाट ठूलो पहिरो झर्दा ४ खण्ड एकै तवरले क्षतिग्रस्त भएका छन् ।

बारम्बार पहिरो झरिरहने र मर्मत भइरहने राजदुवालीको मेची राजमार्गको विकल्प भनिएको सिमलगोलाई–जोगमाई–तिल्केनी सडकमा पनि अहिले फोर ह्विल गाडी  जोखिम मोलेर चलिरहेका छन् । गाडी हिलामा चिप्लिएर दुर्घटनासमेत हुँदा आवश्यक मर्मत हुन सकेको छैन । यहाँको जोगमाई खोलामा लगाएको बेलीब्रिज गत असोज १८ को बाढीले बगाएको थियो । त्यसपछि बनाइएको डाइभर्सनसमेत बाढीले बगाएको छ । अहिले जोगमाई खोलामा पनि नयाँ बेली ब्रिज बन्नेक्रममा छ । तर, सामान आइसकेको छैन । तराईबाट इलाम आउन अरू कुनै भरपर्दो सडक छैन ।  

‘विपद् संकटग्रस्त जिल्ला’ घोषणाको माग

इलामका बासिन्दाले जिल्लालाई ‘विपद् संकटग्रस्त’ घोषणा गर्न माग गरेका छन् । इलाम नगरपालिकाको अगुवाईमा भएको सरोकारवालाको भेलाका सहभागीले इलाम संकटग्रस्त भइसकेपनि सरकारको ध्यान जान नसकेको गुनासो गरे ।  

जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघ–संस्थाका प्रतिनिधि, व्यवसायीलगायतको संयुक्त भेलाले जिल्लालाई कुनैपनि हालतमा संकटग्रस्त घोषणा गर्न संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । भेलाले दैनिक उपभोग्य खाद्य सामग्री, औषधि तथा ग्यासको आपूर्तिमा कठिनाइ भइ दैनिक जनजीवन अति प्रभावित भएकाले दैनिक उपभोग्य खाद्य सामग्री, औषधि तथा ग्यास नियमित आपूर्तिका लागि वैकल्पिक व्यवस्था मिलाउन र उल्लिखित कार्यका लागि सरकारी तथा गैरसरकारी निकायसँग आवश्यक समन्वय गर्न इलाम उद्योग वाणिज्य संघ इलामलाई अनुरोध गरेको छ ।  

पुवाखोला जलविद्युत् आयोजनाको सुरुङ मार्ग र हेड ट्यांकीको ठाउँ–ठाउँमा लिकेज रहेको हुनसक्ने जानकारी आएको र गोलाखर्कको राजदुवाली क्षेत्रमा विगतदेखि नै पहिरो जाने, जमिन भास्सिनेजस्ता विपदजन्य घटना भइरहेकाले यो सुरुङ मार्ग, हेड ट्यांकी र त्यसभन्दा दक्षिणको क्षेत्रलाई प्राविधिक टोलीबाट अध्ययन गराइ आवश्कताअनुसार मर्मत गराउनुपर्नेसमेत भेलाले निर्णय गरेको छ ।  

गत असोज १८ र १९ को बाढी–पहिरोले जिल्लामा १२ अर्ब रुपैयाँको भौतिक संरचना क्षति गर्दा सबैभन्दा बढी ७ अर्बका सडक र पुल क्षतिग्रस्त थिए । ३९ जनाको मृत्यु हुनेगरी भएको घटनापछि इलामलाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त’ जिल्ला घोषणासमेत गरियो । तर, सरकारले समयमै बजेट व्यवस्था नगर्दा मर्मतमा ढिलाइ भएर बर्खा लागेपछि काम सुरु भएको  छ ।  

गत आर्थिक वर्ष मेची राजमार्गको राजदुवालीमा मर्मत भइरहेको छ भने केचना–कञ्चनजंघा सडकको कामले केही गति लिने देखिएको छ । माई खोलाको बेलासे पक्की पुल ठेक्कापक्रियामा छ । यहाँ भर्खरै बेलीब्रिज जडान भइ सवारी चल्नसक्ने भएको छ । सिमलगोलाई–तिल्केनी सडकलाई भने चालु वर्ष बजेट विनियोजन नभएको डिभिजनले जनाएको छ । कोशी प्रदेश सरकारले भने सिमलगोलाई–तिल्केनी सडक मर्मतलाई २५ लाख रुपैयाँ दिने बिहीबार जानकारी दिएको छ ।  

गत सोज १८ र १९ को बाढी–पहिरोले इलाममा  ३९ जनाको मृत्यु भएको थियो । १ जना बेपत्ता, २६ घाइते, ४ सय ४९ परिवार विस्थापित, ८ सय २८ घरमा आंशिक क्षति र अर्बौको भौतिक संरचना ध्वस्त भएको थियो । संघीय सरकारले गत भदौ २३ मा इलामलाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त’ घोषणा गरेको थियो । तर, मर्मत र पुनर्निर्माणको गति तीव्र नहुँदा यो वर्ष पनि इलामबासीले सास्ती खेप्नुपरिरहेको छ ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
३ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस