टिओबी प्रकरण: ‘जेनजी अभियन्ता’ गुरुङमाथि सुरक्षा अंगको निगरानी !
२८ असोज २०८२
•
४ मिनेट पाठ
टिओबी प्रकरण: ‘जेनजी अभियन्ता’ गुरुङमाथि सुरक्षा अंगको निगरानी !
जेनजी आन्दोलनका क्रममा फ्री तिब्बत अभियानका सहभागीहरू देखिएपछि उनीहरूको निगरानी बढेको छ। आन्दोलनमा टिओबी अर्थात् तिब्बतियन मूलको रगत (तिब्बत ओरजिन ब्लड) का सदस्यहरू देखिएपछि सरकारले निगरानी बढाएको हो। 




त्यसमा जेनजी अभियन्ता सुदन गुरुङ पनि जोडिएको आशंकामा सुरक्षा निकायले उनीमाथि पनि निगरानी बढाएका छन्। गृह मन्त्रालयले यो विषय निकै गम्भीर भएकाले जोकोही भए पनि निगरानीमा रहने जनाएको छ। जेनजी अभियन्ता गुरुङमाथि पनि फ्री तिब्बत अभियन्ताको आरोप लगाएपछि उनले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै त्यसको खण्डन गरेका छन्। यद्यपि उनका विभिन्न गतिविधिलाई लिएर सुरक्षा अंगले निगरानी बढाएको हो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घुसपैठ भएको र टिओबी लेखिएको ज्याकेट लगाएका व्यक्तिहरूले हुलदंगा गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो फुटेज आएपछि गृह मन्त्रालय र मातहतका सुरक्षा अंगहरू सशंकित भएका थिए। ‘जेनजी आन्दोलनमा स्वयंसेवकका रूपमा मात्र खटिएर हाल नेतृत्वकै दाबी गरिरहेका हामी नेपाल अभियानका अध्यक्ष गुरुङका गतिविधि शंकास्पद देखिएपछि निगरानी बढाइएको हो,’ स्रोतले भन्यो। 

उनको विषयमा विविध प्रश्न उठेको बेला गृह मन्त्रालय पुगेका गुरुङले आफू फ्री तिब्बतको अभियानमा नरहेको भन्दै गृहमन्त्रीलाई जानकारी गराएका थिए। त्यसलगत्तै आइतबार सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर टिबिओ समूहमा आफू नदेखिएको र उनीहरूसँग आफ्नो चिनजान पनि नभएको जनाएका थिए। फ्री तिब्बतको विषय उठेपछि नेपाल प्रहरी मात्र होइन, सशस्त्र प्रहरी र नेपाली सेनाले समेत चासो दिएर उनीमाथि निगरानी गरिरहेको छ। ‘छिमेकी मुलुकको विषय हो। यसले पार्ने प्रभाव र असर ठुलो हुन्छ,’ एक सुरक्षा अधिकारीले भने।

आन्दोलनमा ठुलो भूमिका नभए पनि पछिल्लो समय सरकार गठनमै उनले हस्तक्षेप गर्ने प्रयास गरिरहेका छन्। गृह मन्त्रालयका सहप्रवक्ता रवीन्द्र आचार्यले शंकास्पद देखिएको जोकोहीमाथि निगरानी गर्न मातहत सुरक्षा अंगलाई निर्देशन गइसकेको बताए। ‘यो गम्भीर विषय हो, सुरक्षा अंगले आफ्नो काम गरिरहेको छ। निर्देशन गइसकेको छ,’ सूचना अधिकारीसमेत रहेका सहप्रवक्ता आचार्यले भने। गुरुङले सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्ति भएको केही दिनमा राजीनामा मागेको र गृहमन्त्री ओमप्रकाश अर्याल मन्त्री नभईकन मन्त्री हुन लागेको भन्दै धम्क्याएको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको थियो। तर पछिल्लो समय सरकारी संयन्त्रमा गएर धम्क्याएको आरोप पनि उनीमाथि छ। आफू निकटस्थलाई मन्त्री बनाउनसमेत दबाब दिइरहेको स्रोतको दाबी छ।

अहिले सादा पोसाकको प्रहरी टोलीले उनको निगरानी गरिरहेको छ। उनको समूहबाहेकका जेनजीहरूले गुरुङले आन्दोलनको अपनत्व लिन खोजेको भन्दै विरोध पनि गरिरहेका छन्। यद्यपि यो विषयलाई सरकारी संयन्त्रले त्यति वास्ता नगरेको भए पनि फ्री तिब्बतसँग जोडिएको विषयलाई भने गम्भीर रुपमा लिएको छ। नेपाल प्रहरीका प्रवक्ता डिआइजी विनोद घिमिरेले फ्री तिब्बतको विषय गम्भीर भएकाले सुरक्षा निकाय निकै चनाखो भएर बसेको बताए। 

‘हामीले पनि त्यो विषय सामाजिक सञ्जालमा हेरेका छौ, कतिपय उजुरी पनि आएका छन्। यसमा नेपाल प्रहरीको ध्यान पर्याप्त मात्रमा गएको छ। त्यसकारण यो वा त्यो भन्ने हुँदैन। व्यक्ति जोसुकै होस्, अनुसन्धान हुन्छ,’ प्रवक्ता घिमिरेले भने। मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको समूहले प्रधानमन्त्री निवास बालुवाटारअगाडि मध्यरातमा नाराबाजी गरेको थियो। भदौ ३० मा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारासमेत लगाएका थिए। सो क्रममा जेनजी आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूका परिवारका सदस्यहरूसमेत सहभागी भएका थिए। त्यतिबेला बालुवाटारस्थित तीन नम्बर गेटअगाडि उभिएर सुदन गुरुङले भने, ‘सबैभन्दा ठुलो शक्ति नेपाली जनता हो। कसैले हामीलाई रोक्न सक्दैन। जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छौ।’ 

प्रधानमन्त्री कार्कीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओमप्रकाश अर्याललाई गृहमन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री र विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जामन्त्रीमा नियुक्त गर्न लागेको सार्वजनिक भएपछि उनले प्रधानमन्त्रीको राजीनामा मागेका थिए। त्यसपछि उनले प्रधानमन्त्रीको खुट्टा ढोगेको तस्बिर पनि सार्वजनिक भएको थियो। उनका पछिल्ला गतिविधिले गर्दा राजनीतिक दलले समेत चुनाव हुने वातावरण नभएको बताउँदै आएका छन्। गुरुङले राजनीतिक दलका नेताहरूलाई चुनावमा उठ्नै नदिने बताउने गरेका छन्।

टिओबी प्रकरणमा मुछिएका केहीलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। जेनजी आन्दोलनमा हतियारसहित सहभागी भएको आरोप लागेका टीओबी समूहका तीन युवाहरूलाई ६ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिइसकेको छ। उनीहरूविरुद्ध अभद्र व्यवहारमा प्रशासनबाट अनुमति लिएर प्रहरी थप ६ दिन अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिएका छन्। तत्काल कुनै त्यस्तो बलियो प्रमाण फेला नपरेपछि प्रहरीले अभद्र व्यवहारमा प्रशासनबाटै म्याद लिएको हो। जेनजी आन्दोलनका क्रममा उनीहरू हतियारसहित देखिएको भन्दै उनीहरूको तस्बिर र भिडिओ सार्वजनिक भएको थियो। तेन्जेन दावासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
५५ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस