उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेका महाप्रबन्धक (जिएम) बस्ने आवासगृह (क्वार्टर)मा गएको एक महिनाभित्र तीन पटक चोरी भइसक्दासम्म कोही पक्राउ परेका छैनन्।
३० दिन नबित्दै तीन पटकसम्म चोरी हुँदा पनि न उद्योग प्रशासन तातिएको छ न त प्रहरी प्रशासनले नै अनुसन्धान तीव्र पारेको छ।
वर्तमान सरकारले नयाँ जिएम नियुक्तिको अन्तिम तयारी गरिरहेका बेला पूर्ण सरकारी स्वामित्वको उद्योगको जिएम क्वार्टरमा पटक पटक चोरी हुनुको कारण अझै खुल्न सकेको छैन। त्यसमाथि, प्रहरी प्रशासनले समेत यसबारे चासो नदेखाएको विषयले थप प्रश्न उठाएको छ। यसअघि दुई पटक चोरी भइसकेको जिएम क्वार्टरमा गत बिहीबार राति तेस्रो पटक चोरी प्रयास भएपछि मात्र घटना सार्वजनिक भएको हो।
उद्योगका निमित्त जिएम वैजनाथ झा काठमाडौंमा रहेका बेला दुई पटक चोरी भएको कर्मचारीहरू बताउँछन्। जिएम क्वार्टरमा चोरी भएको घटनाबारे जानकारी भने झाले बिहीबार दिउँसो मात्र पाएको बताए। चोरी भएको कुरा आफूले भर्खर मात्र जानकारी पाएको बताउँदै झाले आफू नयाँ जिएम नियुक्तिलगायत अन्य उद्योगको कामका लागि दुई महिनायता काठमाडौंमै रहेको र भर्खर फर्कंदा मात्र घटनाबारे जानकारी पाएको बताए।
सुरुमा २४ दिनअघि चोरी प्रयास भएको जिएम क्वार्टरमा पछिल्ला दुई घटना पनि एक साताभित्रै भएको जानकारी आफूलाई आएको झाले सुनाए। उनका अनुसार बिहीबारको घटना भने अलि फरक छ। सो घटनामा ढोका फुटाएको र ढोकाछेउमै दिसा गरेको पाइएको झाको भनाइ छ। यसअघिको चोरीमा भने ढोकाको ह्यान्डल फुटाएर कोठाभित्रबाट ५८ इन्चको टेलिभिजन स्क्रिन (एलईडी), मल्टिप्लग र मोबाइल चार्जर चोरी भएको थियो।
पछिल्लो चोरीमा भने केही सामान लगेको पत्ता नलागेको र कोठाको मूल ढोका भने फुटाइएको पाइएको छ। दुई पटकको चोरीमा भने के-के सरसामान हराएको भन्ने यकिन नभइसकेको छैन। जिएम झाले घटनाबारे प्रहरीलाई खबर गरिसकिएको र जलजलेस्थित इलाका प्रहरी कार्यालयको टोलीले चोरीका घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिए।
उद्योगका प्रशासन प्रमुख गम्भीरजंग खत्रीका अनुसार चार दिनअघि र २० दिनअघि अज्ञात समूहले जिएम क्वार्टरमा ढोकाको ह्यान्डल फुटाएर चोरी गरेको थियो। सोबारेको जानकारी प्रहरीलाई दिइएको र अनुसन्धानको क्रममा रहेको उनले बताए।
उद्योगको कर्मचारी आवास क्षेत्रमा नै रहेको जिएम क्वार्टर लगभग चार वर्षयता कोही नबस्ने भएकाले चोरी हुने घटनाबारे ढिलो गरी जानकारी हुने गरेको खत्री बताउँछन्। तत्कालीन महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको कार्यावधि समाप्त भएपछि सरकारले ६ महिनाका लागि कामचलाउ जिएम तोकेर मन्त्रालयका उपसचिव खगेन्द्र बस्नेतलाई पठाएको थियो। उनी कार्यकाल सकेर हिँडेपछि नयाँ जिएम सरकारले नपठाएकाले त्यतिबेलादेखि नै आवासगृह खाली रहेको खत्रीले बताए।
सरकारले जिएम नतोकेको र निमित्त जिएम कार्यरत कर्मचारीमध्येकै वरिष्ठ अधिकृतहरू तोकिने हुँदा उनीहरू आफ्नै आवासमा बस्दै आएका छन्। हालका निमित्त जिएम झा पनि आफ्नै क्वार्टरमा बस्दै आएकाले जिएम क्वार्टरमा चोरी भएको घटनाबारे भर्खर मात्र थाहा पाएको बताए।
सात दिनअघि चोरी हुँदा पनि भोलिपल्ट साँझ मात्र जानकारी पाएर प्रहरीमा खबर गरेको खत्रीले बताए। घटनास्थल पुगेको प्रहरीले अनुसन्धान गर्दा जिएम कोठाको ५८ इन्चको टेलिभिजन स्क्रिन, मल्टिप्लग र चार्जर लगेको ठहर गरेको खत्रीले बताए। तर, लगत्तै अर्को पटक ढोका फुटाएर चोरी गर्ने प्रयास गर्नुले उद्योग आवास क्षेत्र असुरक्षित हुन पुगेको कर्मचारीहरू बताउँछन्।
उद्योग सुरक्षार्थ ५९ जनाको सेक्युरिटी फोर्स कार्यरत रहेको परिसरभित्रै पटक पटक चोरी हुनुलाई लापरबाहीको पराकाष्ठा मानिएको छ। उद्योगमा गोर्खाली योद्धा सेक्युरिटी कम्पनी काठमाडौंमार्फत ५९ सुरक्षाकर्मी खटाइएकाको सुरक्षा कमान्डर सुरेन्द्रकुमार मगरले बताए।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी गणेश बमले केही दिनअघि चोरी भयो भनेर पत्र आएको जानकारी दिँदै इप्रका जलजलेलाई घटनास्थल पुगेर यथार्थ विवरण बुझाउन निर्देशन दिएको बताए। रातदिन ड्युटी बस्ने सुरक्षाकर्मी राखेको उद्योगमा कसरी चोरी भयो भन्ने आश्चर्य लागेको बमले बताए। त्यहाँका सुरक्षाकर्मी उद्योग क्षेत्रको ड्युटीमा खट्ने भए चोरीका घटना नहुनुपर्ने भन्दै यस्तो घटना हुनुले सुरक्षाकर्मी हुनु र नहुनुको कुनै मतलब नभएको डिएसपी बमको भनाइ छ।
सरकारले जिएम नियुक्तिका लागि ९ जना आवेदकसँग व्यावसायिक परियोजना प्रस्तुतिकरणदेखि अन्तर्वार्तासमेत सकेर उत्कृष्टमध्ये ३ जनाको नाम सिफारिसको अन्तिम चरणमा पुगेका बेला हुने गरेको चोरीको घटनाले संशय पैदा गरेको उद्योग कर्मचारीहरू बताउँछन्। यस्तो घटना हुनुमा टाढाको नभई उद्योगभित्रैको अज्ञात समूहको गतिविधि हुन सक्ने अनुमान पूर्व सञ्चालक सदस्य पदम दाहालको आशंका छ।
जिएमका आकांक्षीहरू ९ जनाको व्यावसायिक परियोजना प्रस्तुति तथा अन्तर्वार्ता असोज १३ र १४ गते नै सकिए पनि अहिलेसम्म ३ जना उत्कृष्टको नामसमेत छनोट हुन नसकेको उद्योग स्रोतले जनाएको छ। उद्योगको पदाधिकारी छनोट कार्यविधिअनुसार परीक्षामा छानिएकामध्ये उत्कृष्ट ३ जनाको नाम जिएमका लागि सिफारिस समितिले मन्त्रालयमा पठाउने र मन्त्रालयले उनीहरूमध्ये एक जनालाई जिएम तोक्ने व्यवस्था रहेको छ।