इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
२५ साउन २०८३
•
३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ। पुवा र जोगमाई खोलामा पुल नहुँदा सवारीसाधनले बर्खे भेल पार गर्न सक्ने अवस्था छैन। मेची राजमार्ग पनि महिना दिनदेखि बन्द छ।




केचना–कञ्चनजंघा सडक (इलाम–झापा फास्ट ट्र्याक) को पुवाखोला र मेची राजमार्गको राजदुवाली खण्डको विकल्प मानिएको सिमलगोलाई–तिल्केनी सडकको जोगमाई खोलामा जडान गर्ने भनिएको बेलिब्रिज अहिलेसम्म नआउँदा समस्या भएको हो। दुवै खोलाका लागि भारतबाट बेलिब्रिजका सबै सामान आइनपुगेकाले जडानको टुंगो नभएको सडक डिभिजन कार्यालयले जनाएको छ।

डिभिजन प्रमुख पवन भट्टराईले बेलिब्रिजका तीन गाडी सामान आएको तर बाँकी सामान कहिले आउने भन्ने यकिन नभएको बताए। ‘एउटा बेलिब्रिज जडानका लागि १५–१६ गाडी सामान चाहिन्छ, अहिलेसम्म तीन गाडीचाहिँ आएको छ,’ उनले भने, ‘थप चार गाडी सामान करिब १० दिनमा आइपुग्छ। बाँकी सामान र जडान गर्ने प्राविधिक टोली कहिले आउँछ थाहा छैन।’

प्रमुख भट्टराईका अनुसार सामान आएपछि मात्र प्राविधिक टोली आउने कुरा भएको छ। ‘बेलिब्रिज जडान गर्न खोलामा हामीले बनाउनुपर्ने पूर्वाधार करिबकरिब बनाइसकेका छौं तर जडान कहिले हुन्छ भन्ने यकिन नहुँदा अन्योल छ,’ उनले भने, ‘डिभिजनले चाँडोभन्दा चाँडो सामग्री ल्याउन पटकपटक सडक विभागमा लिखित र मौखिक रूपमा अनुरोध गरेको छ। विभागले पनि प्रयास गरिरहेकै होला।’

खोलामा पुल नहुँदा इलाम, पाँचथर र ताप्लेजुङ आवतजावत गर्ने सवारीसाधन चलाउन निकै कष्ट भइरहेको छ। अघिल्लो वर्षको असोज १८ गते रातिको पहिरोले मेची राजमार्गको राजदुवाली खण्डको करिब पाँच सय मिटर सडक बगाएको थियो। अहिलेसम्म बर्खामा गाडी चल्ने गरी सडक मर्मत हुन सकेको छैन। हिउँदमा गाडी चले पनि बर्खा लागेपछि असहज भएको हो। करिब महिना दिनयता यो खण्ड पुरै बन्द छ। ‘गाडी चलाउन सडक मर्मत गरिरहेका छौं तर पानी पर्नेबित्तिकै बाटो बिग्रिहाल्छ,’ भट्टराईले भने, ‘बनाउने र बर्खे झरीले बगाउने क्रम जारी छ।’

राजदुवालीमा पहिरो अड्याउने गरी सबैभन्दा पुछारको भाग माईखोलाको सतहबाटै सिमेन्टको पर्खाल (प्लम्ब) लगाएर मर्मत भइरहेको छ। तर पानी परिरहेकाले काम सक्न समस्या भइरहेको उनले बताए। ‘राजदुवालीबाट मेची राजमार्ग तत्कालै खुल्ने अवस्थाचाहिँ छैन,’ भट्टराई भन्छन्, ‘केही समय अझै लाग्छ।’

केचना–कञ्चनजंघा सडकको पुवाखोलामा र सिमलगोलाई–तिल्केनी सडकको जोगमाईमा गत वर्ष लगाइएका दुई नयाँ बेलिब्रिज असोजको बाढीले बगाएको थियो। दुवै खोलामा अहिले अस्थायी डाइभर्सन बनाई सवारीसाधन चलाइएको छ।

तर पानी पर्नेबित्तिकै बाढी आएर बगाउँदा समस्या हुने गरेको छ। यी दुवै सडक कच्ची भएकाले बर्खामा हिलाम्य हुन्छन्। यात्रु र मालबाहक दुवै गाडी आवागमनमा समस्या छ।

अहिले सिमलगोलाई–तिल्केनी सडक कोसी प्रदेश सरकारको २५ लाख रुपैयाँ लगानीमा मर्मत भइरहेको छ। तिल्केनीदेखि बज्रदेवीसम्मको खण्डमा इलाम नगरपालिकाले ग्राभेल हालेर मर्मतको काम गरिरहेको छ। बाँकी खण्डको काम सडक डिभिजनले गरिरहेको छ। केही दिनमै सडक मर्मत सकिने भए पनि ठुला मालबाहक गाडी गुडाउन भने समस्या हुन सक्ने डिभिजन प्रमुख भट्टराईले बताए। मालबाहक गाडी चल्न नसक्दा इलाममा उपभोग्य वस्तुको अभाव भइरहेको छ।

गत असोज १८ र १९ मा इलाममा भएको भारी वर्षा र बाढीपहिरोका कारण ३९ जनाको ज्यान गएको थियो। प्राकृतिक विपद्बाट १२ अर्ब रुपैयाँ बढीको भौतिक सम्पत्तिमा क्षति पुगेको थियो। सडक र पुलमा मात्रै सात अर्ब रुपैयाँबराबरको क्षति भएको थियो। क्षति भएका पुल र सडक बनाउन समयमै बजेट नआउँदा र बर्खा लागेपछि मात्रै मर्मत–निर्माणको काम थाल्दा यात्रुसँगै स्थानीय उपभोक्ताले सास्ती बेहोर्नुपरेको हो।

इलामबासीले सडक असुविधाका कारण कष्ट बेहोर्नुपरेपछि सरोकारवालाले इलामलाई ‘विपद् संकटग्रस्त’ घोषणा गर्न संघीय सरकारसँग पटकपटक माग गरिरहेका छन्। जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघ–संस्थाका प्रतिनिधि, व्यवसायीलगायतले संयुक्त भेला गरी इलामलाई संकटग्रस्त घोषणा गर्न संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेका थिए।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस