दुर्घटनामा ज्यान गुमाउने वर्षेनी बढ्दो
२१ साउन २०८२
•
३ मिनेट पाठ
दुर्घटनामा ज्यान गुमाउने वर्षेनी बढ्दो
भनिन्छ, मानव जीवन सबैभन्दा मूल्यवान् छ । यही मूल्यवान् जिन्दगी सानो गल्तीका कारण गुम्ने गरेको छ । कतिपय अवस्थामा आफ्नै गल्ती त कतिपय अवस्थामा अरुकै गल्तीले मूल्यवान् जिन्दगीको चोला सकिने गरेको छ । बागलुङ पछिल्ला केही वर्षहरूमा अकालमै ज्यान गुमाउनेको संख्या बढ्दै गएको देखिएको छ । सडक दुर्घटनाका कारण अकालमै ज्यान गुमाउनेको संख्या बढेको छ । ट्राफिक सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू हुँदै आए पनि दुर्घटनाको दर भने घटेको देखिन्न । बरु पछिले केही वर्षमा दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दै गएको देखिन्छ ।




जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको तथ्याङ्क अनुसार पछिल्लो तीन आर्थिक वर्षमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको देखिएको हो । आर्थिक वर्ष २०७९/८० जिल्लामा भएको ३२ वटा सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएकोमा आर्थिक वर्ष २०८०/०८१ मा दुर्घटनामा मृत्यु हुनेको संख्या बढेर  १९ वटा सवारी दुर्घटनामा १६ जनाको ज्यान गएको छ । यही संख्या आर्थिक वर्ष २०८१/८२ मा २८ वटा सवारी दुर्घटना हुँदा २३ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायब निरीक्षक गंगाराम विक बताउँछन् । गएको आर्थिक वर्षमा दुर्घटनाबाट २८ जना गम्भीर घाइते र ४२ जना साधारण घाइते भएका ट्राफिक प्रहरीसँग तथ्याङ्क छ ।

‘पछिल्ला तीन वर्षमा दुर्घटनाबाट ज्यान गुमाउनेहरूको संख्या हेर्दा यो संख्या बढ्दै गएको देखिन्छ,’ट्राफिक प्रमुख विक भन्छन्,‘ट्राफिक नियम नमान्नु, मादक पदार्थ सेवन र तीव्र गतिले सवारी चलाउँदा दुर्घटना बढेको देखिन्छ ।’ दुर्घटना हुनुको पछाडि विभिन्न कारणहरू रहेको उनले बताए । ‘सवारी चालकको लापरवाह नै दुर्घटनाको पहिलो कारण हो, तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने गर्दा पनि दुर्घटना भएको छ,’ उनले भने,‘सडकको दुरावस्थाका कारण पनि दुर्घटना भइरहेका छन् । अप्ठ्यारो र कच्ची सडकले गर्दा पनि मानिसहरूले ज्यान गुमाउनु परेको देखिन्छ ।’

ग्रामीण सडकको मर्मत नहुनु र सवारीको क्षमता भन्दा बढी यात्रु राखेर यात्रा गर्नुले दुर्घटना बढाएको उनको भनाई छ। कतिपय अवस्थामा यात्रुकै असावधानीले पनि दुर्घटना निम्तिने गरेको उनी बताउँछन् । ‘यात्रुले पनि आफ्नो ज्यानको जोखिम हुने गरी यात्रा नगर्नुपर्ने, यात्रुको पनि समस्या  देखिन्छ,’उनी भन्छन्,‘आफुले भनेकै ठाउँमा ओर्लन खोज्दा पनि समस्या हुने गरेको छ । जथाभाबी रोकेर यात्रु ओर्लँदा पनि दुर्घटना भएका छन् ।’ दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी कार्यालयले सवारी चालक, यात्रु, विद्यार्थी र सरोकारवालाहरूलाई ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको गर्दै आएको उनले बताए ।

दुर्घटना न्यूनीकरणका लागि आफूहरूले सक्दो सवारी जाँच र कारबाहीको प्रक्रिया कडाइका साथ अघि बढाएको प्रमुख विकले बताए । कार्यालय दुर्घटना न्यूनीकरण गर्नका ट्राफिक नियम उल्लङ्घन गर्ने १५ हजार भन्दा बढी सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय बागलुङका असई निरज चौधरीले बताए । उनले गत आर्थिक वर्ष २०८१/८२ मा १५ हजार ८ सय ५३ वटा सवारी साधनलाई कारबाही गरी एक करोड ३१ लाख ६० हजार रुपियाँ राजश्व संकलन गरिएको उनले जानकारी दिए ।  

सबैभन्दा बढी ६ हजार तीन सय १३ वटा जिप र कारलाई कारबाही गरी ५२ लाख २५ हजार रुपैयाँ, ६ हजार ६१ वटा मोटरसाइकललाई कारबाही गरी ५० लाख ६८ हजार रुपैयाँ र एक हजार पाँच सय ९४ वटा ट्रक र ट्रिपरलाई कारबाही गरी १३ लाख ९३ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरिएको उनले जानकारी दिए । नौ सय ६७ वटा ट्याक्टरलाई कारबाही गरी सात लाख १४ हजार पाँच सय रुपियाँ, सात सय १३ वटा बसलाई कारबाही गरी पाँच लाख ९४ हजार पाँच सय रुपैयाँ र दुई सय पाँच वटा अन्य सवारीलाई कारबाही गरी एक लाख ६४ हजार पाँच सय रुपियाँ राजश्व संकलन गरिएको प्रमुख विकले जानकारी दिए ।

आर्थिक वर्ष ०७९/०८० मा १५ हजार ६ सय ५० सवारी साधनलाई कारबाही गरी १ करोड १८ लाख १० हजार रुपियाँ राजश्व उठाइएको थियो । ०८०/०८१ मा १६ हजार तीन सय ७८ सवारी साधनलाई कारबाही गरी १ करोड २१ लाख ७१ हजार पाँच सय रुपैयाँ राजश्व असुली गरिएको उनले जानकारी दिए । ‘सवारी साधनलाई कारबाही गर्ने र नगर्नका लागि सचेत गराउने काम भइरहेको छ, हुँदा हुँदै पनि लापरबाही गर्नेलाई कानुनी दायरामा ल्याउने काम हुन्छ,’उनले भने ।  
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
५३ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस