बर्दियाको बढैयातालस्थित हुलाकी सडकखण्डमा भारतीय नम्बरको कारले पछाडिबाट ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनापछि कार र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बढैयाताल गाउँपालिका–३ भोलागौडीमा ठाकुरद्वाराबाट नेपालगञ्जतर्फ जाँदै गरेको कारले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको हो।
ठक्करबाट गम्भीर घाइते भएका बढैयाताल गाउँपालिका-२ का ५५ वर्षीय मोटरसाइकल चालक गणेशप्रसाद पाण्डेको उपचारका क्रममा भेरी अस्पताल, नेपालगञ्जमा बिहान ११:५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा पाण्डेको टाउको र पेटमा गम्भीर चोट लागेको थियो। प्रहरीका अनुसार दुर्घटनामा संलग्न भारतीय कार र बारबर्दिया नगरपालिका-३ बस्ने २९ वर्षीय कार चालक राघव ढकाललाई नियन्त्रणमा लिइएको छ।
ठक्कर खाने भे १४ प ८९८९ नम्बरको मोटरसाइकल र कारसहित चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।