एक ‘ट्रान्सम्यान’को पहिचान संघर्ष
१५ भदौ २०८२
•
६ मिनेट पाठ
एक ‘ट्रान्सम्यान’को पहिचान संघर्ष
अनु शाहीको घर पहिले कैलाली थियो, पछि परिवार बाँकेको कोहलपुर सर्‍यो। अनु जन्मिँदा आमाबाबुले ‘छोरी’ जन्मिएको भन्दै खुसी मनाएका थिए। ठुलो हुँदै जाँदा छोरी लाईझैँ भाँडा कुटी(घरायसी सामग्री)जस्तै खेलौना ल्याएर दिन्थे। 




अनुको मन भने ती खेलौनातिर जान्न थ्यो। उनका पाइला गुच्चा, डन्डिबियो, फुटबल खेलिरहेका केटाका हुलतिर जान्थे । उनी केटाहरूको भिडतिर दौडिएको देखेर समाजका बुढापाका मान्छेहरू आश्चर्यमा पर्थे। कतिपय ‘छोरी भएर छोराले खेल्नेजस्तो खेल खेल्न किन जान्छेस्?’ भनेर हकार्थे पनि । 

अनुका बुबा उनका लागि केटीले लगाउने लुगा ल्याइदिन्थे। तर, ती लुगामा अनुको मन जाँदैनथ्यो।  ‘लगाएजस्तो गरेर पछि मिल्काइहाल्थे । दाइहरूका लुगा चोरी चोरी लगाउने गर्थें,’ पुराना दिन सम्झँदै अनु भन्छन्। बाल्यकालमा ‘छोरी’ भनेको पनि अनुलाई मन पर्दैनथ्यो। 

अनु कक्षा ६ सकेर ७ मा पुग्दा परिवार कोहलपुर सरेको थियो। ७ कक्षा भर्ना भएपछि उनलाई बुबाले स्कुल ड्रेसमा ‘फ्रक’ ल्याइदिए। ‘त्यो फ्रक लगाउने मनै थिएन । मैले सरसँग आग्रह गरेँ। सरले पाइन्ट लगाउन अनुमति दिनुभयो। म त्यति बेला धेरै खुसी भएँ,’ अनुले अनुभव सुनाए। 

विद्यालयमा केटी साथीहरूको हाँसो मजाक चल्थ्यो–फलानो केटाले फलानो केटीलाई मन पराउँछ भनेर। ‘मलाई ठिक उल्टो भयो। मेरो मन केटाभन्दा केटीतिर जान्थ्यो। केटी नै मन पर्थ्यो,’ उनले अनुभव सुनाउँदै भने,‘यो कुरालाई लिएर म आफैँलाई प्रश्न गर्थें। मलाई किन यस्तो हुन्छ? अगाडि बसेको केटी साथी र म एउटै छौँ। उ पनि छोरी, म पनि छोरी। तर, उसको र मेरो रोजाइ किन फरक ?’ यो कुराले त्यति बेला आफूलाई धेरै सताएको उनी सुनाउँछन्। 

महिनावारीले जन्माएको द्विविधा

कक्षा १० मा पढ्दा अनुलाई पहिलो पटक रजस्वला(महिनावारी) भयो। त्यो बेला उनलाई साह्रै नराम्रो लाग्यो। ‘हाम्रो समाजमा छोरी मान्छेका लागि रजस्वला हुनु उत्सव मानिन्छ । कतिले उत्सवकै रूपमा मनाएको पनि हामीले देखेका छौँ,’ उनले भने,‘तर मलाई भने नराम्रो लाग्यो। अचम्म पनि लाग्यो।’ त्यो बेला आफू छोरा पनि नभएको महसुस भएको उनले सुनाए। ‘छोरी भन्दा चित्त दुख्थ्यो, छोरा नै हुँ लाग्थ्यो। त्यो बेला मनले प्रश्न ग¥यो–धत् छोरा मान्छे पनि कहीँ महिनावारी हुन्छ?’, त्यो बेलाको अनुभव उनले सुनाए। त्यही प्रश्न उनले आमासँग पनि राखे, ‘आमा छोरालाई पनि महिनावारी हुन्छ र?’ आमाले भनिन्–तँ अहिले सानै छेस्, पछि थाहा पाइहाल्छेस्। 

महिनावारी हुनुअघि अनुले बाल्यकालमा आफूलाई दाजु र बुबा जस्तो सोच्थे। आमा र दिदी जस्तो होइन भन्ने लाग्थ्यो। ‘आमा विवाह गरेर अर्काको घर जाने हो भन्दा, म त बुहारी भित्र्याउने हो भन्थेँ। आमा हाँस्नुहुन्थ्यो र भन्नुहुन्थ्यो–ठुली भएपछि थाहा पाउँछेस्,’ उनले भने। 

महिनावारी हुन थालेको केही समयपछि अनुको एसइई आयो। एसइईको बेलासम्म अनुको मनमा ‘आफू के हुँ?’ भन्ने प्रश्न अनुत्तरित थियो। परिवार र समाजले उनलाई छोरी भन्थ्यो, मनलाई छोरी होइन, छोरै हुँ लाग्थ्यो। तर महिनावारी भएपछि आफ्नै मनमा आशंका पनि जन्मिएको थियो। भित्रभित्रै आफ्नै पहिचानको खोजीमा अनुको मन पोलिरहन्थ्यो।

प्रविधिसँग पहिचानको खोजी

एसइईपछि अनुको गन्तव्य काठमाडौं बन्यो। कोरोना महामारीको समय थियो, सबै ठाउँलाई लकडाउनले बन्दाबन्दीको चपेटामा लिएको थियो। घरबाट टाढा बस्न थालेपछि आमाबाबुले सम्पर्कका लागि अनुको हातमा मोबाइल थमाए। त्यही मोबाइल अनुको मनभित्र रहेको पहिचानको उकुसमुकुसको भारी बिसाउने सहारा बन्यो ।

अनुले आफ्नो मनको प्रश्न गुगलसमक्ष प्रस्तुत गरे । ‘गुगलमा–म महिला हुँ, तर मलाई पुरुष बन्न मन छ,  भन्दै सर्च गरेँ। तर, गुगलले सर्जरी गरेका कुराहरू देखायो,’ उनी भन्छन्। त्यसले उनको चित्त बुझेन।  

फेरी सर्च गरिन्–महिलाप्रति महिला नै आकर्षित हुनुलाई के भनिन्छ ? गुगलले उत्तर दियो–लेस्बियन। ‘त्यसपछि मलाई लाग्यो के म लेस्बियन हुँ?’ उनले भने। तर अनुको मनको जिज्ञासा पहिचानको खोजीमा सन्तुष्ट भइसकेको थिएन। यो विषयमा उनले खोजिरहे। 

‘संयोगले एउटा कार्यक्रममा गएको थिएँ। त्यहाँ थाहा पाएँ–लेस्बियन र ट्रान्सम्यान फरक हुन्। त्यहाँ  केही ट्रान्सम्यान हुनुहुन्थ्यो। उहाँहरूसँग कुरा गर्न सजिलो लाग्यो,’ अनुले अनुभव सुनाए,‘उहाँहरूसँग मेरो भावना मिलेजस्तो अनुभूति भयो।’ त्यहाँबाट फर्किएर उनले ट्रान्सम्यानबारे अनलाइनमा सर्च गर्न थाले। ‘गुगलले देखाएका कुरा र मेरा भावना मिल्थे। मैले १६ वर्षको पहिचानको तडपपछि बल्ल थाहा पाएँ–म ट्रान्सम्यान रहेछु,’ अनुले सुनाए।  

असल साथीको आड

अनुले आफ्नो लैंगिक पहिचान फेला त पारे, तर अरूलाई त्यो पहिचान सुनाउन सजिलो भने थिएन। लामो समय मनभित्रै रहेको उनको कुरा स्नातक तह पढ्दा एक जना केटा साथीसमक्ष मात्रै खुल्यो।  ‘एउटा मन मिल्ने साथीसँग मित्रता भयो। मैले त्यही साथीलाई सबैभन्दा पहिला आफू ट्रान्सम्यान भएको कुरा भन्न सके,’ उनले भने, ‘ती साथीले पनि मलाई राम्रै सहयोग गरे। उनले मलाई–तिमीले आफ्नो भावनाका यस्तो कुरा विश्वास गरेर मलाई भन्यौँ भन्दै अगाडि बढ्न हौसला दिए।’ 

त्यसपछि अनुलाई अरूलाई पनि भन्न हौसला आयो। उनलाई लाग्यो–अरूले साथ नदिए पनि मलाई स्विकार्ने, सहयोग गर्ने समाजमा एउटा साथी त छ नि। 

यद्यपि अनुले आफ्नो परिवारमा भने त्यो कुरा भन्न सकेका थिएनन् । एक दिन अकस्मात् उनकी दिदीले सोधिन–अनु तँ एलजिबिटिक्यू प्लस समुदायकी हो नि? अनुलाई हलुको महसुस भयो । ‘मैले सहजै भने–हो दिदी,’ उनले भने। अनुले दिदीसँग भनेको सुनाए, ‘म तपाईंको बहिनी भएर जन्मे पनि म छोरा हुँ जस्तो लाग्छ।’ 

दिदीले पनि अनुले दिएको पहिचान सहजै स्विकारेर अनुलाई अगाडि बढ्न प्रेरित गरिन्। ‘ठिकै छ, राम्रोसँग अगाडि बढ्नु, राम्रो काम गर्नु, भनेर दिदीले भन्नुभयो। त्यसले मलाई झन् खुल्न ऊर्जा मिल्यो,’ उनले भने। त्यसपछि अनुलाई आफ्नो पहिचान भन्न डर लाग्न छाड्यो, उनी निर्धक्क पहिचान बताउन थाले। 

अनुलाई साहित्यमा पनि लगाव थियो। उनले कविता लेख्ने गर्थे। ‘पोएट आइडल’ अडिसन पनि दिए। त्यहाँ उनको सेलेक्सन भयो। पोइट आइडलको त्यही मञ्चबाट अनुले खुला रूपमै पहिचान खोलिदिए। त्यहाँ उनले आफ्नो पहिचानलाई नै लिएर कविता वाचन गरेका थिए। उनले सुनाएको कविताको राम्रै चर्चा भयो, सबैले मन पराए। 

पोइट आइडलबाट निस्किएपछि अनु घर गए। अनुलाई लागेको थियो–घरमा आमाबुबा र समाजमा कस्तो प्रतिक्रिया आउला? घर पुगे लगत्तै आमाले भनिन्, ‘हामीलाई पहिलादेखि नै लागेको थियो। तैँले कहिल्यै पनि भनिनस् हामीलाई।’ आमाले सँगै भनिदिइन्–यो कुरालाई लिएर धेरै नसोच्नु। हामी त सँगै छौँ। सधैँ राम्रो काम गर। 

अहिले बुबाले–अनु छोरा नै हो भनिदिन्छन्। त्यसले उनलाई उत्साही बनाएको छ।  ‘पहिले पनि बुबाले कहिल्यै छोरीको जस्तो लुगा लगाउन कर गर्नुभएन। छोरी जस्तै बन भन्नुभएन,’ उनले भने, ‘अहिले त छोरा नै भन्नुहुन्छ। यही कुरा परिवारले स्विकारिदिनु ठुलै कुरा हुने रहेछ।’ यो कुरा मनाउन पोएट आइडलको मञ्चले सहयोग गरिदिएको पनि अनुलाई लाग्ने गरेको छ। 

कठिनाइ पनि छन्

घर र नजिकको समाजमा सहजै समायोजन भएका अनुलाई कतिपय ठाउँमा यही पहिचानले असहज पनि बनाउने गर्छ । घर बाहिर जाँदा सार्वजनिक शौचालय प्रयोग गर्न कठिनाइ हुन्छ। ‘महिलाको शौचालय जाऊँ, पुरुष आयो भन्छन्। पुरुषको शौचालय जान पनि अप्ठेरो,’ उनले सुनाए, ‘शौचालयकै समस्याले महिनावारी भएका बेला कलेज नै  जान गाह्रो हुन्थ्यो।’ 

समाजमा लैंगिक अल्पसंख्यकलाई जिस्क्याउने, फरक दृष्टिले हेर्ने, दुर्व्यवहार गर्ने प्रवृत्तिले पनि समस्या निम्त्याउने अवस्था पनि दुःखद अनुभूति छन्।  ‘पहिला कसैले केही भनिहाले, जिस्क्याए । चुपचाप हिँड्ने गर्थें,’ अनुले भने, ‘अब दुर्व्यवहार सहिन्न। प्रतिवादमा बोलिन्छ। यसले सकुन् पनि दिन्छ।’ 

अनु अहिले आफू मात्रै नभएर आफूजस्तै लैंगिक अल्पसंख्यक समुदायका लागि काम गरिरहेका छन् । उनी युनिट फर चेन्ज नामक संस्थामा आबद्ध छन्। 
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
७ मिनेट अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस