बाणगंगा सिचाई प्रणालीलाई ब्यवस्थितरुपमा संचालन गर्नु पर्ने माग
३० असार २०८२
•
२ मिनेट पाठ
बाणगंगा सिचाई प्रणालीलाई ब्यवस्थितरुपमा संचालन गर्नु पर्ने माग
साढे ४ दशक अघि निर्माण गरिएको बाणगंगा सिचाई प्रणालीलाई ब्यवस्थितरुपमा संचालन गर्नु पर्ने माग गरिएको छ।




जिल्ला कै पुरानो र सबै भन्दा ठुलो सिंचाई आयोजनाकारुपमा रहेको बाणगंगा सिचाईकोलागि बजेट र कार्यक्रम अभाव हुदा क्षमता अनुसार नहरहरु संचालन हुन नसकेको बाणगंगा जलउपभोक्ता मुल समितिले जनाएको छ । बाणगंगा सिचाई अन्र्गत लक्ष्मणघाट बाध, जगदीशपुर जलासय, नहर संरचनाको संरक्षण र सरसफाई, जग्गा बिवाद लागयतको समस्या देखिए पनि बजेट, कार्यक्रम र समन्वय अभावले आयोजना ब्यस्थित र क्षमता अनुसार चल्न नसकेको मुल आयोजन समितिक अध्यक्ष मोहन शर्मा दहालले बताए । बाणगंगा सिंचाई ब्यवस्थापन कार्यालयले तौलिहवामा राखेको बाणगंगा सिंचाईको ब्यवस्थापनको बिषयका सरोकारवाला बिचको बैठकमा उनले सो कुरा राखेको हुन । यति ठुलो आयोजनकालागि बार्षिकरुपमा जम्मा ६ करोड रुपैया मात्र राखिनु दुःखद कुरा रहेको उनले बताए । १ सय ५७ हेक्टरमा रहेको जगदीशपुर जलायसको पुर्व तिरको भाग पुरै बालुवा, झारपातले पुरेकोले त्यहा क्षमता अनुसार पानी जम्मा हुन नसेको उनले बताए । जलासयको निर्माण भए देखि अहिले सम्म त्यहा सरसफाई समेत नगरिदा धेरै समस्या आएको उनले बताए । सिचाई प्रयोनजकालागि बनाइएको ताल बिश्व सिमसार क्षेत्रमा सुचीकृत र प्रदेशले समेत पंक्षी संरक्षण क्षेत्र बनाएकाले तालको पानी निकास गर्न समेत बाधा पुगको उनले बताए । तालमा माछापालन डुंगा संचालन गरी आयआर्जन गर्न सकिने भए पनि बिभिन्न कानुनी अडचन र जटिलताले समस्या आएको उनले बताए । जगदीशपुर जलासय बहुसरोकार मंचका अध्यक्ष ललित गुरुङले सिचाई प्रणाली र जगदीशपुरलाई ब्यवस्थित बनाउनु पर्ने बताए । ताललाई आयआर्जनको माध्यम बनाउन तालमा डुंगा संचालन  र माछापालन गर्न समेत दिनु पर्ने उनले बताए । उनले कृषकलाई चाहिएको बेलामा पानी दिने र ताल, चरा र जीवजंतुलाई असर नपर्ने गरी त्यहा आवश्यक कदम चाल्नु पर्ने उनले बताए । उनले वातावरणीय प्रभाव मुल्यांकन गरी आवश्यक कदम चाल्नु पर्ने बताए । सो अवसरमा जिल्ला समवन्य समितिका प्रमखु बावुराम आचार्यले जिल्ला कै सबै भन्दा पुरानो सिचाई प्रणालीकालागि आवश्यक बजेट उपलब्ध गराउनु पर्ने बताए । यो प्रणालीलार्इृ सबै मिलेर ब्यवसिथतरुपमा संचालन गर्नु पर्ने उनले बताए । बाणगंगा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष करुण टंडन, वडा नम्बर ५ का अध्यक्ष दुनिका भुसाल, कपिलवस्तु नगरपालिका वडा नम्बर १०का अध्यक्ष मोहनलाल शर्मा , वडा नम्बर ४ का अध्यक्ष रबिन्द्र तिवारीले नहरलाई ब्यवस्थित गरी कृषकहरुलाई चाहिएका बेला पानी उपलब्ध गराउनु पर्ने माग गरे । बाणगंगा सिंचाई ब्यवस्थापन कार्यालय की प्रमुख कोफुला श्रेष्ठले सबै सरोकारवालाले समेत बाणगंगा सिंचाईकालागि पहल गर्नु पर्ने बताईन । ‘ यो सिंचाई प्रणालीलाई ब्यवस्थित बनाउनकालागि सबैले साथ र आवश्यक छ ’ उनले भनिन । ६ हजार ३५० हेक्टर सिचाई गर्ने यो सिंचाईलाई ब्यवस्थित गर्न आफुहरुले समेत पहल गर्ने कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल र प्रजिअ दील कुमार तामाङले प्रतिबद्धता ब्यक्त गरेका छन ।   
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२९ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४४ सेकेन्ड अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस