‘उच्च हिमाली क्षेत्रमा हिमनदी वा बरफको पिण्ड भत्किँदा बूढीगण्डकी बाढीको उत्पत्ति’ 
२७ असोज २०८३
•
५ मिनेट पाठ
‘उच्च हिमाली क्षेत्रमा हिमनदी वा बरफको पिण्ड भत्किँदा बूढीगण्डकी बाढीको उत्पत्ति’ 
भोटेकोशीमा आएको विनाशकारी बाढीको डेढ महिनापछि बूढीगण्डकी नदीमा आएको बाढी पनि उच्च हिमाली क्षेत्रमा हिमनदी वा बरफको ठुलो पिण्ड भत्किएर खसेपछि उत्पन्न भएको हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ।




यसरी दुवै घटना हिमनदी सम्बन्धित बरफको ठुलो पिण्ड र चट्टान खस्ने घटनासँग जोडिएका रहेपनि बूढीगण्डकी बाढीको वास्तविक वैज्ञानिक कारण अझै पुष्टि हुन सकेको छैन। 

त्यस क्षेत्रको जलवायु तथा वर्षासम्बन्धी तथ्याङ्कको प्रारम्भिक विश्लेषण गरेका अनुसन्धानकर्ता डा. सन्तोष नेपालका अनुसार बूढीगण्डकी बाढीको उत्पत्तिस्थल मानिएको सात हजार १०० मिटर अग्लो चामार हिमालको दक्षिणी भागमा रहेको हिमनदी वा बरफको ठुलो पिण्ड भत्किएर स्यार नदीमा खसेको देखिन्छ। 

पानी  र जलवायु परिवर्तनका विषयमा विद्यावारिधि गरेका अनुसन्धानकर्ता नेपालका अनुसार चामार हिमालको दक्षिणी भागमा करिब ५,००० मिटर उचाइबाट २,००० मिटर उचाइसम्म बरफको ठुलो पिण्ड खसेको आकलन छ। उक्त पिण्ड करिब पाँचदेखि छ किलोमिटर दूरीसम्म तल झरेको देखिन्छ। प्रभावित हिमनदीको भाग करिब १.२ किलोमिटर लामो र ६०० मिटर चौडा रहेको प्रारम्भिक अनुमान छ। तर कति परिमाणमा बरफ खसेको हो र त्यससँगै कति चट्टान तथा गेग्र्यान बगेको हो भन्ने अझै स्पष्ट भैसकेको छैन। यसको यकिन गर्न थप स्पष्ट उपग्रह तस्बिर र विस्तृत अध्ययन आवश्यक रहेको डा. नेपालले बताएका छन्। 

यसैगरी, बूढीगण्डकी बाढीको सम्भावित उत्पत्तिस्थलमा परेको वर्षाले पनि यो घटनामा भूमिका खेलेको हुन सक्ने देखिएको छ। अनुसन्धानकर्ता नेपालका अनुसार मौसम पूर्वानुमानमा कार्यरत युरोपियन सेन्टरको  ‘इरा-५ ल्यान्ड’ मा उपलब्ध वर्षासम्बन्धी तथ्याङ्कको प्रारम्भिक विश्लेषण गर्दा सेप्टेम्बरको अन्तिम साता बंगालको खाडीबाट विकसित न्यून चापीय प्रणालीका कारण नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा भएको पाइएको छ। 

डा. नेपालका अनुसार सेप्टेम्बर २४ देखि २७ सम्मको चार दिनमा चामार हिमाल क्षेत्रमा करिब २०६ मिलिमिटर वर्षा भएको तथ्यांकले देखाउँछ। यति उच्च उचाइमा परेको वर्षाको ठुलो हिस्सा हिमपातका रूपमा भएको हुन सक्ने अनुमान छ तर उक्त हिमपातले हिमनदी वा बरफको पिण्ड भत्किन र त्यसपछि बाढी आउन कस्तो भूमिका खेल्यो भन्ने निष्कर्षमा पुग्न थप अध्ययन आवश्यक छ।

उपग्रहबाट प्राप्त हिमआवरण (स्नो-कभर) सम्बन्धी तथ्याङ्कको विश्लेषणले उक्त अवधिमा परेको हिमपातको अवस्था बुझ्न र बाढी उत्पन्न गराउने प्रक्रियाबारे थप प्रमाण जुटाउन सहयोग गर्ने डा. नेपालले बताएका छन्। 

भोटेकोशी बाढीसँग समानता ?
डा नेपालका अनुसार बूढीगण्डकी र भोटेकोशी बाढीबिच केही महत्त्वपूर्ण समानता देखिएका छन्।  दुवै घटना उच्च हिमाली क्षेत्रमा हिमनदीसँग सम्बन्धित बरफ र चट्टान खस्ने प्रक्रियासँग जोडिएका छन्।  

भोटेकोशीमा बाढी आउनु अघि सन् २०२५ को मनसुनपछिको अवधिमा लाङटाङ हिमाली क्षेत्रमा भारी हिमपात भएको देखिएको थियो। बूढीगण्डकी बाढीअघि पनि उच्च हिमाली क्षेत्रमा भारी वर्षा र सम्भावित हिमपात भएको तथ्यांकले देखाएको छ। यसले अत्यधिक वर्षा, हिमपात, बरफ तथा चट्टान खस्ने घटना र त्यसपछि उत्पन्न हुने बाढीबिच सम्भावित सम्बन्धबारे थप अध्ययन गर्नुपर्ने आवश्यकता देखाएको छ।

तर यी घटनाबिचको सम्बन्धलाई अहिल्यै निश्चित कारणका रूपमा व्याख्या गर्न नमिल्ने अनुसन्धानकर्ता डा. नेपालको तर्क छ। हिमपातले हिमनदी वा बरफको पिण्ड भत्किन सहयोग गरेको थियो वा थिएन भन्ने पुष्टि गर्न थप प्रमाण आवश्यक देखिन्छ।

पछिल्ला दुई घटनाबिच देखिएको अर्को उल्लेखनीय भिन्नता बाढीले बगाएर ल्याएको गेग्रानको प्रकृति हो।  प्रारम्भिक अवलोकनअनुसार बूढीगण्डकी बाढीले ल्याएको बाढीमा  कालो माटोको मसिनो कण अर्थात् क्लेको मात्रा बढी देखिएको छ। उता, भोटेकोशी बाढीमा ढु्गा, माटो, हिउँ सहितको गेग्र्यान  मुख्य थियो। यसले भोटेकोशी र बूढीगण्डकी बाढीमा बगेर आएका पदार्थको संरचना तथा बाढीको प्रवाहको प्रकृति फरक रहेको संकेत गर्छ। 

हिमालयमा विपद्को बदलिँदो जोखिम
आइतबार वुढीगण्डकीको बाढी पछि नेपालले  करिब ४५ दिनको अन्तरालमा दुई विपत् खेपेको छ। यी दुई स्थान एक अर्काबाट करिब ४० किलोमिटरको दूरीमा रहनुले पनि हिमाली क्षेत्रमा विपद्को बदलिँदो प्रकृतिबारे गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने सन्देश दिएको विज्ञ मान्छन्। अध्येता नेपालका अनुसार यो नेपालमा मात्र सीमित समस्या नभई समग्र हिमाली क्षेत्र र विश्वव्यापी जलवायु चुनौतीसँग जोडिएको विषय हो। 

हुन पनि, हिमाली क्षेत्रमा हुने परिवर्तनको प्रभाव उच्च भेगमा मात्र सीमित रहँदैन। बरफ, चट्टान र गेग्र्यान खस्ने, नदी थुनिने वा अचानक खुल्ने तथा अत्यधिक वर्षाले नदीमा पानीको बहाव तीव्र बनाउने जस्ता प्रक्रियाले तल्लो तटीय बस्ती, सडक, पुल र अन्य पूर्वाधारमा ठुलो क्षति पुर्‍याउन सक्छन्।  

अध्येता डा नेपालले जोखिममा रहेका देशहरूको अनुकूलन क्षमता बढाउन विकसित देशले बलियो सहयोग दिनुपर्ने ठान्छन्। ‘यस सन्दर्भमा पूर्वसूचना प्रणाली सुधार, पर्याप्त जलवायु वित्त, हिमाली क्षेत्रमा प्रभावकारी अनुगमन र विपद्को श्रृखलाबद्ध असरको पूर्वानुमान गर्न सक्ने संस्थागत क्षमता विकास महत्त्वपूर्ण छ, ’ उनको भनाई छ। 

वैज्ञानिकका अनुसार हिमनदी, हिमआवरण, चट्टान खस्ने सम्भावना, वर्षा र नदीको बहावको एकीकृत अनुगमन गर्न सके यस्ता घटनाको जोखिम बुझ्न र सम्भावित विपद्का लागि तयारी गर्न सहयोग पुग्न सक्छ। त्यसका लागि उपग्रहबाट प्राप्त तस्बिर, वर्षासम्बन्धी तथ्याङ्क, स्थलगत अध्ययन र नदीको बहाव मापनलाई एकीकृत गर्दै वैज्ञानिक निष्कर्षलाई जोखिममा रहेका समुदायसम्म समयमै पुर्‍याउनुपर्ने देखिन्छ। 

‘विपद्को जोखिम न्यूनीकरणका लागि बाढीभन्दा छिटो प्रवाह हुने पुर्वसूचना प्रणाली सुनिश्चित गर्न अत्यावश्यक भैसकेको छ, ’ नेपालको भनाई छ। 
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस