सुनकोसी-मरिन आयोजनाको ठेक्का तोडेपछि मूल्यांकन गरिँदै
०८ पौष २०८२
•
३ मिनेट पाठ
सुनकोसी-मरिन आयोजनाको ठेक्का तोडेपछि मूल्यांकन गरिँदै
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का सम्झौता तोडेपछि हाल आयोजनास्थलको अवस्था र बाँकी कामको विस्तृत मूल्यांकन भइरहेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री कुलमान घिसिङले मूल्यांकन कार्य दुई महिनाभित्र सम्पन्न गरी नयाँ टेन्डर प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिए।




आयोजनाले बाँध (हेडवक्र्स), विद्युत्गृह लगायतका सिभिल संरचना तथा हाइड्रोमेकानिकल उपकरण आपूर्ति र जडानको कामका लागि पटेल-रमण जेभीसँग भएको ठेक्का सम्झौता २४ कात्तिकमा १४ दिने सार्वजनिक सूचना जारी गर्दै रद्द गरेको थियो। सम्झौताबमोजिम ८ मंसिरदेखि ठेक्का औपचारिक रूपमा तोडिएको हो। ठेक्का रद्द भएसँगै निर्माण व्यवसायीका सबै उपकरण, साइट कार्यालय र निर्माणस्थल आयोजना व्यवस्थापनको नियन्त्रणमा लिइएको छ। हालसम्म सम्पन्न काम, बाँकी तथा थप गर्नुपर्ने कार्यको मूल्यांकन गरी नयाँ लागत अनुमान तयार पार्ने र सोही आधारमा नयाँ टेन्डरका कागजात बनाउने काम भइरहेको आयोजनाले जनाएको छ।

सोमबार रामेछापको मन्थली नगरपालिका-६ सेलेघाटस्थित आयोजनाको हेडवक्र्स क्षेत्रको निरीक्षण गर्दै मन्त्री घिसिङले आयोजना व्यवस्थापन र परामर्शदातासँग छलफल गरे। उनले हालसम्म भएको काम, बाँकी काम र निर्माण क्रममा देखिएका थप कार्यलाई समेत समेटेर यथार्थपरक मूल्यांकन गर्न निर्देशन दिँदै सुरुङ बनिसकेको आयोजनामा थप ढिलाइ हुन नहुने बताए। मन्त्री घिसिङले भने, ‘नयाँ कार्यतालिकाअनुसार आयोजना सम्पन्न हुने निश्चित गर्नुपर्छ। मूल्यांकन सकेर ढिलाइ नगरी नयाँ टेन्डर प्रक्रिया अघि बढाउनुपर्छ।’

ठेक्का सम्झौताको करिब ६१ प्रतिशत अवधि सकिँदा पनि भौतिक प्रगति करिब १० प्रतिशत मात्र रहेको, प्रगति बढाउन कुनै तदारुकता नदेखिएको र सुधारका लागि पटक-पटक सूचना जारी गर्दासमेत चासो नदिएकाले पटेल-रमण जेभीसँगको सम्झौता रद्द गरिएको आयोजनाले जनाएको छ।

ठेक्का रद्दको प्रक्रियासँगै आयोजनाले कार्यसम्पादन जमानतबापत राखिएको दुई अर्ब ४० करोड रुपैयाँ र अग्रिम भुक्तानीबापतको एक अर्ब २० करोड रुपैयाँ गरी कुल तीन अर्ब ६० करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी जफत गर्ने प्रक्रिया अघि बढाएको छ। आयोजना निर्माणका लागि पटेल-रमण जेभीसँग १४ अर्ब आठ करोड रुपैयाँ (करसहित) मा ठेक्का सम्झौता भएको थियो। निर्माण व्यवसायीले अनुमानित लागतभन्दा करिब ३२ प्रतिशत कम रकम कबोल गरेको थियो। माघ २०७९ बाट सुरु भएको निर्माण कार्य असार २०८४ भित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो। हालसम्म दुई अर्ब १४ करोड रुपैयाँ (करिब १५ प्रतिशत) भुक्तानी भइसकेको छ।

आयोजना अन्तर्गत १३.३ किलोमिटर लामो सुरुङ टनेल बोरिङ मेसिनमार्फत खनिएको थियो, जुन २६ वैशाख २०८१ मा छिचोलिएको हो। सिन्धुली-रामेछाप सीमास्थित सुनकोसी नदीको पानी बाँध बनाएर सुरुङमार्फत मरिण नदीमा पथान्तरण गरी बागमती सिँचाइ आयोजनामा पुर्‍याइनेछ। आयोजनामार्फत हाल सिँचाइ भइरहेको ४५ हजार ६ सय हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका कुल एक लाख २२ हजार हेक्टर जमिनमा वर्षभरि सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ। साथै, सुनकोसीको पानी मरिण नदीमा पथान्तरण गरी ३१ मेगावाट जलविद्युत् उत्पादन गरिनेछ।

कृषि उत्पादकत्व वृद्धि, किसानको जीविकोपार्जनमा सुधार, जलविद्युत् उत्पादनमार्फत अर्थतन्त्रमा योगदान र प्रादेशिक सन्तुलन कायम गर्ने उद्देश्यले सुनकोसी-मरिन आयोजनालाई राष्ट्रिय गौरव तथा रूपान्तरणकारी आयोजनाका रूपमा अघि बढाइएको हो। आयोजनाको अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ।

महसुल नतिरेपछि विद्युत् लाइन काटियो
आयोजना निर्माणका क्रममा प्रयोग गरिएको विद्युत्को महसुल नतिरेपछि पटेल-रमण जेभीको विद्युत् लाइन काटिएको छ। नेपाल विद्युत् प्राधिकरण रामेछाप वितरण केन्द्रका अनुसार ठेकेदार कम्पनीको नाममा एक करोड ११ लाख रुपैयाँ बक्यौता रहेको र पटक-पटक ताकेता गर्दा पनि नतिरेकाले लाइन काटिएको हो।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस