बीपी राजमार्ग आसपासका होटल तथा रेस्टुरेन्टमा अनुगमन कडा पारिएसँगै खानाको गुणस्तर र सरसफाइमा सुधार हुन थालेको छ।
चाडपर्वका बेला राजमार्गमा सवारीसाधन र यात्रुको चाप बढ्ने भएकाले यात्रुलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाना उपलब्ध गराउने उद्देश्यले सम्बन्धित निकायले अनुगमनलाई तीव्रता दिएका हुन्। अनुगमनसँगै होटल व्यवसायी पनि आफ्नो सेवा र खानाको गुणस्तर सुधार गर्न सक्रिय हुन थालेका छन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालयलगायत निकायले राजमार्ग आसपासका होटल तथा रेस्टुरेन्टमा नियमित अनुगमन गरिरहेका छन्।
अनुगमनका क्रममा खाद्य पदार्थको गुणस्तर, भान्छाको सरसफाइ, खाना पकाउने तथा भण्डारण गर्ने तरिका, मूल्यसूची र उपभोक्तालाई उपलब्ध गराइने सेवाको अवस्थाबारे निरीक्षण गर्ने गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सिन्धुलीका प्रमुख दिनेश सुवेदीले जानकारी दिए।
राजमार्गका होटलमा सरसफाइ र खानाको गुणस्तर कमजोर पाइए कडा कारबाही हुने चेतावनीपछि व्यवसायी पनि सुधारमा जुटेका छन्।
यात्रुलाई स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउने, भान्छा सफा राख्ने, खाद्य सामग्री सुरक्षित रूपमा भण्डारण गर्ने तथा निर्धारित मापदण्ड पालना गर्ने कामलाई प्राथमिकता दिइएको व्यवसायी बताउँछन्।
पछिल्लो समय राजमार्गका होटलमा गुणस्तरीय खाना नपाइने गुनासो बढ्दै जाँदा होटलमा खाना खाने यात्रुको संख्या घटेको र त्यसको असर समग्र व्यवसायमा परेको व्यवसायीको भनाइ छ।
केही होटलको कमजोरीका कारण सबै व्यवसायीको छवि प्रभावित हुने भएकाले खानाको गुणस्तर र सेवामा सुधार गर्न आवश्यक रहेको उनीहरू बताउँछन्।
पूर्वी तथा मध्य तराईलाई राजधानी काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण सडक बीपी राजमार्गमा दैनिक ठूलो संख्यामा सवारीसाधन सञ्चालन हुने गर्छन्।
चाडपर्वका समयमा घर जाने र फर्किने यात्रुको चाप बढ्दा राजमार्ग आसपासका होटलमा ग्राहकको संख्या पनि बढ्छ।
यस्तो अवस्थामा यात्रुले अस्वस्थकर वातावरणमा खाना खानुपर्ने, गुणस्तरहीन खाद्य पदार्थ उपभोग गर्नुपर्ने र मनपरी मूल्य तिर्नुपर्ने समस्या हुन सक्ने भएकाले अनुगमनलाई प्रभावकारी बनाइएको उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुलीका प्रमुख विष्णुकुमार भट्टराईले बताए।
उनका अनुसार बीपी राजमार्गअन्तर्गत चियाबारी, खनियाखर्क, खुर्कोट र मुलकोटका होटलमा निरन्तर अनुगमन भइरहेको छ। अनुगमनका क्रममा कैफियत भेटिएका होटल सञ्चालकलाई नगद जरिवानासमेत गरिएको छ।
मापदण्डविपरीत सञ्चालन भएका होटललाई आवश्यक सुधार गर्न निर्देशन दिने, खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना गराउने र गम्भीर कैफियत भेटिए प्रचलित कानुनअनुसार कारबाही गर्ने गरिएको भट्टराईले जानकारी दिए।
नियमित अनुगमनले व्यवसायीलाई जिम्मेवार बनाउनुका साथै यात्रुको स्वास्थ्य सुरक्षा र उपभोक्ताको हित संरक्षणमा सहयोग पुग्ने उनको भनाइ छ।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...