प्रहरीकै इसारामा मधेसका सीमाबाट तस्करी
१६ चैत्र २०८२
•
६ मिनेट पाठ
प्रहरीकै इसारामा मधेसका सीमाबाट तस्करी
मधेस प्रदेश प्रहरी कार्यालयले सूचना संकलनको नाममा घुमुवा परिचालन गर्दा  मधेसका आठ वटै जिल्लाका नाकाबाट तस्करी मौलाएको छ । मधेस प्रदेशका  विभिन्न नाकाबाट मदिरा, स्याउ, गिट्टी वालुवासहितका सामग्रीको तस्करी मौलाएको हो । भारतबाट  चिनी, दाल, चामल, मोटरपाट्र्सदेखि, कस्मेटिक्सलगायत दैनिक उपभोग्य सामान नेपालतर्फ तस्करीहुँदा सीमा क्षेत्रका बजार र सदरमुकामका बजारबाट हुने व्यपारमा कमी आएको छ ।  




प्रदेश प्रहरी कार्यालयले मातहत जिल्लाका प्रहरी कर्मचारीलाई अविश्वास गरी घुमुवा परिचालन गर्ने र ती घुमुवाले डिआइजीको नामबाट तस्करीका लागि चिनिएका नाका खुलाउदा यो समस्या उत्पन्न भएको छ । चुनावअघि र चुनावपछिको संक्रमणकालमा डिआइजी कार्यालयबाट खटिएका घुमुवाहरु सीमा चौकीमा पुगेर नाका खुलाएका थिए । ‘मधेस प्रदेशमा नाका खुलाउन डिआइजीकै घुमुवाको आदेश’ शीर्षकमा यसअघि नै नागरिकमा सामाचार प्रकाशित भइसकेको छ ।

‘डिआइजी गोविन्द थपलियाको नाम लिएर आएपछि बाध्य भएर रातीान तस्करीका सामान बोकेको गाडि पास गरीदिन बाध्य भयौँ’, सीमा नाकाका एक प्रहरी अधिकृतले भने । ती अधिकृतका अनुसार डिआइजीको नाममा आठ वटै जिल्लामा घुमुवा परिचालन गरिएको छ । घुमुवा परिचालनको विषयमा डिआइजी थपलियाले पनि स्वीकार गरेका छन् । उनले घुमुवा नभई सादा पोशाकमा कर्मचारी खटाएको बताएका छन् ।

मधेस प्रदेशमा तस्करी तस्करी बढेको छ त्यसमा डिआइजीकै घुमुवाले सहजीकरण गरेका छन् भनिन्छ नि, भन्ने प्रश्नमा मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले यसमा सत्यता नभएको बताए । उनले भने,‘तस्करी नियन्त्रणमा प्रदेश प्रहरीबाट काम नभएको होइन्, भएको छ । पछिल्ला दिनमा आठ वटै जिल्लाबाट सात लाख रुपैयाँ बराबरको सामान बरामद भएको छ । सादा पोसाकका प्रहरीको काम पनि अपराध नियन्त्रण नै हो तर यसमा खासै उपलब्धि भएको देखिँदैन । सादा पोसाकका प्रहरी सूचना संकलन गर्न खटिएका हुन्छन् । उनीहरुले बदमासी गरेको जस्तो लाग्दैन ।

व्यापारी भने तस्करीका सामान आउँदा भन्सार तिरेर ल्याएको सामान बिक्री हुन नसकेको बताउँछन् । भने तस्करीका सामाछ निपनि पारीबाट तस्करीका सामान आउने गरेका छन् बजारमा तस्करीका सामान सस्तोमा पाइन्छ, भन्सार तिरेर ल्याएको सामान महंगो छ, विक्री हुन गाह्रो भैरहेको छ, यो मेरो मात्र समस्या होइन, बारा, पर्सा, जनकपुर, रौतहट सबै स्थानको समस्या रहेको स्थानीय व्यपारीहरु बताउँछन् । ‘पारि भारतबाट तस्करीका सामान आउने गरेका छन् । तस्करीका सामान सस्तोमा पाइन्छ । भन्सार तिरेर ल्याएको सामान महंगो हुन्छ । यसले गर्दा बिक्री गर्न गाह्रो भइरहेको छ । यो मेरो मात्र समस्या होइन् मधेस प्रदेशका आठ वटै जिल्लाका व्यपारीको साझा व्यथा हो, सिरहाका एक व्यपारीले भने । ’

सप्तरीको बलान बिहुल गाउँपालिकाको बेल्ही नाकाबाट स्याउ र मदिरा तस्करी व्यापक रुपमा भइरहेको व्यपारीको दावी छ । पातो, छिन्नमस्ता, सोभरणपटी र बेल्ही लगायतका नाकाबाट स्याउ, मदिरा तस्करीको सुरक्षित नाका मानिन्छ । पारिबाट दैनिक उपभोग्यदेखि, सुर्तीजन्य पदार्ग, गुटखा, साना साइजका ग्यास सिलिन्डर, लाईटर, मोटरपाट्र्सका सामान तस्करहरुले भिœयाइरहेका छन् । सप्तरीका ती नाका बन्द गर्न खोज्दा घुमुवाको नाममा पुगेका वरिष्ठ सई गोपाल थापा मगरले नाका खुलाउन भनेको स्रोतको दावी छ ।  

स्रोतका अनुसार सिरहाको माडर, ठाढी, बरियारपट्टी, झाझपट्टी, औरही, नरगी, चतरी नाका पछिल्लो समय तस्करका लागि भूस्वर्ग बनेको छ । माडर नाका अन्तर्गतको बुधौरा, लगडिगोठ, लक्षमिनीया र ठाढी नाका अन्तर्गत  झाझपट्टी, ठाढी, अभयनगर पछिल्लो समय ठूलो परिमाणमा तस्करी हुने गरेको बताइन्छ । यी नाकाबाट नुनदेखि सुनसम्म तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीय बताउँछन् । यी विषयमा सिराहका एसपी मौन बसेको स्रोतको दावी छ । तस्करीका मालसामान लहान, गोलबजार र मिर्चैयामा भण्डारण गरी बिल काटेर पहाडी जिल्लाहरुमा पठाउने गरिएको छ । सीमादेखि गोदामसम्म तस्करीका मालसामान सुरक्षित पु¥याउन घुमुवाले सघाउँछन् ।  मोटरसाइकल, टेम्पो, ट्याक्टर र मिनि ट्रक, पिकअप तस्करीका सामान भिœयाउन प्रयोग गरिन्छ ।  

धनुषाका जटही, औरही नाकाबाट पनि तस्करी हुने गरेको छ । नाका खुलाउन गएको आदेशलाई धुनषाका एसपीले नमानेपछि डिआइजी थपलिया र एसपीको बीच भनाभन भएको स्रोतले बतायो । पर्साका एसपीले प्रमण पुगेपछि कारवाही गर्नु नत्र हस्तक्षेप गर्न नआउनु भनेपछि घुमुवाले त्यहाँ टेक्न सकेका छैनन् । व्यपारीकाअनुसार बारा सर्लाही, रौतहट र महोत्तरीमा डिआइजीको घुमुवाको नाममा आतंक छ । सुरक्षाकर्मीको उपस्थितिमै सीमानाकाबाट तस्करी हुने गरेको धनुषा र महोत्तरी बाक्लै आउजाउ गर्ने रमभरोष भन्छन्, ‘धनुषा र महोत्तरीका सीमानाका अहिले तस्करलाई जिम्मा लगाइदिएको भन्दा पनि हुन्छ ।’ धनुषाका  एसपीले तस्करीका सामान रोक्न खोज्दा प्रदेश प्रहरी कार्यालयको दबाब आएको भन्दै यो विषयलाई प्रहरी प्रधानकार्यालयमा समेत जानकारी गराएको स्रोतको दावी छ ।  

मधेसका विभिन्न नाकबाट नाकाबाट चिनी, कपडा, मोटरपार्टस्, पान मसाला, तेल, दाल, चामल, मैदा, कुखुरा, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुट्खा) देखि हरेक सामान भन्सार राजश्व छलेर भिœयाइन्छ । यताबाट मदिरा, चिनियाँ स्याउलगायत पारि पु¥याइन्छ ।

सिरहाको बरियारपट्टी नाका क्षेत्रमा भेटिएका रोशन कुमार भन्छन्, ‘सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको सीमानाकाबाट तस्करले भन्सार छलेर मालसामान वारपार भएको देख्नु हाम्रा लागि मामुली कुरा हो, सर ! सीमा क्षेत्रमा तस्करी हुन्छ भन्ने कुरा ओपन सेक्रेट नै हो । नियन्त्रण गर्ने अंगले आँखा चिम्लेपछि हामीजस्ता सर्वसाधारणले के गर्न सक्छौं र ? हामीले मुख खोल्नु भनेको जोखिम मोल्नु बाहेक केही हुँदैन ।’

उनकाअनुसार घुमुवाबाट ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि तस्करले सामान वारिपारि गराउँछन् । सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि (घुमुवा) खटिएका हुन्छन् । सीमादेखि सरहसम्म प्रहरी तस्करसँग नमिल्ने हो भने भन्सार छलेर सामान वारपारि गराउने आँट कसैको पनि नहुने उनले बताए ।  

सीमावर्ती क्षेत्रका बासिन्दाका अनुसार सप्तरीका बेल्ही, छिन्नमस्ता, कुनैली, गोबरगाढा, बरसाइन, सर्लाहीका पर्सा, रौतहटको बंकुल, सरमुजवा, रामपुरखाप, लक्ष्मनपुर बेलबिचवा, सेरवाब्रहमपुर, बाराका कचोरवा, सिमरौनगढ, बेलदारी, कबही, मटिअर्वा, छतवा, गण्डक र पर्साका इनर्वा, छपकैया, अलौ, अमरपटी, परसौनी, खेस्राहा, सबैठबा, भिस्वा, टिहुकी, मिर्जापुर, जानकी टोला, विजयवस्ती, ठोरी नाकामा तस्करको रजाइँ छ । यी नाकाबाट पछिल्लो समय मदिरा, चाइनिज स्याउ, पारि तस्करी हुने र पारिबाट दैनिक उपभोग्य सामानसहित लत्ताकपडा र मोटरपार्टस वारि तस्करी हुने गरेको छ । सुरक्षाकर्मी र भन्सारका कर्मचारीसँगको मिलेमतोमा  तस्करको संगठित सञ्जालमार्फत सीमावारिपारि सामान तस्करी हुने गरेको उनीहरु बताउँछन् ।  तस्करलाई काबुमा राख्न भन्सारका कर्मचारी र राजमार्गतिरका प्रहरीले कहिलेकाहीँ केही सामान समात्ने गरेका छन् । तर, कुरा मिलेपछि उनीहरु  चुप बस्ने गरेको सीमावासी बताउँछन् ।

‘प्रहरी मिलेपछि जे पनि वारपार गर्न सम्भव छ’ सिरहाका सीमावर्ती क्षेत्र नरगीमा भेटिएका रामसरण ठाकुर भन्छन् । सिरहाका सीमानाकामा पनि तस्करको बिगबिगी भएको सीमावासी बताउँछन् ।  सिरहाका सीमानाका भएर पारिबाट चिनी, कपडा, मोटरपार्टस्, किराना सामान, ग्यास चुल्हो, कम तौलको ग्यास सिलिन्डर, लाइटर, पान मसाला, सुर्तीजन्य पदार्थ, रजनीगन्धा, गुटखा, भन्सार छलेर भिœयाइने गरिएको छ। यताबाट  मदिरा, चिनियाँ स्याउ, गिट्टीवालुवालगायत तस्करी गरिन्छ ।  

सिरहाको झाझपट्टी सीमानाका प्रवेशद्वार नजिक रुखमुनी सुस्ताउँदै गरेका रमसुफल रायले भने,‘ रातको समयमा पारिबाट सीमा क्षेत्रमा सामान ल्याएर मोटरसाइकल र टेम्पोमार्फत सहरतर्फ पठाइन्छ । सुरक्षाकर्मीबाट लाइन क्लियर रहेको संकेत पाएपछि सामान ढुवानी सुरु हुन्छ ।’ उनकाअनुसार सीमानाकादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि(घुमुवा) खटिएका हुन्छन् । सडक छेउमै घर भएका उनले भने,‘हामीसँग आँखा, कान र मुख थुनेर बस्नुको विकल्प छैन् । राज्यका निकायले नै तस्करलाई लाइन खोलिदिएपछि हामीमा कसरी मुख खोल्ने आँट पलाउँछ ।’

उनले यस भेगको तस्करी धन्दाबारे बेलिविस्तार लगाए । उनको सीधा बुझाइ छ सीमादेखि सहरसम्मका प्रहरी तस्करसँग नमिल्ने हो भने भन्सार राजश्व छलेर सामान वारपार गर्ने आट तस्करलाई पुग्दैन् ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस