राजदुवालीको विकल्प खुल्दा इलामवासीलाई राहत
३० असोज २०८२
•
४ मिनेट पाठ
राजदुवालीको विकल्प खुल्दा इलामवासीलाई राहत
मेची राजमार्गको वैकल्पिक भनिएको सिमलगोलाई–जोगमाई–तिल्केनी सडकको जोगमाई खोलामा डाइभर्सन निर्माण भएपछि साना सवारीका साधन सञ्चालन गरिँदै। तस्बिर: भीम/नागरिक
विपद् सङ्कटग्रस्त जिल्ला इलाममा ११ दिनपछि मुख्य राजमार्गको वैकल्पिक मार्ग खुलेको छ।




इलाम, पाँचथर र ताप्लेजुङलाई झापासँग जोड्ने मुख्य मेची राजमार्गको अवरुद्ध राजदुवाली खण्डको विकल्प खुलेको हो।

असोज १८ को ठूलो वर्षापछि इलाम नगरपालिका-९ को राजदुवाली छेउमा पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध छ। तत्काल अवरोध खुल्ने सम्भावना नभएपछि इलाम नगरपालिका-१०, गोदकको सिमलगोलाईबाट माइबेनीको जोगमाई खोला हुँदै इलाम बजारछेउ तिल्केनी निस्किने वैकल्पिक मार्ग खुलेको हो।

यो मार्गको जोगमाई खोलामा डाइभर्सन बनाइए पनि सवारीका साधन चल्न थालेका छन्।

१२ किलोमिटरको यो मार्ग कच्ची छ। धेरै ठाउँमा ग्राभेल गरी सडक सहज बनाइएको छ तर पानी पर्ने बित्तिकै समस्या हुने सम्भावना छ। जोगमाई खेलामा गए राति डाइभर्सन निर्माण सकिएको छ। तर, साना गाडी मात्र सञ्चालन भइरहेका छन्।

‘यो डाइभर्सनले चाहिँ ठूला गाडी पनि थेग्न सक्छ,’ सडक डिभिजन कार्यालय प्रमुख पवन भट्टराईले भने, ‘तर, यही सडकको माइखोला बज्रदेवी पुलछेउमा सडक अलि कमजोर छ।’ 

इलाम नगरपालिका-८ र माइजोगमाई गाउँपालिकाबिचको बज्रदेवी पक्की पुलछेउ (माइजोगमाईपट्टि) को जिप बाढीले बगाएको थियो।

त्यो ठाउँमा पुरपार पारेर सडक सञ्चालन गरिएको छ। जिल्ला प्रशासन कार्यालयले तत्काललाई साना सवारीका साधन मात्र यो सडकमा गुडाउन अनुमति दिएको छ।

‘ठूला सवारीका साधनलाई जोखिम नहुने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद गुरागाईंले भने।

मेची राजमार्ग अवरोध हुँदा इलामको माई खोलापश्चिमको क्षेत्रमा इन्धन र खाना पकाउने ग्यास अभाव हुन थालिसकेको थियो। खाद्यान्न अभाव नभएपनि सहज आपूर्ति हुन सकेको थिएन।

‘यो विकल्प खुला भएपनि ढुवानी केही सहज हुने आशा छ,’ इलाम उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण पौडेलले भने, ‘तत्कालको अभर टार्न फिक्कलसम्म ठूलो गाडीमा खाना पकाउने ग्याँस ल्याएर त्यहाँबाट साना गाडीमा ल्याउने व्यवस्था मिलाइएको छ।’

यो डाइभर्सन खुलेपछि साना गाडीले खाना पकाउने ग्यास ल्याएका छन्। पाँचथरको बाटो भएर इन्धन अभाव पनि हल गर्न प्रयास गरिएको उनले जनाए।

खोलाको डाइभर्सन अस्थायी विकल्पमात्रै भएकाले यहाँ पक्की पुल नै उपयुक्त हुने सडक डिभिजन प्रमुख भट्टराई बताउँछन्।

‘यो डाइभर्सन अस्थायी विकल्पमात्रै हो, यहाँ पक्की पुल हाल्न डिभिजनले प्रक्रिया अघि बढाउने छ,’ उनले भने, ‘वैकल्पिक सडक पक्की बनाउँदा स्थायी रूपमा यसले काम गर्छ।’

अहिले डाइभर्सन बनाइएको स्थानमा केही महिनाअघि मात्र बेलीब्रिज उद्घाटन गरिएको थियो। तर, असोज १८ को बाढीले यहाँको बेलीब्रिज बगाएको छ।

मेची राजमार्गका दर्जनौं स्थानमा पहिरो गएपनि राजदुवालीको पहिरोमा अझै सवारी आऊ–जाऊ गर्ने अवस्था छैन। असोज २२ देखि निरन्तर पहिरो पन्साएर सडक निकाल्ने काम भइरहेपनि पूरा हुन सकेको छैन।

डिभिजनले पहिरो हटाउन ४ एक्स्काभेटर प्रयोग भइरहेपनि खुल्न नसकेको जानकारी दिएको छ। यहाँको करिब डेढ किलोमिटरका ४ खण्ड एउटै पहिरोले बगाएको छ।

‘भित्रभित्रैबाट पानी बगिरहेकाले बाटो अड्याउन सकिएको छैन,’ डिभिजन प्रमुख पवन भट्टराईले भने, ‘हामी निरन्तर काम गरिरहेका छौं।’ यहाँ विगत वर्षहरूमा पटक–पटक मर्मत गर्दा माथिबाट हालिएको सबै ग्राभेल फ्याँकेर सडक निकाल्ने प्रयास भइरहेको छ।

पहिरोले इलाम–झापा जोड्ने निर्माणाधीन केचना–कञ्चनजङ्घा मार्गमा पर्ने माइखोलाको बेलासे पक्की पुल र पुवाखोलाको बेली ब्रिज क्षति गरेको छ। बेली ब्रिज बगाएको छ भने पक्की पुल बीचमा भाँच्चिएको छ।

यो मार्ग मेची राजमार्गको वैकल्पिक भएपनि दुवै ठाउँमा पुल नहुँदा सवारीका साधन चल्ने अवस्था नरहेको डिभिजनले जनाएको छ। पुवाखोलामा स्थानीय र नेपाली सेनाको सहकार्यमा काठको फड्के बनाइएको छ। यसबाट साना सवारी र मोटरसाइकल तर्न सक्छन्। तर, प्रशासनले यो राजमार्गमा सवारी चलाउन जोखिम भएकाले नचलाउन सूचना गरेको छ। 

विकल्प खुला हुँदा राहत भएपनि पानी परेमा पुनः समस्या पर्ने भएकाले स्थायी समाधान तत्काल खोज्न इलामवासीले माग गरिरहेका छन्।

पूर्वेली जिप तथा ट्याक्सी प्रालि अध्यक्ष गृष्म सुब्बाले तत्काललाई विकल्प खुले पनि स्थायी समाधानमा लाग्नुपर्ने बताए।

‘अहिले जोगमाईमा बनाइएको डाइभर्सन बाढी नआउञ्जेलका लागि मात्रै हो, ढुक्क हुने अवस्था छैन। स्थायी समाधान अनिवार्य छ,’ उनले भने, ‘विपद्का बेला सबै भएर इलाममा यातायातको स्थायी र भरपर्दो व्यवस्था गरिएन भने वर्षाैंसम्म इलाममात्रै होइन, पाँचथर र ताप्लेजुङवासीले समेत दुःख पाउनेछन्।’

यसअघि पनि इलामको तिल्केनीबाट बज्रदेवी–नामसालिङ–गुप्ती हुँदै फिक्कल भएर मेची राजमार्गमा जोडिने विकल्प खुलेको थियो। तर, यहाँबाट पनि साना सवारीका साधन मात्र चल्न सकेका थिए।

असोज १८ को बाढी–पहिरोले इलाममा ३९ जनाको मृत्यु भएको थियो भने १ जना बेपत्ता छन्। अहिलेसम्म प्राप्त विवरणअनुसार २ सय ९० घरमा पूर्ण र ७ सय ५३ घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ४ सय परिवार विस्थापित भएका छन्।

विस्थापितमध्ये ३ सय ८९ परिवार आफन्तकहाँ र ११ परिवार सामुदायिक भवनमा बसेका छन्। धेरै सङ्ख्याका पशुचौपाया क्षति भएका छन्। सरकारले इलामलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त जिल्ला’ घोषणा गरेको थियो।

बाढी र पहिरोले सयौं ग्रामीण सडक क्षतिग्रस्त छन्। केही सामुदायिक भवन, खेलमैदानलगायत संरचना क्षतिग्रस्त भएका छन्।

कतिपय स्थानमा स्थानीयसमेत आफैं जुटेर पुनर्निर्माणमा लागेका छन्। सुरक्षाकर्मी र संघ–संस्थाले स्थानीयलाई सघाएर विभिन्न संरचना पुनः उठाउँदै जनजीवन सहज बनाउने प्रयास भइरहेको छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
२९ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस