नेपालमा अवसर छैन भन्दै वर्षेनी एक लाखभन्दा बढी युवाहरु विदेसिन्छन्। तर नेपाली युवा जसले विदेशको परिकल्पना नै नगरी पासपोर्ट पनि नबनाएको भन्दा अचम्म नै लाग्छ । यही सूचीमा छन् जेन-जी आन्दोनको अगुवाइ गर्ने एक रक्षा बम । उनलाई देशमै केही गर्न सकिन्छ भन्ने हुटहुटी छ । देश छोड्नुहुन्न भन्ने मान्यताका साथ अहिलेसम्म उनले पासपोर्ट बनाएकी छैनन् । ‘जेन्डर स्टडिज’मा स्नातकोत्तर तह उत्तीर्ण रक्षालाई स्वदेशमै बसेर भ्रष्टचारविरुद्ध लडाई लड्ने इच्छा छ । अहिलेसम्म आफूलाई पासपोर्ट बनाउन पर्छ भन्ने याद नआएको उनले सुनाइन् ।
आर्थिक वर्ष ०८१/०८२ मा एक लाख १७ हजारले विभिन्न सयभन्दा बढी देशमा उच्च शिक्षा अध्ययन गर्न एनओसी लिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। ०७२ सालमा एसएलसी पास गरेपछि उनी थप पढाइका लागि काठमाडौं आएकी हुन् । कक्षा १२ पास पछि उनका धेरै साथी उच्च शिक्षासँगै अवसरको खोजीमा विदेसिए तर उनी स्वदेशमै बस्न अडिग रहिन र थप उच्च शिक्षा त्रिभुवन विश्वविद्यालयकै कलेजमा हासिल गरिन् । विदेसिने हैसियत रहे पनि देश र राष्ट्रप्रतिको कर्तब्य निर्वाह गर्न आफू स्वदेशमै बसेको उनले सुनाइन् ।
प्लसटुदेखि उच्च शिक्षासम्मको पढाई रक्षाले काठमाडौंमै बसेर पुरा गरिन् । २६ वर्षीय रक्षा मंगलबार नागरिककर्मीसँग भेट्दा पनि निकै सरल, सहज र साधारण देखिइन् । रातो सलवारकुर्ता पहिरिएकी रक्षाले कोठाको साँचो कुनै ब्यागमा नराखेर आफ्नो सलको किनारमा बाधेकी थिइन् । देशबाट भ्रष्ट्राचार मुक्त गरी युवा जमातलाई स्वदेशमै सबै थोक गर्न सकिन्छ भन्ने विश्वास लिएरै आफू जेनजीको आन्दोलनमा होमिएको उनको भनाई छ ।
‘पुराना नेता ज्यूहरुले हामी युवालाई कहिल्यै देशमा अभिभावक रुपी सरकार छ भनेर अभास दिलाउनु सक्नु नै भएन । प्लसटु पास हुँदासम्म युवाहरुको एक हातमा शैक्षिक योग्यताको प्रमाणपत्र र अर्को हातमा पासपोर्ट हुनुपर्ने अवस्था निकै पीडादायी हो हामी युवाको लागि,’ मंगलबार नागरिकसँगको भेटमा रक्षाले सरल स्वभावमा भनिन् ‘मैले स्नातक समाजिक कार्यमा गरेकी हुँ । यो विषय पढ्दा नै मैले उज्जव थापा फाउन्डेसनबाटै समाजिक कार्य गर्थेँ । अहिले एक महिनादेखि आन्दोलनमा लागेपछि काम पनि छाडेको छु ।’
बुवाको साना तिनो ब्यापार भए पनि अहिले विरामी भएको कारण ब्यापार बन्द छ । शिक्षक आमाकी छोरी रक्षालाई सानैदेखि देश र राष्ट्रियताकालागि युवाहरु नेपालमै बसेर काम गर्नु पर्ने सोच रहेकोले आफू कहिल्यै पासपोर्ट नबनाएको खुलाइन् ।
‘मलाई कहिल्यै विदेश जान मन लागेन । यसकारण मैले पासपोर्ट बनाउनु पर्ने सोच पनि आएन र अहिलेसम्म बनाएकै छैन ।’ उनी थप्छिन् ‘भ्रष्ट्राचारमुक्त देश हामी युवालाई चाहिएको छ । सुशासन र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित हामी युवालाई अभिभावकत्वको प्रत्याभूति गराउने सरकार चाहिएकोले हामी जेनजीहरु आन्दोलनमा होमिएका हौं । अब देशलाई सुरक्षित अवतरण गराएर मात्र हामी युवाहरुको आन्दोलन सफल हुन्छ । हामी जेन-जीहरु यही प्रयासमा छौं ।’
बन्द गरिएको समाजिक सञ्जाल खोलिनु पर्ने र देशबाट भ्रष्ट्राचार हटाइनु पर्ने मुख्य माग लिएर भदौं २३ गते आन्दोलनमा उत्रेका जेन-जीहरुको अबको आन्दोलन मुख्य रुपमा देशबाट भ्रष्टाचार मुक्त गराउने र भ्रष्ट्रचारीहरुलाई कारावहीको दायरामा ल्याउनेमा केन्द्रित रहेको रक्षाले बताइन् ।
‘हामी युवाहरु सबै विदेसिने हो भने हाम्रो देश नेपाल यसैगरि सधैं भ्रष्ट्राचारको घेराबन्दीमा भइरहन्छ । युवाहरु विदेशमा दुःख पाइरहने र आमाबुवा सन्तानविना मर्नु पर्ने अवस्था आइरहन्छ,’ रक्षाले अनुभव सुनाइन्,‘देशको लागि गर्न सक्ने हामी युवाहरु नै हो । हामीले नगरे कसले गर्ने ? यही सोचसाथ म स्वदेशमै बसेर अन्यायको विरुद्धमा लड्ने आँट गरेकी हुँ ।’ उनले थपिन्,‘प्राकृति सौन्दर्यले भरेको र अवसर भएको देश हो नेपाल । गर्न चाहे स्वदेशमै बसेर धेरै थोक गर्न सकिन्छ ।सकरात्मक वातावराण बनाउनकै लागि हामी जेन-जी पुस्ता लागि परेका छौं । सबै पीडा भुलेर निष्कर्षमा पुर्याएर मात्र छाड्ने छौं ।’