प्रदेश सुशासन केन्द्रलाई नेपालगन्जबाट सार्ने तयारी
२८ वैशाख २०८३
•
५ मिनेट पाठ
प्रदेश सुशासन केन्द्रलाई नेपालगन्जबाट सार्ने तयारी
नेपालगन्जमा रहेको लुम्बिनी प्रदेश अन्तर्गतको सुशासन केन्द्रलाई सार्ने तयारी गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ महेन्द्रनगरमा आफ्नै सरकारी संरचनामा सञ्चालित उक्त कार्यालयलाई गुपचुप रुपले सार्ने तयारी गरिएको हो ।  




लुम्बिनी प्रदेश सरकारका उच्च अधिकारीले दाङको देउखुरी सार्ने अन्तिम तयारी गरिरहेको स्रोतले जनाएको छ । ‘प्रदेश सुशासन केन्द्र देउखुरी ल्याउने विषयमा औपचारिक निर्णय भएको छैन, तर आन्तरिक रुपमा गृहकार्य चलिरहेको छ, एक÷दुई दिनभित्रमा निर्णय हुने सम्भावना छ,’ मन्त्रालय स्रोतले भन्यो । उक्त केन्द्र लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अन्तर्गत रहेको छ । केन्द्रलाई सार्न मुख्यमन्त्री, प्रदेशका मुख्यसचिवसहित उच्च अधिकारीहरु एकमत भईसकेका छन् ।  

मुलुक संघिय संरचनामा गएपछि यसअघि पनि नेपालगन्जमा रहेका दर्जनौं सरकारी कार्यालय बुटवल र सुर्खेत सरेर गएका थिए । संघियताको मर्म अनुरुप जनतासँग प्रत्यक्ष जोडिने कतिपय कार्यालयहरु जिल्ला तहमा पुनःस्थापना गर्ने सरकारको नीति विपरित अहिले पनि प्रादेशिक स्तरका कार्यालय सर्ने क्रम भने रोकिएको छैन ।  

करिव १८ विघा आफ्नै जमिन, कार्यालय भवन, तालिम तथा सभा हल लगायत संरचनाहरुमा साविकको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तर्गत ग्रामीण विकास प्रशिक्षण केन्द्रमा ‘प्रदेश सुशासन केन्द्र’ रहेको छ । २०७६ फागुन ५ गते नेपाल सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तर्गत रहेको प्रशिक्षण केन्द्र लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेको गर्यो । 

२०२३ सालमा स्थापना भएको ग्रामीण विकास प्रशिक्षण केन्द्रलाई २०७७ मा प्रदेश सरकारले ‘प्रदेश प्रशिक्षण केन्द्र’ बनायो । २०७९ मा प्रदेश प्रशिक्षण केन्द्रलाई खारेज गरेर ‘प्रदेश सुशासन केन्द्र’ गठन आदेश जारी गरी कार्य प्रारम्भ गरियो । केन्द्रले साविकको ग्रामीण विकास प्रशिक्षण केन्द्रको जीर्ण भवन सहितका संरचनाहरु मर्मत, सम्भार गरी काम सञ्चालन गर्दै आएको छ । यसका लागि लुम्बिनी प्रदेश सरकारले करोडौं रकम खर्च गरिसकेको छ ।  

प्रदेश सरकारलाई हस्तान्तरण गर्नुअघि यहाँका भौतिक संरचनाहरु बेवारिसे जस्तै बनेका थिए । नेपाल–भारत सिमा नजिकै पर्ने उक्त ठाउँमा एकातिर जमिन अतिक्रमण र अर्कोतिर भवनका सामान चोरी हुने गरेको थियो । प्रदेश सुशासन केन्द्र सञ्चालनमा आएपछि भने यहाँ सरकारी सम्पत्ती संरक्षण हुनुका साथै विभिन्न तालिम, गोष्ठीका कारण चहल–पहल बढेको छ । सुशासन केन्द्रले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका जनप्रतिनिधि, कर्मचारीहरुको क्षमता अभिवृद्धि, समस्या पहिचानमा आधारित अनुसन्धान र माग अनुसार परामर्श सेवा प्रदान गर्दै आएको छ । केन्द्रले नियमित रुपमा कार्यक्रम तथा तालिमहरु सञ्चालन गरिरहेको छ ।  

यसरी आफ्नै जग्गा, भवनमा सञ्चालित सरकारी कार्यालयलाई बिना कारण सार्न खोज्नुको ‘नियत गलत’ रहेको नेपालगन्जका नागरिक अगुवाहरु बताउँछन् । विकासका लागि नागरिक सरोकार समिति नेपालगन्जका संयोजक कृष्णप्रसाद श्रेष्ठले बिना कारण प्रदेश सुशासन केन्द्रलाई अन्यत्र सार्न खोजिनुमा गलत नियत रहेको बताए । ‘विगतमा देश प्रादेशिक संरचनामा गईसकेपछि नेपालगन्जबाट थुप्रै कार्यालयहरु अन्यत्र सारिए, बचेका कार्यालयहरु पनि अहिले बिना कारण सार्न खोजिन्छ भने हामी चुप लागेर बस्दैनौं,’ उनले भने ।  

नेपालगन्जका सुशासनकर्मी एवम् गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रिय सचिव नमस्कार शाह प्रदेश सुशासन केन्द्र अन्यत्र सार्नुपर्ने कुनै कारण नदेखिएको बताउँछन् । ‘यो कार्यालय सार्नुपर्ने कुनै कारण देखिदैन, प्रदेश तहका उच्च अधिकारीहरुको यसमा स्वार्थ रहेको देखिन्छ,’ शाहले भने, ‘लुम्बिनी प्रदेश सरकारले हालै प्रदेश मन्त्रालयका संरचनाहरु निर्माण गरेको छ, मन्त्रालयहरुमा रहने गरी बहालमा बसेका कार्यालयहरु सार्ने रणनीति अवलम्बन गरेको छ, त्यो एक प्रकारले मितव्ययिताको अभ्यास होला, भलै आवश्यकताको हिसाबले सबै कार्यालय मन्त्रालयमा सार्न सम्भव छैन, अझ जुन कार्यालय बहालमा छैन, आफ्नै भवनमा छ, त्यो कार्यालय स्थानान्तरण गर्न खोज्नु कदापी राम्रो होइन, अझ यो त कार्यालय मात्रै होईन, तालिम केन्द्र हो, तालिम केन्द्र मन्त्रालयको एउटा कोठा र हलमा सञ्चालन गर्न सम्भव छैन ।’  

प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक उजिर न्यौपानेले प्रदेश सरकारले गरेका हरेक निर्णयलाई कार्यान्वयन गर्ने दायित्व आफ्नो रहेको बताए । ‘हामी सरकारको निर्णयलाई कार्यान्वयन गर्ने ठाउँमा छौं, हामीले यस विषयमा बोल्न मिल्दैन,’ उनले भने ।

स्रोतका अनुसार केन्द्र परिसर महेन्द्रनगरमा स्वीमिङ पुलसहित आवश्यक भौतिक संरचना बनाउन प्रदेश सरकारले ‘गुरुयोजना’ नै बनाएको छ । यसका लागि करिव २२ करोड रुपैयाँ बराबरको बजेट प्रस्ताव गरिएको छ । एकातिर प्रदेश सरकारले यस ठाउँलाई ‘रमणीय’ बनाउन खोजिरहँदा कार्यालयलाई जिल्ला बाहिर सार्ने तयारीले कर्मचारीहरु नै सशंकित भएका छन् ।

सशक्त आवाज उठाउने प्रदेश सांसदको चेतावनी  

प्रदेश सुशासन केन्द्र नेपालगन्जबाट दाङको देउखुरी सारिए ‘सशक्त आवाज’ उठाउने बाँकेका सांसदहरुले चेतावनी दिएका छन् । लुम्बिनी प्रदेश लेखा समितिका संयोजक एवम् सांसद माया पुनले प्रदेश सुशासन केन्द्र नेपालगन्जको महेन्द्रनगरमा रहँदा एकातिर सरकारी संरचनाको संरक्षण भईरहेको र अर्कोतिर रमणीय वातावरणमा जनप्रतिनिधी, कर्मचारी लगायतले प्रशिक्षण लिन पाईरहेको बताइन् ।  

केन्द्रलाई नेपालगन्जबाट सार्ने प्रदेश सरकारको आन्तरिक तयारी भईरहेको विषयमा आफुलाई आधिकारिक रुपमा जानकारी नभएको प्रष्ट्याउँदै यसलाई कुनैपनि हालतमा आफुहरुले स्वीकार नगर्ने बताइन् । ‘प्रदेश सुशासन केन्द्रलाई सार्ने कुरालाई हामी कुनैपनि हालतमा मान्दैनौं, संसदमा आवाज उठाउँछौं,’ उनले भनिन् । बाँकेबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेशका सांसदहरु मिना श्रेष्ठ, मिना बोहरा (सिद्धिकी) र सुशिला वादीले पनि आफुहरुले प्रदेश सरकारको निर्णयविरुद्ध सदन र सडकमा आवाज उठाउने चेतावनी दिएका छन् ।  

दबाव समिति गठन  

‘बाँके जिल्लाबाट सरकारी कार्यालय स्थानान्तरण सरोकार र समाधान’ विषयक दवाव समिति गठन गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीको संयोजकत्वमा गठित समितिमा बाँकेबाट प्रतिनिधित्व गर्ने सांसदहरु, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, नागरिक समाजका अगुवा लगायत सदस्य रहेका छन् । समितिले तत्कालै लुम्बिनी प्रदेशको राजधानी दाङ (देउखुरी) पुगेर मुख्यमन्त्री, मन्त्री, मुख्य सचिव तथा सचिवहरुको ध्यानार्कषण गराउने भएको छ । 
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस