फेवा नववर्ष महोत्सवको तयारी
०६ चैत्र २०८२
•
२ मिनेट पाठ
फेवा नववर्ष महोत्सवको तयारी
आन्तरिक पर्यटन भित्र्याउन पोखरामा फेवा नववर्ष महोत्सव आयोजना गरिने भएको छ । होटल संघ पोखराले २१ औं संस्करणको महोत्सव गर्न थालेको हो ।  




नेपाली नयाँवर्षको अवसर पारेर चैत २९ देखि वैशाख १ गतेसम्म पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा महोत्सव गरिने अयोजक संघले बताएको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरामा आन्तरिक पर्यटक भित्र्याउने उद्देश्य सहित महोत्सव आयोजना गरेको बताए ।  

पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिंदै हरेक वर्ष झैं यो पटक पनि महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक सुवेदीले जानकारी दिए । ‘पोखरामा आन्तरिक पाहुना भित्र्याउनका लागि महोत्सव आयोजना गरेका हौ । पोखरामा हरेक वर्ष हुने महोत्सवले आन्तरिक पाहुना भित्र्याउन सघाएको छ,’ उनले भने, ‘आन्तरिक बाहेक विदेशी पाहुनालाई पनि हामीले पोखरामा आकर्षण गर्न खोजेका हौ । आएका पाहुनाको बसाई अवधि बढाउन पनि महोत्सवले सघाउँछ ।’

जेन–जी आन्दोलन र त्यसपछि भएको प्रतिनिधि सभा निर्वाचनसँगै अबका दिनमा आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न महोत्सवले सघाउने विश्वास संघले लिएको छ । अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँवर्षलाई पनि भव्यताका साथ मनाउँदै फेवातालको संरक्षणमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य महोत्सवले बोकेको अध्यक्ष सुवेदीले बताए ।

व्यवासायीका अनुसार महोत्सवमा आन्तरिक पाहुना भित्र्याउनका लागि विभिन्न सहरमा प्रवद्र्धनात्मक गतिविधि पनि संचालन गरिनेछ । संघले पाहुना आकर्षण बढाउन पूर्वी भेगका सहरमा प्रवद्र्धनात्मक गतिविधि गर्ने तयारी रहेको पनि अध्यक्ष सुवेदीले बताए । ‘पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पाहुनाको योगदानले विशेष महत्व राख्ने गरेको छ । पोखराको पर्यटन क्षेत्रमा कम्तिमा ४० प्रतिशत योगदान आन्तरिक पाहुनाले दिएका छन,’ उनले भने, ‘आन्तरिक पाहुना नै पर्यटन क्षेत्रलाई चलायमान बनाउने आधार समेत बनेका छन ।’

महोत्सवका अवसरमा दोहोरी तथा गीत संगीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरु समेटिने छन् । महोत्सवको उद्घाटन अघि झाँकीहरुको र्याली निकालिने छ । यो बेला पर्यटन क्षेत्रका लागि महत्वपूर्ण सिजन भएपनि मध्यपूर्वका मुलुकमा देखिएको तनावका कारण विदेशी पाहुनाको आगमन प्रभावित भएको बेला हुन थालेको यो महोत्सवले आन्तरिक पाहुना भित्रयाउन भने सघाउने उनले बताए । 
अर्को समाचार
फेवा नववर्ष महोत्सवको तयारी
०७ चैत्र २०८२
•
२ मिनेट पाठ
फेवा नववर्ष महोत्सवको तयारी
आन्तरिक पर्यटन भित्र्याउन पोखरामा फेवा नववर्ष महोत्सव आयोजना गरिने भएको छ। होटल संघ पोखराले २१ औं संस्करणको महोत्सव गर्न थालेको हो।  




नेपाली नयाँवर्षको अवसर पारेर चैत २९ देखि वैशाख १ गतेसम्म पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा महोत्सव गरिने अयोजक संघले बताएको छ। संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरामा आन्तरिक पर्यटक भित्र्याउने उद्देश्य सहित महोत्सव आयोजना गरेको बताए।  

पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिंदै हरेक वर्ष झैं यो पटक पनि महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक सुवेदीले जानकारी दिए। ‘पोखरामा आन्तरिक पाहुना भित्र्याउनका लागि महोत्सव आयोजना गरेका हौ। पोखरामा हरेक वर्ष हुने महोत्सवले आन्तरिक पाहुना भित्र्याउन सघाएको छ,’ उनले भने, ‘आन्तरिक बाहेक विदेशी पाहुनालाई पनि हामीले पोखरामा आकर्षण गर्न खोजेका हौ। आएका पाहुनाको बसाई अवधि बढाउन पनि महोत्सवले सघाउँछ।’

जेन–जी आन्दोलन र त्यसपछि भएको प्रतिनिधि सभा निर्वाचनसँगै अबका दिनमा आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न महोत्सवले सघाउने विश्वास संघले लिएको छ। अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँवर्षलाई पनि भव्यताका साथ मनाउँदै फेवातालको संरक्षणमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य महोत्सवले बोकेको अध्यक्ष सुवेदीले बताए।

व्यवासायीका अनुसार महोत्सवमा आन्तरिक पाहुना भित्र्याउनका लागि विभिन्न सहरमा प्रवद्र्धनात्मक गतिविधि पनि संचालन गरिनेछ। संघले पाहुना आकर्षण बढाउन पूर्वी भेगका सहरमा प्रवर्द्धनात्मक गतिविधि गर्ने तयारी रहेको पनि अध्यक्ष सुवेदीले बताए। ‘पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पाहुनाको योगदानले विशेष महत्व राख्ने गरेको छ। पोखराको पर्यटन क्षेत्रमा कम्तिमा ४० प्रतिशत योगदान आन्तरिक पाहुनाले दिएका छन,’ उनले भने, ‘आन्तरिक पाहुना नै पर्यटन क्षेत्रलाई चलायमान बनाउने आधार समेत बनेका छन।’

महोत्सवका अवसरमा दोहोरी तथा गीत संंगीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरु समेटिने छन्। महोत्सवको उद्घाटन अघि झाँकीहरुको र्याली निकालिने छ। यो बेला पर्यटन क्षेत्रका लागि महत्वपूर्ण सिजन भएपनि मध्यपूर्वका मुलुकमा देखिएको तनावका कारण विदेशी पाहुनाको आगमन प्रभावित भएको बेला हुन थालेको यो महोत्सवले आन्तरिक पाहुना भित्रयाउन भने सघाउने उनले बताए।  
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५० मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस