बझाङका गर्भवती र सुत्केरी महिला आयोडिन नुनबाट वञ्चित, राज्यले सौतेली व्यवहार गरेको दुखेसो
१८ साउन २०८२
•
२ मिनेट पाठ
बझाङका गर्भवती र सुत्केरी महिला आयोडिन नुनबाट वञ्चित, राज्यले सौतेली व्यवहार गरेको दुखेसो
तस्बिर : व्यापारीले पसलमा बिक्रीका लागि राखेको ढिके नुन।
ग्रामीण भेगका दुई दर्जनभन्दा बढी गाउँका गर्भवती र सुत्केरी महिला आयोडिनयुक्त नुन खानबाट वञ्चित भएका छन्।  




सरकारले आयोडिन नुनको वितरण डिपो केन्द्र सदरमुकाम चैनपुरमा मात्र सीमित राखेकाले विकट ग्रामीण भेग वथि, लौने, कालौनि, मजि, गग्वलेक, चिठा, भामचौर, बडिजियान, चुहावनलगायत जिल्लाका दुई दर्जनभन्दा बढी विकट गाउँका गर्भवती र सुत्केरी महिला आयोडिनयुक्त नुन खानबाट वञ्चित छन्।  

बुंगल नगरपालिका–२ लौनेकी किउजली धामी उमेरले २५ वर्षकी भइन्। उनका एक छोरा छन्। आयोडिन नुन खान न त परै जाओस्, देख्न समेत आफूले नपाएको दुखेसो उनको छ।  

उनले भनिन्, ‘स्वास्थ्यकर्मीले घरमै आएर गर्भवती र सुत्केरी भएको समयमा अनिवार्य दुई बालबालिका चिह्न भएको आयोडिनयुक्त नुन खानुपर्छ भन्छन्, आफूले खान पाएको छैन। जहिले पनि ढिके नुन खाने गरेको छु। नुन कहाँ पाइन्छ, आफूलाई थाहा नै छैन। सदरमुकाम चैनपुर जान दुई दिन लाग्छ, नजिक पाइँदैन। गाउँका मजस्तै गर्भवती र सुत्केरी महिलाको पीडा यही हो।’  

‘ठाउँ विकट भएजस्तै राज्यले पनि सौतेलो व्यवहार गरेको छ। पहुँचवालाले आयोडिन नुन पाउने गरेका छन्। हाम्रो पहुँच पुग्दैन। सदरमुकाम चैनपुर गएर दिनभर लाइनमा बसेर साँझ ५ पाकेट नुन माचित बुझाउनुपर्छ। हाम्रो मर्म कसैले बुझ्दैन। केही नचलेपछि ढिके नुन खानुपरेको छ’ स्थानीय र्हक धामी भन्छन्।  

उनले थप भने, ‘राज्यले हामीलाई आयोडिनयुक्त नुन त खान दिएको छैन। अरू बिजुली, सडक र विद्यालय पाउने आसै छैन।’  

‘विवाह गरेर यो घरमा आएको ११ वर्ष भयो, आयोडिन नुन खान पाएको छैन। सुरुका दिन अप्ठ्यारो हुन्थ्यो, ढिके नुन खान। अहिले त बानी परिसक्यो,’ कल्पना धामीले सुनाइन्। 

‘हामीले प्रदेश सरकार तथा जिल्ला प्रशासन कार्यालयमा लिखित र मौखिक रूपमा जिल्लाको बुंगल नगरपालिकामा आयोडिनयुक्त अनुदानको कोटाको नुनको डिपो राख्नुपर्छ भनेर माग राखे पनि सुनुवाइ नभएको’ बुंगल नगरपालिका–२ का वडा अध्यक्ष बिरा धामीले बताए।  

उनले भने, ‘सदरमुकाम चैनपुरमा पहुँच हुनेले मात्र सरकारी कोटाको आयोडिन नुन खान पाएका छन्, नत्र ९ रुपैयाँ पर्ने एक पाकेट नुनको २५ रुपैयाँमा बजारका पसलहरूबाट किन्नुपर्छ।’  

जिल्लाको सदरमुकाम चैनपुरमा मात्र नुनको स्थायी डिपो रहेको छ। बाग्थला, तलकोट र काँडामा अस्थायी वितरण केन्द्र रहेका छन्। ‘व्यवस्थापन राज्यले गर्ने हो, हाम्रो हातमा केही छैन,’ साल्ट ट्रेडिङ कर्पोरेशनका इन्चार्ज नरबहादुर भट्ट बताउँछन्। 

उनले भने, ‘गोदाममा अहिले मौज्दात १ हजार ६ क्विन्टलभन्दा बढी नुन रहेको छ। जिल्लामा प्रत्येक आइतबारको दिन आयोडिन नुन वितरण गरिन्छ। एक केजीको ९ रुपैयाँ मूल्य हो। प्रतिव्यक्ति ११ केजीभन्दा बढी पाइँदैन। बाग्थलामा ९ सय, तलकोटमा १ हजार ३ सय, काँडामा १ हजार ३ कोटा हो। बाग्थलाको वितरण केन्द्रमा २ महिनादेखि नुन छैन।’ 
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस