पोखरी सौन्दर्यकरण अभियान निष्प्रभावी
०४ साउन २०८२
•
६ मिनेट पाठ
पोखरी सौन्दर्यकरण अभियान निष्प्रभावी
वीरगञ्ज महानगरपालिका–१६ नगवाकी राधिकादेवी २०७५/७६ सालमा मधेस प्रदेश सरकारले नगवा पोखरी मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत सौन्दर्यकरण गर्ने योजनाले निकै खुसी थिइन्।  आफ्नै घरनजिकै रहेको पोखरी व्यवस्थित भएसँगै छठ पूजा गर्न सहज हुने आशाले पनि उनीसहितका नगरवासीलाई हर्षित बनाएको थियो ।




उनको त्यो खुसी लामो समय टिक्न सकेन । नगवापोखरी सौन्दर्यकरण थालेको पनि छ वर्ष बितिसक्यो तर अहिलसम्म पनि पोखरी निर्माणको काम सकिएको छैन । पोखरीको मध्यभागमा सूर्यनारायणको मन्दिर बनाउन गाडेको छड पनि खिया लागिसक्यो। पोखरी वरपर सौन्दर्यकरणको काम विगत तीन वर्षदेखि अलपत्र छ । “हामीले त नगवा पोखरी बन्ला भनेर ठूलो आशा गरेका थियौँ तर, अहिले त हाम्रो आशा निराशामा बदलिसकेको छ”, राधिकादेवीले भनिन्, “बीचैमा अलपत्र पार्ने हो भने किन पोखरी बनाउने अभियान थालेको त ?”

मधेस प्रदेश सरकारले आव २०७५/७६ र आव २०७६/७७ मा मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत पर्सा जिल्लामा मात्रै छ वटा पोखरी सौन्दर्यकरणको योजना अघि सारेको थियो । तर, प्रदेश सरकारले अघि सारेका छवटै पोखरी निर्माणको काम तीन वर्षदेखि अलपत्र छ । पूर्वाधार विकास कार्यालय वीरगञ्जका कार्यालय प्रमुख लालबाबु रायले सुरुआती चरणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै पोखरी सौन्दर्यकरणका योजना अघि सारिएको बताए।

“मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत जिल्लामा छवटा पोखरी निर्माण गर्न रु ३७ करोड ७६ लाख चार हजार ८४७ लागतमा ठेक्का सम्झौता भएको थियो”, उनले भने, “अहिलेसम्म छ वटै पोखरी निर्माणको काम बीचैमा रोकिएको छ ।”

त्यसैको एक कुरुप नमुना हो नगवापोखरी । मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वीरगञ्ज–१६ स्थित नगवापोखरी सौन्दर्यकरणका लागि २०७६ वैशाख २३ गते पे्ररा÷रञ्जन संयुक्त उपक्रम ९जेभी० ललितपुरसँग रु १० करोड एक लाख ३० हजार ६०९ को ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार नगवापोखरी सौन्दर्यकरणको काम २०७८ वैशाख १४ गतेभित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो तर अहिलेसम्म पोखरीको निर्माणको काम ५० प्रतिशत मात्रै भएको कार्यालयले जनाएको छ।

नगवापोखरीको मध्यभागमा सूर्यनारायणको मन्दिर निर्माण गर्ने, मन्दिर वरपर सौन्दर्यकरणको काम पनि बीचैमा अलपत्र अवस्थाबाट गुज्रिरहेको छ । निर्माण कम्पनीले हालसम्म रु तीन करोड ९७ लाख ८७ हजार ५७६ रकम भुक्तानी पाएको छ ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह प्रदेश सरकारले अघि सारेका वीरगञ्जका आधा दर्जन पोखरी सौन्दर्यकरणका योजना अलपत्र हुँदा महानगरलाई अनावश्यक दोषारोषण हुँदै आएको गुनासो गर्छन्।“मधेस प्रदेश सरकारले अघि सारेका वीरगञ्जका पोखरी सौन्दर्यकरण गर्ने योजना वर्षांैदेखि अलपत्र हुँदै आइरहेका छन्”, उनले भने, “प्रदेश सरकारले अघि सारेको योजना छ वर्षदेखि अलपत्र छन् । प्रदेश सरकारले काम गर्न नसक्ने हो भने प्रक्रिया पूरा गरेर महानगरलाई हस्तान्तरण गरे हुन्छ नि ।”

मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रमअन्तर्गत अघि बढाइएको वीरगञ्ज–१२ स्थित मुर्लीपोखरी सौन्दर्यकरणको काम पनि अलपत्र छ । सो पोखरीको ठेक्का पनि पे्ररा–रञ्जन जेभीले रु १० करोड ४३ लाख १७ हजार ७५ लागतमा पाएको थियो । अहिलेसम्म पोखरी सौन्दर्यकरणको काम ७५ प्रतिशत सकिएको छ तर बाँकी काम कहिले सम्पन्न हुने कुनै निश्चित छैन ।

मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत पोखरी सौन्दर्यकरण अभियान थालेका तत्कालीन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले सार्वजनिक सम्पत्तिका रुपमा रहेका पोखरीहरुको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले पर्सा जिल्लामा आधा दर्जन पोखरी सौन्दर्यकरणका योजना अघि सारे पनि अहिले अलपत्र हुँदा आफूलाई दुःख लागेको बताए। “मुलुक कोभिड सङ्क्रमण महामारीको समयमा बजेट अभावका कारणले दुई वर्षसम्म निरन्तर रुपमा बजेट राख्न पनि सकेनौँ”, उनले भने, “एकातर्फ निर्माण कम्पनीले भुक्तानी माग गर्दै अदालतमा जानु र अर्कोतर्फ नयाँ बनेको प्रदेश सरकारले पोखरी सौन्दर्यकरण अभियानको कार्यक्रमलाई बजेट निरन्तरता नदिनाले पनि अभियान अलपत्र बन्न पुग्यो ।”

तत्कालीन मुख्यमन्त्री गद्दीले पछिल्ला वर्षमा प्रदेश सरकारले बजेट नै विनियोजन नगरेपछि काम अघि बढ्न नसकेको बताए। “बजेट नै विनियोजन नगरेपछि त काम कसरी हुन्छ ?” उनले भने, “कोभिड–१९ को सङ्क्रमण देखापरेपछि नै यहाँको काम ठप्प छ। की त काम अघि बढाउनु प¥यो की त ठेक्का तोड्नुपर्ने हुन्छ ।”

त्यस्तै अलपत्र पर्ने अर्को योजनामा परेको छ–छिपरमाई पोखरी सौन्दर्यकरण । सो पोखरी सौन्दर्यकरण गर्नका लागि रु १० करोड ४४ लाख ६३ हजार एक सय ८० लागतमा निर्माण थालनी भएको थियो ।

सो पोखरीको निर्माणको ठेक्का पनि पे्ररा÷रञ्जन जेभीले नै प्राप्त गरेको थियो । पूर्वाधार विकास कार्यालयका अनुसार सो पोखरीको प्रगति मुस्किलले २५ प्रतिशत मात्रै भएको छ । सो पोखरीको ठेकेदार कम्पनीले रु दुई करोड १४ लाख ६१ हजार आठ सय ५४ रकम बुझिसकेको छ । सौन्दर्यकरणको अभियान भने जहाँकोतहीँ छ ।

वीरगञ्ज महानगरपालिका–१५ स्थित लक्ष्मणवा पोखरी सौन्दर्यकरण योजना पनि अलपत्रकै सूचीमा दर्ज हुँदै आइरहेको छ । सो पोखरी निर्माणका लागि २०७७ फागुन १० गते सुनकोशी कन्स्ट्रक्सन नेपाल प्रालिलाई दिइएको थियो । ठेक्का सम्झौताअनुसार सो पोखरीको सौन्दर्यकरणको काम २०८० वैशाख ११ गतेभित्रै सम्पन्न हुनुपर्ने थियो । तर, अहिलेसम्म सो पोखरीको सौन्दर्यकरणको काम भने ७५ प्रतिशतभन्दा अघि बढ्न सकेको छैन । सो पोखरीको निर्माण कम्पनीले हालसम्म  रु एक करोड २८ लाख ३६ हजार ५३९ रकम भुक्तानी लिइसकेको छ ।

सो पोखरी निर्माणका लागि २०७७ फागुन ११ गते रु तीन करोड छ लाख ३१ हजार ३५३ लागतमा नार्गाजुन/हेम/सर्बसक्री जेभीले पाएको थियो । सम्झौताअनुसार सो पोखरी २०८० वैशाख ११ गतेभित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, अहिलेसम्म  सो पोखरीको प्रगति ३० प्रतिशतमा नै खुम्चिएको छ । तीन वर्षदेखि पोखरी निर्माणमा सिन्को भाँच्ने कामसमेत भएको छैन ।

त्यस्तैगरी, मधेस प्रदेश सरकारले वीरगञ्ज महानगर क्षेत्रभित्रै मूर्लीबगौँचा सौन्दर्यकरणको काम पनि २०७७ फागुन ११ गते विकोइरकिशोर जेभीसँग रु दुई करोड पाँच लाख ४१ हजार दुई १० लागतमा तीन वर्षभित्रै सम्पन्न गर्ने गरी ठेक्का सम्झौता ग¥यो । तर, सो पोखरी निर्माणको काम पनि कछुवा गतिमा नै सीमित छ । हालसम्म सो पोखरीको प्रगति २० प्रतिशत भए पनि निर्माण कम्पनीले अहिलेसम्म भुक्तानी पाएका छैनन् । पूर्वाधार विकास कार्यालयका अनुसार पर्साका छ पोखरीमध्ये पाँच पोखरीको निर्माणका लागि हालसम्म रु १४ करोड ७९ लाख ८६ हजार दुई सय ७६ रकम भुक्तानी भइसकेको छ ।

कार्यालय प्रमुख रायले पर्साका पोखरी सौन्दर्यकरण योजनाको म्याद थप नहुनु र बजेट अभाव मुख्य समस्या रहेको बताए।  “मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पूर्वाधार विकास कार्यालयमा हस्तान्तरण भएदेखि पोखरी सौन्दर्यकरणको योजना अघि बढ्न सकेको छैन ।” छ वटै पोखरी सौन्दर्यकरण गर्ने अभियानको फाइल भने २०७९ सालदेखि पूर्वाधार विकास कार्यालय मातहत आएको छ । सोही समयदेखि पोखरी निर्माणको काम पनि अघि बढ्न सकेको छैन । “पोखरी सौन्दर्यकरणको विवाद विभिन्न निकायमा पुगेकाले पनि काम अघि बढ्न सकिरहेको छैन”, उनले भने।

पोखरी सौन्दर्यकरणको ठेक्का पाएका निर्माण कम्पनीले आफ्नो भुक्तानी पाउनुपर्ने माग राख्दै अदालतमा मुद्दा समेत दायर गरेका छन् । अर्कोतर्फ पोखरी सौन्दर्यकरण गर्ने विषयमा आवश्यक फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले अनुसन्धान भइरहेको बताइएको छ ।

मधेस प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका निमित्त सचिव सञ्जयप्रसाद साहले पर्याप्त बजेट अभावले पोखरी सौन्दर्यकरणको अभियान प्रभावकारी ढङ्गले अघि बढ्न नसकेको बताए। “मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गतका कार्यक्रम विगतमा मुख्यमन्त्री कार्यालय मातहत अघि बढाइएको थियो । तर, अहिले बजेट अभावले काम अघि बढ्न सकेको छैन”, उनले भने, “चालु आवमा पोखरी सौन्दर्यकरण अभियानअन्तर्गतका प्रतियोजना रु एक लाख मात्रै बजेट छुट्याएकाले पनि काम हुन सकिरहेको छैन।” निमित्त सचिव साहले आगामी आवको बजेटमा पनि पोखरी सौन्दर्यकरणका योजनामा पर्याप्त बजेट विनियोजन नभएकाले समयमा नै सम्पन्न हुनेमा आशङ्का कायमै छ ।

मधेस प्रदेशका अर्थमन्त्रालयका प्रवक्ता उपेन्द्र न्यौपानेले अलपत्र परेका पोखरी सौन्दर्यकरणका योजनाको आवश्यक छानबिन गरेर छिट्टै निष्कर्षमा निकाल्ने योजना रहेको बताउनुभयो । “अलपत्र परेका पोखरी सौन्दर्यकरणलाई व्यवस्थित गराउने विषयमा आवश्यक छलफल भइरहेको छ”, उनले भने, “आवश्यकताका आधारमा केही पोखरीको सौन्दर्यकरणको अभियानलाई अघि बढाइनेछ ।” हिमाल लम्साल/रासस
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
यो पनि पढौँ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस