चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ मा सार्वजनिक स्थलमा फलफूलका बिरुवा रोप्ने अभियान थालिएको छ।
वडा अध्यक्ष रोशन राज गिरीका अनुसार वडा अन्तर्गतका सामुदायिक वन, खुल्ला चौर र सार्वजनिक कार्यालय परिसरहरूमा फलफूलका बिरुवा राेपिएको हो।
फलफूलका बिरुवाहरू आँप, लिची, अम्बा, कागती, सुन्तला, नास्पाती, अन्जिर, जामुन, गुलाब जामुन, एभोकाडो लगायत १२ भन्दा धेरै प्रजातिका ४ हजार ५ सय भन्दा बढी बिरुवा रोपिने लक्ष्य लिइएको उनले बताए।
फलफूलका बिरुवा रोप्ने काम कुनै साधारण वृक्षारोपण मात्र नभएर, यो पर्यावरणीय सचेतना, सामाजिक सहभागिता, आर्थिक सबलीकरण र समृद्धिको बहु आयामिक अभियान रहेको गिरीको भनाई छ ।