पूर्वको प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी दर्शन गरेर फर्कँदै गरेको माइक्रो बस सोमबार बिहान दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ। दुर्घटनामा परि १४ जना घाइते भएका छन् ।
मध्य पहाडी लोकमार्गअन्तर्गत जयरामघाट–हलेसी सडक खण्डको कदुवास्थित डौँठेखोला नजिकै मधेस प्रदेशको सिराहातर्फ जाँदै गरेको प्रदेश २–०–१–००१ ज ००५३ नम्बरको माइक्रो बिहान ९ः०० बजेजस्तो समयमा दुर्घटनामा परेको खोटाङ प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउने र घाइते कसैको नाम ठेगाना अहिलेसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रतीक विष्टले बताए ।
माइक्रोमा सवार १६ यात्रुमध्ये मृतकबाहेक २ जना सामान्य र बाँकी सबैघाईते भएको बताए । घाइतेहरूको जयरामघाट चौकी, हलेसीस्थित इलाका र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उद्धार गरी उपचारार्थ अस्पताल पठाइएको छ। गम्भीर घाइतेहरूको तुवाचुङ नगरपालिकाको एम्बुलेन्समार्फत अस्पताल पठाइएको विष्टले जनाए ।
दुर्घटना स्थल उदयपुर, ओखलढुङ्गा र खोटाङको सिमानास्थित घुर्मी नजिकै भएकाले ३ वटै जिल्लाका प्रहरीलाई उद्धार र उपचारका लागि परिचालन गरिएको पनि डिएसपी विष्टले बताए । ६ जनाको भने अवस्था निकै गम्भीर भएकाले आइसियुमा राखेर उपचार गर्न नगर एम्बुलेन्समार्फत काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको र अन्यको घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सुधारोन्मुख रहेको क्लिनिकलाई उद्धृत गर्दै डिएसपी विष्टले बताए ।
सडकबाट झण्डै २ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको माईक्रोबस अझै घटनास्थलमै रहेको प्रत्यक्षदर्शीले बताएका छन् । पहाडी भूगोल भए पनि बुट्यान र झाडी भएकाले माइक्रोका यात्रुमा कम क्षति भएको अनुमान गरिएको छ । अन्यथा ठूलो मानवीय क्षति हुनसक्ने स्थानीयको अनुमान छ ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार साउनको पहिलो सोमबारदेखि सुरु हुने बोलबम यात्राका लागि सिराहाबाट तीर्थयात्री त्रिधार्मिकस्थल हलेसी आएका हुन् । उनीहरूको स्थायी ठेगाना खुल्न बाँकी रहे पनि सिराहा, सर्लाही तथा भारतीय नागरिकसमेत हुनसक्ने अनुमान गरिएको गिरीले बताए ।
त्रिधार्मिकस्थल हलेसीमा अहिले बोलबम मेला लागिरहेको छ । बोलबममा सहभागी हुन नेपालका विभिन्न भागदेखि भारत, भुट्टान र सिक्किमदेखिसमेत बाक्लो सङ्ख्यामा तीर्थयात्री हलेसी आएका छन् । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीलाई जयरामघाटदेखि खोटाङ सदरमुकाम दिक्तेल हुँदै भोजपुर, तेह्रथुम, इलाम, पाँचथर जोडने पुष्पलाल मध्येपहाडी लोकमार्ग निर्माण भएसँगै पछिल्लो एक दशकयता तीर्थयात्री र पर्यटकको आगमन सहज भएको छ ।