मदिरा भनेर डिजेल सेवन गर्दा उदयपुरमा एक वृद्धको मृत्यु भएको छ । घरमै रहेको डिजेल मदिरा भनेर खाएपछि बिरामी भएका जिल्लाको चौदण्डीगढी नगरपालिका ६ सुगारेका ९३ वर्षीय अन्तनारायण श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।
मङ्गलबार करिब साँझ ७ः३० बजेको समयमा घरमै बोतलमा राखेको डिजेल सेवन गर्दा उनी बिरामी भएका थिए । सोही राति परिवारले उपचारका लागि नगर अस्पताल बेलटार ल्याएका थिए । त्यहाँ उपचार संभव नभएपछि थप उपचारका लागि उनलाई बिराटनगर लगिएको थियो ।
बिराट टिचिङ अस्पतालमा उपचारकै क्रममा बुधबार बिहान ६ः३० बजे वृद्धको मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ ।
मृतकको शव अस्पतालमै रहेको र घर फर्काउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताएका छन् ।