खसी खरिदका विषयमा साला–भेनाबिच भएको विवादले उग्र रूप लिएपछि बाँकेमा एक व्यक्तिको ज्यान गएको छ। सामान्य विषयमा दुई पक्षबिच भएको कुटाकुटले एक जनाको ज्यान गएको हो।
मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ निवासी ५२ वर्षीय जाबिर अलि बेहना रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिए। उनको शुक्रबार दिउँसो साढे २ बजेतिर उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार साला–भेनाबिच शुक्रबार बिहान साढे ९ बजेतिर विवाद सुरु भएको थियो। त्यसपछि दुवै जनाले समूह बनाएर कुटाकुट गरेका थिए। त्यस क्रममा एकले अर्कालाई घरेलु हतियार, ढुंगा, दाउरालगायत प्रहार गर्दा बेहनाको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्।
‘एक जनाले किन्नका लागि मोलतोल गरेको खसीलाई अर्कोले किनेर ल्याएपछि विवाद सुरु भएको र विवाद बढ्दा ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डिएसपी पातलीले भने। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
पक्राउ पर्नेमा ३७ वर्षका मुस्ताक अलि बेहना, ३२ वर्षीय चाँदबाबु बेहना र २५/२५ वर्षका सेराज अलि बेहना तथा ईस्राग अलि बेहना रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।