कास्कीको पोखरा महानगरपालिका २५ हेम्जा म्याग्दीचोकस्थित पोखरा–बागलुङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
घट्टेखोलाबाट पोखरातर्फ जाँदै गरेको ग १४ प २५१७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक म्याग्दीको धौलागिरी गाउँपालिका २ लुलाङका १८ वर्षीय दिनेश विक घाइते भएका छन्। उनको बायाँ खुट्टा, बायाँ आँखा र मुखमा चोट लागेको छ।
मोटरसाइकलको पछाडि सवार सोही स्थानका १६ वर्षीय अनिल विकको टाउकोमा गम्भीर चोट लागेको थियो। घटनापछि उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएकोमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।