हुलाकी सडक खण्डअन्तर्गत मोरङको कटहरीबाट स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। स्रोत नखुलेको ४ लाख ६२ हजार ५ सय नेपाली रूपैयाँसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ।
जहदा गाउँपालिका–२ का २४ वर्षीय विशाल टुडूलाई स्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।
मंगलबार बिहान विराटनगरबाट कटहरी जाँदै गरेको प्रदेश १–०२–००२ च ६६१० नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा कटहरी गाउँपालिका–३ बाट स्रोत नखुलेको रकमसहित टुडूलाइ नियन्त्रणमा लिइएको एसपी कटवालले बताए।
बरामद भएको रकम, नियन्त्रणमा लिइएको गाडी र चालक टुडूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान अघि बढाएको उनले जनाए।