अब खोटाङमै पूर्वाधार विकास कार्यालय
०१ साउन २०८२
•
३ मिनेट पाठ
अब खोटाङमै पूर्वाधार विकास कार्यालय
नयाँ कार्यालय उद्घाटन गर्दै मन्त्री राई । तस्विरः महेश्वर
खोटाङमा पनि भौतिक पूर्वाधार विकास कार्यालय स्थापना भएको छ ।




प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत खोटाङ सदरमुकाम दिक्तेलको हाँटडाडाँमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको हो ।

यसअघि पूर्वाधार विकास मन्त्रालयअन्तर्गत खोटाङमा हुने सबै योजनाको रेखदेख, सुपरिवेक्षण नियमन गर्ने काम उदयपुर सदरमुकाम गाईघाटस्थित पूर्वाधार विकास कार्यालयमार्फत हुँदै आएको थियो । प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत विकास निर्माणका योजनाको रेखदेख र नियमन गाईघाटबाट गर्नुपर्दा जिल्लाबासीलाई झन्झट भएको जनगुनासो बढेपछि खोटाङमै कार्यालय स्थापना गरिएको हो ।

नव स्थापित कार्यालयले चालु आर्थिक वर्ष ०८२/८३ देखि सञ्चालन हुने सबै काम बिहीबारबाट सञ्चालन हुने भएको छ। प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले नव स्थापित कार्यालयको एक कार्यक्रमका बिच उद्घाटन गरे । मन्त्री राईले अर्को जिल्लामा कार्यालय हुँदा खोटाङबासीलाई काम गर्नेदेखि अनुगमन र भुक्तानीसम्मको समस्या झेल्नु परेको जनगुनासो बढेपछि खोटाङमै कार्यालय खोलेको बताए ।

खोटाङबाट प्रदेशसभा सदस्य निर्वाचित भएर मन्त्री बनेका राईले प्रदेशका १४ वटै जिल्लामा कार्यालय हुनुपर्नेमा सीमित जिल्लामा मात्र रहँदा काम गर्न कठिनाइ भएको हुनाले जनताको सेवा सहज बनाउने उद्देश्यले बाँकी जिल्लामा पूर्वाधार कार्यालय खोल्ने प्रदेश सरकारले निर्णय गरेको बताए । साउन १ गतेदेखि लागू हुने गरी पूर्वाधार विकास र सहरी विकास तथा भवन निर्माण कार्यालयलाई एकीकृत गरी एउटै कार्यालय बनाइएको पनि उनले बताए ।

स्वास्थ्य मन्त्रीसमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री राईले आफ्नै पहलमा प्रदेशका सबै जिल्लामा पूर्वाधार विकास कार्यालय खोल्ने मन्त्री स्तरीय निर्णय गरेर मन्त्रीपरिषद् बैठकमा पेश गरेको र मन्त्रिपरिषद्ले सो प्रस्तावलाई पारित गरेपछि कार्यालय खोलिएको बताए । पूर्वाधार विकास र सहरी विकास तथा भवन निर्माण कार्यालयलाई एकीकृत गर्दा जनशक्ति र कार्यालय सञ्चालनको  व्ययभार घट्ने हुँदा सोही आर्थिक दायित्वले बाँकी जिल्लामा पनि कार्यालय स्थापना गरेर जनतालाई सेवा दिन सहज भएको उनको भनाई छ ।

हाँटडाडाँस्थित व्यक्तिको घर भाडामा लिएर स्थापित कार्यालयबाट साउन १ गतेदेखि नै नियमित कार्य सम्पादन गर्न थालेको कार्यालय प्रमुख इन्जिनियर ललितकुमार चौधरीले बताए । गाईघाटस्थित पूर्वाधार कार्यालय प्रमुखसमेत रहेका डिई चौधरीका अनुसार हाललाई कार्यालयमा १३ जना कर्मचारी दरबन्दी कायम गरेर काम थालिएको छ ।

उनका अनुसार पूर्वाधार विकास कार्यालयमा चालू आर्थिक वर्ष खोटाङमा १ अर्ब २ करोड ५८ लाख २५ हजार बजेट सुनिश्चित गरेर योजनाहरू सञ्चालन गर्ने तयारी गरिएको छ। जिल्लामै पूर्वाधार विकास कार्यालय स्थापना भएपछि खोटाङको विकासले गति पाउने अपेक्षा स्थानीयले गरेका छन् ।

कार्यालय उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोककुमार साह, पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशी, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, पूर्व सांसद कुलप्रसाद फुयाँल लगायत उपस्थित थिए ।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १७ सेकेन्ड अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
यो पनि पढौँ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस