अवरुद्ध कर्णाली राजमार्ग खुलाउन नेपाली सेना सक्रिय भएको छ । नेपाली सेनाको टोलीले गगने खोला क्षेत्रमा पहिरो पन्छाउँदै राजमार्गमा सवारी सञ्चालनका लागि प्रयास सुरु गरेको हो। राजमार्गको जुम्ला (सुर्खेत खण्ड अन्तर्गत कालिकोट शुभकालिका) १ गगने खोलामा गत भदौ १४ गते पहिरो खसेपछि यातायात सञ्चालन हुन सकेको छैन ।
सेनाको टोलीले ब्लाष्टिङको तयारी गरिरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी इन्जिनियर प्रदीपनारायण चौधरीले बताए। उनका अनुसार सेनाको टोलीले सोमबार तीन वटा ब्लाष्टिङ गरेको थियो। पहिरो सँगै आएको ठुलो ढुङ्गा तीन वटा ब्लाष्टिङ गर्दा पनि नफुटेपछि फेरि मंगलबार बिहानैदेखि सेनाले प्रयास गरिरहेको हो ।
सडक खुलाउने तयारीका साथ सेना सक्रिय रहेको सूचना अधिकारी चौधरीले बताए। उनका अनुसार, झण्डै एक सय घन मिटरको ढुङ्गा सडकमा खसेको छ।
यसअघि सडक डिभिजनले डोजरको प्रयोग गरेर पहिरो पन्छाउन सुरु गरेपछि चट्टान फोड्न सकेको थिएन। पाँच दिनदेखि कर्णाली राजमार्ग ठप्प हुँदा खाद्यान्नसहितका सामग्री ढुवानीमा समस्या भएको छ। जुम्लादेखि पठाइएका झण्डै १३ करोड मूल्य बराबरको स्याउ पनि बाटैमा अलपत्र अवस्थामा छ ।