दुईदिनयताको अविरल वर्षापछि जिल्लाको बेलका नगरपालिकाका विभिन्न टोल बस्तीका झण्डै सय घरधुरी डुबानमा परेका छन्। मङ्गलबार रातिदेखि लगातार भईरहेको वषापछि स्थानीय खोलाखोल्सीमा आएको बाढीले बेलका ३ मा एउटा विद्यालयसहित टोल बस्तीहरु डुबानमा परेका हुन्।
बेलका ३ का वडाध्यक्ष टङ्क आचार्यका अनुसार विभिन्न बस्तीमा बाढी पसेर स्कुल र घरहरु डुबान र कटानको जोखिम बढाएको छ । ३ वटा टोलका ९० घरभन्दा बढी परिवार डुबानमा परेको र विद्यालय तथा अन्य सार्वजनिकस्थलहरु पनि जोखिममा परेको उनले बताए । बेलका ३ को सरस्वती आधारभूत विद्यालय डुबानमा परेपछि पठनपाठन बन्द गरिउको छ भने एबीसी टोलका ४०घर, जुलेफी टोल र ठोक्सिला बस्तीका ५० भन्दा बढी घर डुबानमा परिसकेका हुन् ।
वडाध्यक्षआचार्यका अनुसार स्थानीय सिशुवा, गिनेरी र जोगीनी खोलाले बढी क्षति गर्ने जोखिम बढेको छ । सिशुवा खोला पहाडी वडा बेलका ५ र ६ नं. को कटुन्जे बबला शीर भएर त्यहाँसम्म आईपुग्दा ठूलो बाढीको रुप लिने गरेको छ । त्यस्तै वडा नं. ७ को मैनामैनी शीर भएर आउने सेती, भैरवा र जोगीनी खोलाहरु, ५ नं. वडाको पोखरे शीर भएर आउने गिनेरी खोलाहरु वर्षायामममा ३ नं. वडाबासीका लागि अभिसाप हुँदै आएका छन् ।
आचार्यले लगातार वर्षाका कारण स्थानीय खोला खहरेहरु पुरै पानीको सतह बढेर टोल बस्ती डुबानमा पार्दै आएको बताए । विद्यालय भवन परिसर पानी पसेर डुबान भएपछि अनिश्चतकालका लागि पठनपाठन रोकिएको आचार्यले बताए । त्यसैगरी डुबानले स्थानीयको घर गोठ सबै पानीले भरिएको छ भने भान्सा र सुत्ने कोठासम्मै बालुवा पसेको छ ।
भुईतला पानीले भरिएपछि घरधनीहरु माथिल्लो तला चढेर बस्न बाध्य भएको वडाध्यक्ष आचार्यले बताए । बुधबार दिउँसोसम्म पानी रोकिएला भन्ने आसामा बसेका स्थानीयहरु वर्षा नरोकिएपछि उद्धारका लागि गुहार माग्न थालेका छन् । डुबानको समस्या परेपछि वडा कार्यालय र नगरपालिकाले स्थानीय प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर उद्धार गर्ने तयारी भईरहेको आचार्यले बताए ।
‘वर्षा रोकिएला कि भनेको झन् बढ्दै गएपछि डुबानमा परेका वडाबासीलाई सुरक्षित स्थानतिर गर्न कोसिस गर्दैछौँ’ वडाध्यक्ष आचार्यले भने ‘पानी रहने छाँट देखिएन, अव स्थानीय प्रहरी, सशस्त्र र वडाबासीलाई परिचालन गर्दै उनीहरुलाई सुरक्षित गर्न लाग्छौँ ।’ नगरपालिकाले पनि डुबानमा परेका स्थानीयलाई उद्धार र सुरक्षित गर्नेगरी नगर विपद् व्यवस्थापन समितिको बैठक राखेर उद्धारको तयारी थालेको जनाएको छ । नगरप्रमुख अशोक कार्कीले जिल्ला विपद् व्यवस्थापन समिति (जिल्ला प्रशासन कार्यालय)सँग पनि उद्धार र सहयोगका लागि आग्रह गरिरहेको बताएका छन् ।
बेलका ३ बासीले हरेक वर्षायाममा डुबान र कटानको पीडा भोग्दै आउनु परेको छ । विगत वर्षहरुमा पनि यस्तै समस्या परेको थियो भने गतवर्ष झण्डै ३ हजार जना डुबान र कटानको समस्यामा परेका थिए । ३ नं. वडाबासीले एकातिर स्थानीय खोला खोल्सीमा आउने बाढीको चपेटा भोग्नुपर्छ भनेअर्कातिर उदयपुर र सुनसरीको सीमा भएर बग्ने सप्त नदी (कोसी)मा उर्लने बाढीले बेलका ८ र ९ नं. वडाका आधादर्जन टाल बस्तीसहित ३ नं. वडाबासीलाई वर्षेनी कहर दिदै आएको छ ।
त्यसो त बेलकाका १ र २ नं. वडाहरुपनि बाढीको उच्च जोखिममा परोक छन् । तर, सबभन्दा बढी ३, ८ र ९ नं. वाडबासीलाई बाढीले अधितम सताउँदै आएको छ । सप्त नदीको बाढी नियन्त्रणका लागि गतवर्ष नै बाँध निर्माणको माग गरिए पनि६ महिनाअघि मात्र योजना स्वीकृत भएर टेण्डर आव्हान भएको थियो । तर, आर्थिकवर्ष समाप्त हुन लागेकाले काम सुरु नभई वर्षायाम लागिसकेकाले यो वर्ष पनि उत्तिकै बाढीको कहर खेप्नु परेको स्थानीयको दुखेसो छ ।
वडा नं. ८ को कोठुक्षेत्रमा नदी नियन्त्रणका लागि सङ्घीय सरकारले गतवर्ष नै ४ करोड बजेट स्वीकृत गुरेर ठेक्का लगाएकोमा अझै काम अघि बढ्न सकेको छैन ।निर्माण कम्पनीले ढुङ्गा अभाव भएको भन्दै काम सुरु नै नगरेकाले यसवर्ष पनि बेलकाबासीलाई बाढीको उत्तिकै जोखिम रहेको स्थानीय जनक राईले बताए ।
जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले बेलकामा डुबानको समस्या आईपरेको खवर आएको बताउँदै उद्धार र सुरक्षाका लागि पहल थालिसकेको बताए । डुबानमा परेका स्थानीयलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न तथा विद्यालयमा पठनपाठन नगर्न निर्देशन दिएर त्यसका लागि आवश्यक तयारी र जनशक्ति परिचालन गरिसकेको सिडिओ लुईटेलले बताएका छन् ।
क्याप्सनः डुबानमा परेको बेलका ३ स्थित सरस्वति आवि भवन । तस्विरःमहेश्वर