बिगत चार वर्षदेखि अलपत्र परेको देशकै गौरवको आयोजनाहरुको रुपमा शुरु गरिएको (निजगढ) दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी ६ महिना भित्र यकिन गरिने अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेले दावी गरेका छन्।
आर्थिक वर्ष २०८३/८४का लागि संघीय संसदको संयुक्त बैठकमा शुक्रबार बजेट वक्तब्य प्रस्तुत गर्दै वाग्लेले दोस्रो विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाउन यस्ते बताएका हुन्।
बिगतका सरकारले दोस्रो अन्तराष्टिय विमानस्थल निर्माणको मोडालिटी र निर्माण प्रक्रियामा देखिएको कानुनी जटिल्टालाई सयमै नटुगियाएको कारणले यो अलपत्र गरेको थियो।
सर्वेच्च अदालत काठमाडौंले २०७९ जेठ १२ गते दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बारेमा परमादेश जारी गरे देखि नै यसको निर्माण कार्य अगाडी बढन नसकेको आयोजनाका अधिकारीहरु बताएका छन्।
टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा धेरै क्षेत्रफलको बन विनाश हुने भन्दै हालसम्मको निर्णयहरु बदर गरिएको र देश भरीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने स्थानहरुको अध्ययन गरेर मात्रै उपयुक्त स्थानमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वेच्चले अदालतले परमादेशमा भनेको थियो।
सर्वेच्चको परमादेश पछि नेपाल सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थान निर्माण गर्ने स्थानहरुको बारेमा अध्ययन गर्न बीरेन्द्र बहादुर देउजाको नेतृत्वमा स्थानहरुको अध्ययन गर्न बिज्ञ टोली गठन गरेको थियो।
टोलीले देशै भरीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने स्थानहरुको अध्ययन गर्दा टाँगियाबस्तीमा नै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा उपयुक्त हुने भनि प्रतिवेदन २०७९ सालमै बुझाएको थियो।
बिज्ञ टोलीको प्रतिवेदन आए पछि सर्वेच्चले पनि टाँगियाबस्तीमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने बाटो खुल्यो ।
बिज्ञ टोलीको प्रतिवेदको आधारमा सर्वेच्चले चार किल्ला यकिन गरेर मात्रै टाँगिया बस्तीमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु गर्न भन्यो। सर्वेच्चको परमादेश पछि चार किल्ला यकिन गरिएको फाईन मन्त्रिपरिषदमा पेश गरएको थियो।
मन्त्री परिषदबाट त्यो फाईल सदर भए पछि पनि चार वर्ष देखि पर्यटन तथा नागरिक उडड्यान मन्त्रालय र नागरिक उड्यान बिभागमै घुमि रहेको बुझिएको छ ।
दोस्रो विमानस्थालन आयोजना कार्यान्वयन एकाइ कार्यालयका प्रमुख विजय यादवले बजेट बक्तव्यमै ६ महिनामा निर्माणको मोडालिडी यकिन गर्न भनिए पछि अब यसको निर्माण कार्यले गति लिने यादवले बताए।
पहिलाका सरकारले यसको निर्माणको मोडालिटी र टाँगिया बस्ती व्यवस्थापनको निर्णय लिनमा ढिलाई गरेको कारणले बिगत चार वर्ष देखि विमानस्थलको निर्माण कार्य अगाडी बढन नसकेको अवस्थामा रहेको यादवले बताए।
२०७९ जेठ १२ गते दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धित हालसम्मको निर्णयहरु बदर गरिएको भनी सर्वेच्च अदालतले जारी गरेको परमादेश पछि विमानस्थलको निर्माण कार्य रोकिएको थियो।
सर्वेच्चको परमादेश पछि बिज्ञ समुहहरुले तयार गरेको अध्ययन प्रतिवेदन अनुसार पुर्वमा बकैया खोला देखि पश्चिममा पसाह खोलासम्मको ९ हजार हेक्टर वन क्षेत्रको जग्गालाई संरक्षित क्षेत्र घोषण गरिएको छ।
संरक्षित क्षेत्र घोषण गर्दै लगभग १९ सय ३३ हेक्टर क्षेत्रफललाई विमानस्थल निर्माण गर्न चारकिल्ल यकिन गरेर निर्माण कार्य अगाडी बढाउन फाईलहरु अगाडी बढाइए पनि त्यो स्विकृत गर्नमा ढिलाई गरिदै आएको थियो।
पहिला टाँगिया बस्तीमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको लागि आवश्यक पर्ने रन वे, टेक्सी वे तथा एप्रोन निर्माण गर्नको लागि आवश्यक बजेट आउने तर त्यसका लागि आवश्यक पर्ने जग्गामा रहेको टाँगिया बस्तीलाई स्थान्तरण गरेर खाली गर्ने निर्णय नगर्दा प्राप्त बजेट खर्च नगरी फिर्ता गर्नुपर्ने बाध्यता थियो।
बजेट बिनियोजनभन्दा पनि मुख्य समस्या यसको निर्माणको मोडालिटी यकिन नगुर्न र टाँगिया बस्तीको स्थान्तरण नगर्नु रहेकाले आयोजना प्रमुख यादवले बताए।
टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने नम्बरी जग्गा, त्यसमा रहेका घर, टहराको मुअब्जा वितरण, नदी नियन्त्रण र तारबार गर्ने लगायतका कार्य अन्तिम चरणमा रहेको यादवले बताए।
विमानस्थलले ओगट्ने एक सय १० बिघा नम्बरी जग्गामध्ये ७३ बिघाको मुआब्जा वितरण गरिसकिएको र बाँकी रहेको जग्गाको जग्गा धनीहरूलाई मुआब्जा वितरण गर्ने कार्य अन्तिम चरणमा रहेको यादवले बताएका छन्।
अहिलेसम्म मुआब्जा वितरण, नदी नियन्त्रण र तारबार गर्ने लगायतका कार्यमा एक अर्ब भन्दा बढी खर्च भइसकेको प्रमुख यादवले बताए। उनले विमानस्थलको लागि अधिग्रहण गरिएको लगभग ७३ विघा जग्गाको १५५ जनाभन्दा बढी जग्गा धनीहरूलाई करिब ४९ करोड रूपैयाँ मुअब्जा वितरण गरिसकिएको बताएका छन्।
बाँकी रहेका नम्बरी जग्गाका धनीहरूलाई पनि मुअब्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाइएको यादवले बताए।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने ऐलानी तथा निजी जग्गालाई सुरक्षित राख्न गरिएको तारबार र तटबन्ध कार्यमा लगभग ६७ करोड जति खर्च गरिएको आयोजना कार्यालयले जनाएको छ।
विमानस्थलका लागि पहिला छुट्याइएको ६३ किलोमिटर क्षेत्रफलमा ११ हजार आठ सय ७५ बिघा जग्गा रहेको छ। ६३ किलोमिटरमध्ये तारबार गर्न बाँकी भागमा तारबार गर्ने कार्य अन्तिम चरणमा रहेको थियो।
निर्माणाधीन दोस्रो विमानस्थलको लागि अधिग्रहण गरिने जग्गामध्ये एक सय १० विघा मात्रै व्यक्तिहरूको नम्बरी जग्गा पर्ने भनेर यकिन गरिए पनि अहिले नम्बरी जग्गाको क्षेत्रफल घटबढ हुने सम्भावना विद्यमान रहेको आयोजनाका अधिकारीहरूले बताएका छन्।
आव २०७१/७२ देखि सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न बजेट विनियोजन गर्दै आएको छ ।
विकासको ढोका खोल्ने विश्वास
जग्गा तथा होटेल व्यवसायी इच्चा बहादुर वाग्लेले टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तराष्ट्रिय विमानस्थल धेरै वर्ष देखि बन्ने हल्ला गरिए पनि त्यस अनुसार काम नभएको गुनासो गरे ।
‘बिश्वका बिभिन्न देशबाट ठुला हजारबाट सिँधै नेपाल आउने ईच्छा भएका पर्यटकहरुले ठुला विमानस्थलको अभावमा नेपालमा नआई छिमेकी मुलुकहरुमा ठुला हजारबाट ओर्लने गरेका छन,’ वाग्लेले भने, ‘ठुला हवाई जहाजबाट अन्य देशका ओर्ली त्यहाबाट सानो जहारमा मात्रै नेपाल आउने भएकाले यसले पर्यटकहरुलाई झन्झटिलो र बढी रकम खर्च हुदै आएको छ ।’
दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण भए पछि ठुलो हवाई जहाजबाट नेपाल भित्रिने पर्यटकहरु शुरुमै नेपाल आउने भएकोले गर्दा यसले यहाँ ठुलो मात्रामा लगानी बढनुको साथ साथै रोजगारी पनि सृजना हुने व्यवसायी वाग्लेले दावी गरे ।
बिदेशी पर्यटकहरु ठुलो संख्यामा भित्रिन शुरु गरे पछि यस क्षेत्रमा ठुल ठुल्ला होटेल निर्माण हुने,पर्यटकहरुलाई घुमाउने कार्यमा गाईड चाहिने भएकाले गर्दा यसले यस प्रदेशमा लगानी बढाउनको साथ साथै हजारौ युवालाई रोजगारी दिने कार्य समेत गर्ने वाग्लेले बताए।
देशको एक मात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बिकल्पमा २०५१ साल देखी नै दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने हल्ला गरिए पनि देशको विकासको लागि यसलाई छिटो भन्दा छिटो निर्माण गर्न जरुरी रहेको वाग्लेले बताए।