समृद्ध पहाड परियोजनाअन्तर्गत ‘सम्पदा संरक्षणमा युवा’ कार्यक्रममार्फत ताप्लेजुङमा पाँचवटा युवा सांस्कृतिक समूह गठन भएका छन् ।
१५ देखि २९ वर्ष उमेर समूहका युवालाई स्थानीय संस्कृति तथा सम्पदाको संरक्षण, उत्सव र प्रचारमा सक्रिय गराउने उद्देश्यले समूह गठन गरिएको परियोजना व्यवस्थापक प्रतीक देवकोटाले जानकारी दिए ।
उनका अनुसार कञ्चनजंघा संरक्षण क्षेत्रअन्तर्गत लेलेप, तापेथोक, हेल्लोक र याम्फुदिन तथा फुङलिङ नगरपालिकामा समूह गठन भएका हुन् ।
समूहले सांस्कृतिक संरक्षणसँगै स्थानीय युवाका आवश्यकता पहिचान, तालिम तथा क्षमता विकासका अवसरको खोजी, युवा नेतृत्व र सहभागिता सुदृढीकरण तथा स्थानीय मौलिक परम्परा, ज्ञान र सम्पदालाई भावी पुस्तासम्म पुर्याउने काम गर्नेछ । समूहमा कार्यकारी र सल्लाहकार समिति रहने व्यवस्था छ ।
परियोजनाले ४० भन्दा बढी सम्पदाको डिजिटल अभिलेखीकरण, पाँच युवा परिषद् र कम्तीमा एक युवा सांस्कृतिक मञ्च गठन, दुई सयभन्दा बढी युवालाई क्षमता विकास तालिम तथा आठवटा मौलिक सांस्कृतिक पर्व तथा महोत्सव आयोजना गर्ने लक्ष्य लिएको छ ।
यस्तै, कम्तीमा ६० युवालाई सीपमार्फत आम्दानी गर्न सक्षम बनाउने, दुई प्रमुख सामुदायिक पूर्वाधार निर्माण गर्ने तथा कम्तीमा १० युवा उद्यम दर्ता र सञ्चालनमा ल्याउने लक्ष्य रहेको देवकोटाले बताए ।
युरोपियन युनियनको सहयोगमा सञ्चालित परियोजनाको तीनवर्षे कुल बजेट १० करोड ५१ लाख ३८ हजार ८७२ रुपैयाँ रहेको छ । परियोजना सन् २०२६ मार्च १ देखि २०२९ फेब्रुअरी २८ सम्म सञ्चालन हुनेछ ।
परियोजनाको मुख्य क्षेत्र फक्ताङलुङ गाउँपालिकाका वडा नं. ५ तापेथोक, ६ लेलेप र ७ ओलाङचुङगोला तथा सिरिजङ्गा गाउँपालिकाको वडा नं. ८ याम्फुदिन रहेका छन् । कार्यक्रमबाट करिब चार हजार नागरिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित हुने लक्ष्य राखिएको छ ।