एक्कासि घर छाडेर बेपत्ता भएका खोटाङमा ६ बालबालिकामध्ये दिदीभाइ मृत फेला परेका छन् । साउन २२ गते घर छाडेर हिँडेका दिप्रुङ चुइचुम्मा गाउँपालिका३ छोरम्बु सापातेलका ६ मध्ये गोबिन्द बस्नेतका छोरा र छोरी मृत भेटिएका हुन् ।
बस्नेतका २ छोरी र १ छोरासहित गाउँका ६ बालबालिका २२ गते बिहानदेखि गाउँबाट हराएका थिए । हराएकामध्ये ४ बालबालिका सकुशल भेटिदा गोबिन्दका ११ वर्षीया छोरी मेनिषा र ६ वर्षका छोरा मेगराज भने जङ्गलमा मृत भेटिएको पूर्व वडाध्यक्ष इन्द्रबहादुर बस्नेतले बताए । इन्द्रबहादुरका अनुसार श्रीमती अर्कैसँग दोस्रो विवाह गरेर गएपछि गोविन्द २ छोरी र १ छोरासँग बस्दै आएका थिए ।
स्थानीय शान्ति निकेतन माध्यमिक विद्यालयका कार्यालय सहयोगी रहेका गोविन्दले सधैँ छोराछोरीलाई आफूसँगै विद्यालय लाने गर्थे । तर, २२ गते भने हतार भएर छोराछोरीलाई बिस्तारै आउन भन्दै आफू स्कुल गएको खुल्न आएको छ । तर, छोराछोरी स्कुल नगएर साथीहरूसँग गाउँ छाडेर हिँडेको कुरा विद्यालयबाट फर्कँदा घरमा नभएपछि मात्र उनले चाल पाए ।
हराएका बच्चाको खोजी गर्दै जाँदा जङ्गलमा चप्पल भेटिएको केही तल दुवै बच्चा मृत भेटिएको बताइएको छ । छोराछोरी खोज्दै जाँदा गोविन्दले हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्माको सिमाना सापातेलखरुवा खोला जङ्गलमा छोराछोरीलाई केही तल माथि मृत भेटेका थिए ।
मृतक मेनिषाबाहेक सबै १० वर्षमुनिका बालबालिका हलेसी तुवाचुङ नगरपालिका ११राजापानी र छोरम्बु सीमा साप्सुखोला तरेर थ्री स्टार हाइड्रोपावरसम्म पुगेर फर्केको प्रत्यक्षदर्शीले देखेका थिए । उनीहरु घर फर्कँदा बाटो बिराएर दिप्रुङ चुइचुम्मा २ डाँडागाउँस्थित खमारेसम्म पुगेपछि स्थानीयले बाटो देखाएपछि सापातेलतिर लागे पनि घर नपुग्दै रात पर्दा घटना भएको अनुमान गरिएको छ ।
शरीर भरि घाउ चोट भएकाले उनीहरूको भीरबाट लडेर ज्यान गएको अनुमान स्थानीयले गरेका छन् । राति अन्य साथीहरूसँग छुटेपछि बाटो पहिल्याउँदै जाँदा लडेर ज्यान गुमाएको उनीहरूको अनुमान छ ।
राति ८ः०० बजेजस्तो समयमा छोराछोरी मृत फेला पारेपछि गोविन्दले प्रधानाध्यापक र गाउँलेलाई बोलाएर जङ्गलमै शव रुँगेर रात कटाए। भोलि बिहान माइली छोरीसहित ४ जना भने घटनास्थलनजिकै ओढारमा भेटिए । दुई दिदीभाइ झमक्क रात पर्दासम्म नदेखेर केही परसम्म खोज्न गएको तर, नभेटेपछि आफुहरु ओढार गएर बसेको उनीहरुले बताएका छन् ।
मृत भेटेका बालबालिकाको शव गाउँलेले शुक्रबार गाउँ लगेर दाहसंस्कार गरिसकेका छन् । उनीहरूको लडेर निधन भएको प्रष्ट देखिएकाले प्रहरीलाई खबर नगरी दाहसंस्कार गरिएको गाउँलेको भनाई छ ।
तर, घट्नाबारे स्थानीयले खबर गरेपछि प्रहरीले अनुसन्धान थालेको जनाएको छ । अप्राकृतिक मृत्यु भएपछि त्यसको कारण पत्ता लगाउन पोष्टमार्टम गर्नुपर्ने कानुनी प्रक्रिया पुरा नगरेको खबर आएकाले अनुसन्धान गर्नुपर्ने प्रहरी भनाई छ। जिल्ला प्रहरी कार्यालयले टोली पठाएर घटनास्थल सुरक्षित गरी अनुसन्धान अघि बढाइएको जनाएको छ ।