खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ३ च्यास्मिटार दाल्फुका दुई घरमा आगजनी भएको छ । अज्ञात समूहले आगजनी गरेको हो । आगजनी गर्ने समूह अझै पत्ता लागेको छैन ।
अज्ञात समूहले एउटै बस्तीका दुई छिमेकीको घर, मतान र गोठमा एक घण्टाको फरकमा आगजनी गरेको थियो ।
स्थानीय दुर्गाप्रसाद राईको घर र मतान तथा गोठमा बिहान साढे एक बजे र छिमेकी बबरसिंह राईको गोठमा दुई बजेको समयमा आगजनी भएको थियो । आगजनीका कारण दुर्गाप्रसादको घर र मतानमा आंशिक क्षति पुगेको छ । गोठ भने पुरे ध्वस्त भएको छ ।
त्यसैगरी झण्डै एक घण्टापछि भएको आगजनीका कारण बबरसिंहको गोठ पनि ध्वस्त भएको स्थानीय प्रहरी चौकी च्यास्मिटारलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश बुढाथोकीले बेलैमा घर परिवारले थाहा पाएका कारण ठूलो क्षति नभएको बताए ।
दुर्गाप्रसादको ३ लाख तथा बबरसिंको १ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको प्रहरीले जनाएको छ । हलेसी तुवाचुङ नगरप्रमुख बिमला राईले मध्यरात टर्दै गरेको निस्पट्ट अँध्यारोको मौका छोपेर अज्ञात समूहले दुई घर परिवारमाथि आगजनी गरेको बताईन् । आगजनी गरेको थाहा पाएर गोठमा बाँधिएका वस्तुभाउको दाम्लो खोलेर भगाउँदा चौपाया क्षति पनि हुन नपाएको उनले बताईन् ।
आगजनी गर्ने समूहको खोजी भईरहे पनि फेला नपरेको उनको भनाइ छ । प्रहरी र स्थानीय प्रशासनले आगजनी गर्ने समूहको खोजी जारी राखेको जनाएको छ ।