तीन दिनदेखी वीरगन्जमा उपचार सेवा ठप्प
१२ साउन २०८३
•
४ मिनेट पाठ
तीन दिनदेखी वीरगन्जमा उपचार सेवा ठप्प
गत साउन १० गते देखि वीरगन्जका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरूले सुरु गरेको हडतालले तीन दिन अस्पतालहरूको उपचार ठप्प भएको छ।




साउन ९ गते नारायणी अस्पतालमा  उपचारको क्रममा वीरगन्ज २५ का राजकुमार पटेलको मृत्यु भएपछि उनका आफन्तहरूले अस्पतालमा तोडफोड गर्नुको साथै चिकित्सकहरूलाई कुटपिट गरेको भन्दै चिकित्सकहरू हडतालमा उत्रेका थिए।

चिकित्सक कुट्नेलाई कारबाहीको माग गर्दै वीरगन्जका चिकित्सकहरू हडतालमा उत्रिएका कारण यहाँका सरकारी र निजी अस्पतालमा तीन दिनदेखि आकस्मिकसहितका सबै उपचार सेवा प्राय ठप्प छन्।

चिकित्सकहरूले आकस्मिकसहित सबै सेवा बन्द गर्दै हडतालमा बसेका कारण यहाँका अस्पतालहरूमा उपचारका लागि पुगेका बिरामीहरू अलपत्र परेका छन्।

अस्पतालमा चिकित्सकले आकस्मिक उपचार सेवा समेत बन्द गरेपछि बिरामीहरूको बिजोग भएको छ।

मंगलबार बिहान नारायणी अस्पतालमा उपचारका लागि पुग्दा डाक्टरहरूको हडताल लेखिएको ब्यानर झुन्ड्याइएको देखेर बिरामी र उनका आफन्तहरू निराश बनेका छन्।

नारायणी अस्पतालमा कार्यरत ४६ जना डाक्टरहरूले सामूहिक राजीनामा समेत दिएका छन्। चिकित्सक कुटपिट गर्नेलाई कारबाही नगरिएको विरुद्धमा मंगलबार दिउँसोसम्म ४६ जनाले राजीनामा दिएको र अन्यले पनि राजीनामा दिने घोषण गरेको नारायणी अस्पताल प्रशासनले जनाएको छ।

नारायणी अस्पतालको घटना सहमति र संवादबाट समाधान गर्न राजनीतिक दलहरूको आग्रह

वीरगन्जको नारायणी अस्पताल बिरामीको मृत्यु र चिकित्सकहरू माथि गरिएको हातपात घटना संवाद र सहमतिबाट समाधान गर्न पर्साका राजनीतिक दलहरूको आग्रह गरेका छन्।

नेपाली कांग्रेस पर्साको वीरगन्ज स्थित पार्टी कार्यालयमा  मंगलबार बसेको सर्वदलीय सबै सम्बन्धी पक्षसँग आग्रह गरेको हो।

बैठकले तीन दिन देखि वीरगन्जका अस्पतालहरूमा डाक्टरहरूको हडतालका कारण बिरामीहरू उपचारबाट वञ्चित हुनु परेको भन्दै आपसी संवाद र सहमति मार्फत समस्याको समाधान खोज्न आन्दोलनरत चिकित्सक, नेपाल चिकित्सक संघ, नारायणी अस्पताल प्रशासन र स्थानीय प्रशासनसँग आग्रह गरेको हो।

बैठकमा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह , राष्ट्रिय स्वतन्त्र पार्टीका तुल्सा पौडेल, नेकपा एमालेका डा बिशवबर शर्मा, नेकपाका जय प्रकाश थारु,जसपाका रामनरेश यादव लगायत राजनीति दलका प्रमुख र प्रतिनिधिहरूको हस्ताक्षर गरेको अपिलमा

नारायणी अस्पतालमा गत शनिबार भएको तोडफोड र चिकित्सक माथि गरिएको  कुटपिटको घटना प्रति पनि सर्वदलीय बैठकले चिन्ता व्यक्त गरेको भनिएको छ।

सर्वदलीय बैठकले नारायणी अस्पतालमा उत्पन्न विवादलाई थप जटिल बन्न नदिन वार्ता, संवाद र सहमति मार्फत समाधान खोज्नु पर्ने  निष्कर्ष निकाल्दै ६ बुँदे अपिल पनि सार्वजनिक गरेको छ।

बैठकले नारायणी अस्पतालमा  उपचारका क्रममा मृत्यु भएका वीरगन्ज–२५ का ४५ वर्षीय राजकुमार पटेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार प्रति गहिरो समवेदना व्यक्त गरेको छ।

बैठकले नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद राम तथा अन्य स्वास्थ्य कर्मी माथि भएको कुटपिट र दुर्व्यवहारको भर्त्सना गर्दै घटनामा संलग्न दोषीमाथि कानुन बमोजिम कारबाही गर्न तथा घाइते चिकित्सकको उपचारको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने माग पनि गरेको छ।

अस्पतालमा भएको तोडफोड र कुटपिटको घटनाको बारे सत्य तथ्य पत्ता लगाउन विज्ञको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरी त्यसको प्रतिवेदन सार्वजनिक गर्न र दोषीमाथि कानुनी कारबाही गर्न पनि सरकारसँग माग पनि सर्वदलीय बैठकले गरेको छ।

यसै घटनालाई लिएर सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा आन्दोलनरत चिकित्सक र स्थानीय प्रशासन बिच भएको वार्ताका क्रममा प्रशासनिक पदाधिकारीबाट लोकतान्त्रिक मूल्यमान्यता र पदीय मर्यादा अनुकूल व्यवहार नभएको भन्दै  पदीयको मर्यादा रहेर व्यवहार गर्ने आग्रह समेत गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्सामा आन्दोलनरत चिकित्सक र प्रशासन बिच राखिएको बैठकमा चिकित्सकहरूले चिकित्सक कुट्नेलाई पक्राउ नगरेको भन्दै एक मिनेटमै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सरुवा गराई दिने भन्दै धम्की दिन थाल पछि सुरक्षाकर्मीहरुसँग विवाद भएको थियो।

त्यही विवादलाई लिएर नेपाल चिकित्सक संघले नेपाल भरिकै उपचार सेवा बन्द गरेको छ।

नारायणी अस्पतालमा उपचारको क्रममा साउन ९ गते ज्यान गुमाएका राजकुमार पटेलका आफन्तहरुले मंगलबारबाट सडक अवरोध गरेर प्रदर्शन गरेका छ।

उपचारमा लापरबाही गर्ने चिकित्सकहरूलाई कारबाहीको माग गर्दै उनीहरूले परवानिपुर सुख्खा बन्दरगाह सडक खण्डको चण्डाल चौकमा सडक अवरोध गरेर प्रदर्शन गरेका हुन्।     
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१ घण्टा अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस