मुख्य नाकाबाट निर्धक्क रुपमा भारततर्फ तस्करी हुन्छ गाँजा
१७ असार २०८३
•
५ मिनेट पाठ
मुख्य नाकाबाट निर्धक्क रुपमा भारततर्फ तस्करी हुन्छ गाँजा
नेपालको चुरेको फेदी, पहाड, जङ्गल लगायतका स्थानहरूमा लुकाएर उत्पादित गरिने लागुऔषध गाँजा भारतसम्म सजिलै रूपमा तस्करी हुँदै आएको खुल्न आएको छ।




नेपाल र भारत गरी दुवै तर्फका तस्कर समूहहरूले नेपाली सुरक्षाकर्मीलाई आर्थिक प्रलोभनमा पारेर लागुऔषध गाँजालाई नेपालको मुख्य प्रवेशद्वारबाटै नै सजिलै तरिकाले भारततर्फ तस्करी गर्दै आएको पटक पटक सार्वजनिक हुँदै आएको छ।

गत असार १० गते भारतीय सुरक्षाकर्मीहरुले नेपालबाट ट्रकको कन्टेनरमा भित्र्याइएको ठुलो परिमाणमा लागु औषध गाँजालाई सीमावर्ती भारतीय सहर रक्सौलमा बरामद गरेका थिए।

वीरगन्जको आईसीपीबाट लागुऔषध गाँजा लोड गरिएको बि आर ०१ जी एन ४३५३ भारतीय नम्बर प्लेटको ट्रकको कन्टेनरबाट भारतीय सुरक्षाकर्मीहरूले रक्सौलको हरैया थाना क्षेत्रबाट त्यसलाई नियन्त्रणमा लिएका थिए।

वीरगन्जको आईसिपीबाट निस्केको उक्त ट्रक भारततर्फ पुगेर सडक छेउमा रोकेर राखिएको अवस्थामा त्यसलाई भारतीय सुरक्षाकर्मीहरूले  चेकजाँच गरेका थिए। चेकजाँचको क्रममा भारतीय सुरक्षाकर्मीहरूले त्यसबाट तीन क्विन्टल ३९ किलो लागु औषध गाँजा बरामद गरेको बताएका छन्।

भारत बिहार रक्सौल अनुमण्डल पुलिस पदाधिकारी मनिष कुमारले नेपालबाट ठुलो परिमाणमा लागु औषध गाँजा भित्रिएको बारे सूचना प्राप्त भएको बताए। रक्सौलमा भित्रिएको गाँजाको खोजबिन गर्दा ट्रकको कन्टेनरबाट त्यसलाई नियन्त्रणमा लिन सफल भएको जानकारी गराएका थिए।

नियन्त्रणमा लिइएको ट्रकको कन्टेनरमा बनाइएको बक्सा भित्र लुकाएर राखिएको अवस्थामा २२ पोका गाँजालाई बरामद गरिएको उनले बताए।

गाँजा बरामद गरिएको ट्रकको चालक मनोज भगतबाट सोधपुछ गर्दा गाँजालाई नेपालबाट ल्याइएको जवाफ दिएको उनले बताए।

नेपालबाट ल्याइएको गाँजालाई भारतको कुन स्थानसम्म पुर्‍याउने हो त्यसको बारेमा जानकारी ती चालकले नदिएको उनले बताए।

ट्रकको कन्टेनरबाट बरामद गरिएको गाँजालाई अन्तर्राष्ट्रिय तस्करहरूको संलग्नतामा नेपालबाट भारत भित्र्याइएको प्रारम्भीक अनुसन्धानबाट खुलेको उनले बताए।

गत वैशाख २७  नेपालबाट भारतीय नम्बर प्लेटको कारमा राखेर भारतमा भित्र्याउँदै गरेको अवस्थामा भारतीय सीमा सुरक्षा बलले त्यसलाई नियन्त्रणमा लिएको थियो।

वीरगन्ज –रक्सौल जोडने मितेरी पुलमा रक्सौल तर्फ एसएसपीले कारमा राखिएको २२ किलो लागु औषध गाँजा सहित पुर्वी चम्पारणको कल्याणपुर थाना अन्तर्गत पर्ने बरहरका निवासी मंटु कुमार रायलाई नियन्त्रणमा लिएको एसएसबीका इस्पेक्टर कोमल कुमारले बताएका छन्।

पक्राउ परेका राय कार चालक रहेको र चारमा सवार रहेका अन्य तीन जना भाग्न सफल भएको कोमलले बताए। कार चालक रायसँग गाँजाको बारेमा सोध्दा गाँजालाई हेटौँडाबाट  लिएर आइएको खुल्न आएको उनले बताए।

त्यसैगरि गत चैत २१ गते भारतीय सीमा सुरक्षा बलले वीरगन्ज –रक्सौल जोडने रक्सौल तर्फको मितेरी पुलबाट कारमा लुकाइएको लागु औषध गाँजा सहित एक जना भारतीयलाई नियन्त्रणमा लिएको थियो।

नेपालबाट भारत तर्फ जाँदै गरेको बीआर ०३ पी ए ४४७७ नम्बरको भारतीय कारबाट मितेरी पुलमा चेकजाँचको क्रममा ९९ किलो गाँजा बरामद एसएसबीले गरेका थिए।

कारबाट गाँजा बरामद भएपछि भारत बिहारको रामगढवा प्रखन्ड अन्तर्गत पर्ने मझरिया गाउँ निवासी गाडी चालक विवेक कुमारलाई नियन्त्रणमा लिएको एसएसबीका ४७ औँ बटालियन कमान्डेट सञ्जय पाँडेले बताएका थिए।

नेपालमा उत्पादित लागुऔषध गाँजालाई तस्कर समूहहरूले नेपालको मुख्य प्रवेशद्वारबाट भारत पुर्‍याउँदा भारतीय सुरक्षाकर्मीहरूले सीमावर्ती सहर रक्सौलमा बरामद गर्नु यी उदाहरण मात्रै हो।

वीरगन्ज नाका हुँदै भारत तस्करी गरिने लागुऔषध गाँजा अधिकांश मात्रामा मकवानपुर, चितवन र धादिङ र बाराको उत्तरी भागमा उत्पादन गरिँदै आइएको छ।

यी जिल्लाहरूमा उत्पादित लागुऔषध गाँजालाई वीरगन्जसम्म ल्याउँदै ठाउँ ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेकपोस्टहरू पर्ने गरेका छन्।

मकवानपुरको रातोमाटो, बाराको अमलेखगन्ज,पथलैया, पर्साको परवानीपुर लगायतको स्थानहरूमा नेपाल प्रहरीले जहिले पनि चेकजाँच गरेको देखिन्छ।

साधरणतया मानिसहरू हिँडडुल गर्दा ठाउँ ठाउँमा भेटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकजाँचको बहानामा  हैरान बनाउने कार्य गर्दै आएका देखिन्छ। तर क्विन्टलका क्विन्टल गाँजा भारत तस्करी गर्दा समेत त्यसलाई नियन्त्रण गर्न नसक्नु नेपाली सुरक्षाकर्मीहरूको कार्यशैली माथि नै सर्वसाधारण प्रश्न खडा गरेका छन्।

जिल्ला प्रहरी कार्यालय वीरगन्ज पर्साका प्रमुख सुदिप राज पाठकले प्रहरीले थाहा पाए पछि भारत तस्करी गर्ने गाँजालाई वीरगन्जमै नियन्त्रणमा लिने गरेको दाबी गरेका छन्।

कतिपय घटनामा हामीलाई जानकारी नभए पछि तस्करहरूले लुकाएर त्यसलाई भारत तर्फ पुर्‍याउने गरेको हुन सकिने उनले बताए।

पर्सा प्रहरीले भारत पुर्‍याउने उदेश्यले पर्सामा भित्र्याइएको लगभग असार महिनामै तीन क्विन्टल गाँजालाई मानिस सहित नियन्त्रणमा लिएको दाबी प्रहरी उपरीक्षक पाठकले गरेका छन्।

असार १० गते  भारतीय सुरक्षाकर्मीहरूले रक्सौलमा भारतीय नम्बर प्लेटको ट्रक कन्टेनरबाट बरामद गरेको गाँजा आईसीपीबाट कसरी गएको उनले प्रश्न समेत गरे।

आईसीपीबाट ओहोर दोहोर गर्ने ढुवानीका साधनहरूलाई कडा सुरक्षा बिच चेकजाँच गर्ने गरिएको र त्यसलाई एक्सरे समेत गर्ने गरिदा गाँजा सहितको ट्रक आईसिपीमै किन नसमातिएको उनले बताए।

सशस्त्र प्रहरी बल, सीमा सुरक्षा १३ नम्बरका गण वीरगन्ज पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहन जोशीले नेपालबाट दैनिक आईसिपीको बाटो हुँदै तीन सय भन्दा बढी भारतीय नम्बर प्लेटका ट्रकहरू जाने गरेको बताए।

सयौँ सङ्ख्यामा भारत जाने गाडीहरू मध्ये कुनै कुनै ट्रकमा भित्रिनै बक्सा बनाएर त्यसमा गाँजा लुकाएर लैजाने गर्दा जानकारी अभावमा त्यसलाई नियन्त्रणमा लिन नसकिने गरेको उनले बताए।

आफूहरूले थाहा पाएपछि केही दिन पहिला मात्रै ठोरीबाट ठुलो परिमाणमा मानिस सहित गाँजालाई नियन्त्रणमा लिएको जोशीले दाबी गरे।

दुई देशका तस्करहरू मिलेर गरिने संगठित सीमा अपराध र लागु औषधको तस्करी लगायतको तस्करीको कार्यहरुलाई रोक्न हामी दिन रात खटेको जोशीले बताए।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
९ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३४ सेकेन्ड अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस