भौतिक रूपमा टाढिए पनि सत्कर्ममा जीवित सन्तोष
०५ जेष्ठ २०८३
•
५ मिनेट पाठ
भौतिक रूपमा टाढिए पनि सत्कर्ममा जीवित सन्तोष
मान्छे जन्मन्छ, बाँच्छ र एक दिन मृत्युमा लिन हुन्छ। यो प्रकृतिको अनिवार्य चक्र हो। तर सबै मृत्यु समान हुँदैनन्। केही मानिसको बिदाइ केवल एउटा परिवारको पीडा बनेर सीमित रहन्छ भने केही व्यक्तिको अनुपस्थितिले समाजभर रिक्तता महसुस हुन्छ। समाजसेवी सन्तोषप्रसाद रिजाल यस्तै व्यक्तित्वमध्येका एक थिए।




उनको निधनको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जाल श्रद्धाञ्जलीका शब्दले भरिए। जसले उनलाई नजिकबाट चिनेका थिए, उनीहरूका लागि यो एउटा असल साथी, अभिभावक र प्रेरक गुमाउनु थियो। जसले टाढाबाट मात्र उनको काम देखेका थिए, उनीहरूका लागि समाज परिवर्तनमा चुपचाप लागिरहने एउटा इमानदार अभियन्ताको बिदाइ थियो।

वैशाख १९ गते शनिबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भयो। जीवनको अन्तिम समयसम्म पनि उनी कुनै ठुलो प्रचार, चर्चा वा सम्मानको खोजीमा देखिएनन्। तर उनको बिदाइपछि समाजले महसुस गर्‍यो–शब्दभन्दा बढी कामले परिचित एउटा व्यक्तित्व अब हामीमाझ रहेनन्। राजधानीमा आइतबार आयोजित समवेदना सभामा विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो। कार्यक्रममा उनीसँग काम गरेका साथीहरू, सामाजिक अभियन्ता, व्यवसायी, रोटरी तथा जेसीजसँग जोडिएका व्यक्ति र उनलाई नजिकबाट चिनेका युवा सहभागी थिए।

कार्यक्रममा अधिकांश व्यक्तिहरूको भनाइ एउटै थियो–सन्तोष रिजाल पदका कारण ठुलो बनेका होइनन्, व्यवहारका कारण सम्मानित बनेका थिए।

रोटरीका डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले सामाजिक क्षेत्रमा रिजालले पुर्‍याएको योगदानको चर्चा गर्दै उनको अभाव सधैँ खट्किरहने बताए। ‘उहाँले समाजका विभिन्न क्षेत्रमा पुर्‍याउनुभएको योगदान केवल संस्थागत उपलब्धि होइन, त्यो एउटा सोच थियो,’ उनले भने,  ‘समाजका लागि केही गरिरहनुपर्छ भन्ने चेतना थियो  अब उहाँले देखेका सपना पूरा गर्नु नै उहाँप्रतिको साँचो सम्मान हुनेछ।’

सन्तोषसँग लामो समय काम गरेका उनका सहकर्मी अनीश बज्राचार्य भावुक देखिन्थे। उनका अनुसार सन्तोषको जीवन शिक्षाप्रद रह्यो। ‘सामाजिक संस्थामा आफ्नो जीवन होमेका सन्तोषका हरेक व्यवहार अनुकरणीय थिए,’ बज्राचार्यले भने, ‘उहाँ अहिले भौतिक रूपमा हामीसँग हुनुहुन्न। तर उहाँका सुकर्महरूले सधैँ हामीलाई मार्ग निर्देशन गरिरहनेछन्।’

कार्यक्रमका सहभागी धेरैले एउटा समान अनुभव सुनाए—सन्तोष रिजालले कहिल्यै आफूलाई केन्द्रमा राखेनन्। उनले कामलाई केन्द्रमा राखे। अरूलाई अघि बढाउन खोजे। सफलता आफ्नो नाममा होइन, संस्थाको नाममा लेखाउन रुचाए।

सन्तोषप्रसाद रिजालको कर्मथलो विराटनगर थियो।सामाजिक सेवा र नेतृत्व विकासको क्षेत्रमा उनले विराटनगरलाई आधार बनाए। तर उनको काम केवल एउटा सहरमा सीमित रहेन। उनले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चसम्म चिनाउने अवसर पनि पाए।

विराटनगरमा हुर्किएको एउटा सामान्य युवाले समाजसेवा र नेतृत्वमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा आफ्नो पहिचान बनाउनु सहज कुरा थिएन। तर रिजालले त्यो सम्भव बनाए।

उनी विराटनगर जेसीज वर्ष १९८७ का अध्यक्ष बने। त्यति बेला जेसीज युवाहलाई नेतृत्व विकास र सामाजिक उत्तरदायित्वमा जोड्ने महत्त्वपूर्ण संस्था मानिन्थ्यो। रिजालले स्थानीय स्तरमा नेतृत्वको अभ्यास मात्र गरेनन्, युवाहरूलाई सङ्गठित गर्ने र उनीहरूलाई समाजप्रति जिम्मेवार बनाउने अभियान चलाए।

नेतृत्व क्षमता र कार्यशैलीकै कारण उनी पछि नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष बने। त्यो समय देशभर युवाहरूलाई नेतृत्व विकासमा जोड्न उनले महत्त्वपूर्ण भूमिका खेले। उनी भाषणभन्दा व्यवहारमा विश्वास गर्थे। युवाहरूलाई निर्देशन दिनेभन्दा अवसर दिने उनको शैली फरक थियो। पछि उनले अन्तर्राष्ट्रिय जेसीजमा पनि नेपालको प्रतिनिधित्व गर्ने अवसर पाए। सन् १९९८ मा उनी अन्तर्राष्ट्रिय जेसीजको कार्यकारिणी उपाध्यक्ष बने। त्यो पद हालसम्म कुनै नेपालीले प्राप्त गरेको सबैभन्दा ठुलो पद मानिन्छ।

सन्तोषको अर्को महत्त्वपूर्ण परिचय रोटरी इन्टरनेशनलसँग जोडिएको थियो। नेपाल र भुटानअन्तर्गतका क्लबहरूको गभर्नरका रूपमा उनले सामाजिक सेवाको अभियानलाई अझ व्यवस्थित बनाउने काम गरे।

रोटरीमार्फत शिक्षा, स्वास्थ्य, खानेपानी, विपद् सहायता र सामाजिक सहयोगका क्षेत्रमा उनले सक्रिय भूमिका खेले। उनले संस्थालाईकेवल औपचारिक कार्यक्रम गर्ने थलो बन्न दिएनन्। समाजमा वास्तविक परिवर्तन ल्याउनुपर्ने आवश्यकता बारम्बार उठाए।

उनीसँग नजिक रहेकाहरूका अनुसार रिजाल कुनै पनि कार्यक्रममा सहभागी हुँदा त्यसको प्रभावबारे बढी चिन्तित हुन्थे। कार्यक्रम भयो कि भएन भन्नेभन्दा त्यसले कसको जीवनमा परिवर्तन ल्यायो भन्ने कुरा उनका लागि महत्त्वपूर्ण हुन्थ्यो।

सामाजिक सेवामा लागेका धेरै मानिसहरू चर्चामा आउन चाहन्छन्। तर रिजाल त्यसको ठिक विपरीत थिए। उनले कहिल्यै प्रचार खोजेनन्, काम गरिरहे। सम्भवतः यही कारणले उनको अनुपस्थितिमा समाजले उनको महत्त्व अझ गहिरो गरी महसुस गरिरहेको छ।

सन्तोष रिजाललाई चिन्नेहरू उनलाई ‘शान्त नेतृत्वकर्ता’ भन्थे। उनी नेतृत्वलाई पदसँग जोडेर हेर्दैनथे। उनका लागि नेतृत्व भनेको अरूलाई अघि बढाउने प्रक्रिया थियो। उनी युवाहरूलाई सुन्ने गर्थे। सल्लाह दिन्थे। गल्ती गर्दा हप्काउनेभन्दा सिकाउने शैली अपनाउँथे।

उनको व्यवहारमा विनम्रता थियो। शायद यही कारणले उनी विभिन्न पुस्ताका मानिसहरूबिच समान रूपमा प्रिय बने।

सन्तोष रिजाल व्यवसायी पनि थिए। तर उनले व्यवसायलाई केवल नाफाको माध्यम बनाएनन्। समाजसँग जोडिएको जिम्मेवारीको रूपमा लिए। उनी विश्वास गर्थे–समाजबाट कमाएको मान्छेले समाजलाई केही फर्काउनुपर्छ। यही सोचले उनी विभिन्न सामाजिक अभियानमा निरन्तर सक्रिय रहे।

व्यवसायमा सफल हुनु एउटा कुरा हो। तर सफलता समाजसँग बाँड्नु अर्को कुरा हो। रिजालले यही दोस्रो बाटो रोजे।

उनी औपचारिक सम्मानभन्दा समाजको विश्वासलाई ठुलो उपलब्धि मान्थे। यही कारण धेरै मानिसहरूले उनलाई केवल व्यवसायी वा संस्थाका पदाधिकारीका रूपमा मात्र होइन, भरोसालाग्दो व्यक्तिका रूपमा सम्झिरहेका छन्।

कुनै व्यक्तिको निधनपछि प्रायः औपचारिक श्रद्धाञ्जली दिइन्छ। केही दिनपछि समाज फेरि आफ्नो गतिमा फर्किन्छ। तर केही व्यक्तित्व यस्ता हुन्छन्, जसको अनुपस्थितिले लामो समयसम्म खालीपन महसुस गराइरहन्छ। सन्तोष रिजाल त्यस्तै व्यक्तित्व थिए।

उनले छोडेको शान्त नेतृत्व, अनुशासन, विनम्रता र सेवाको भावना अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। उनको भौतिक शरीर अब हामीमाझ छैन। तर उनले देखाएको बाटो जीवित छ।

आज उनी सम्झनामा छन्। भोलि पनि रहनेछन्। किनकि केही मानिसहरू मृत्यु पछि हराउँदैनन्। उनीहरू आफ्ना सत्कर्ममा सधैँ  बाँचिरहन्छन्।
अर्को समाचार
भौतिक रूपमा टाढिए पनि सत्कर्ममा जीवित सन्तोष
०३ जेष्ठ २०८३
•
५ मिनेट पाठ
भौतिक रूपमा टाढिए पनि सत्कर्ममा जीवित सन्तोष
मान्छे जन्मन्छ, बाँच्दछ र एक दिन मृत्युमा पुग्छ। यो प्रकृतिको अनिवार्य चक्र हो। तर सबै मृत्यु समान हुँदैनन्। केही मानिसको बिदाइ केवल एउटा परिवारको पीडा बनेर सीमित रहन्छ भने केही व्यक्तित्वको अनुपस्थितिले समाजभर खालीपन महसुस हुन्छ। समाजसेवी सन्तोषप्रसाद रिजाल यस्तै व्यक्तित्व मध्येका एक थिए ।




उनको निधनको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जाल श्रद्धाञ्जलीका शब्दले भरिए। जसले उनलाई नजिकबाट चिनेका थिए, उनीहरूका लागि यो एउटा असल साथी, अभिभावक र प्रेरक गुमाउनु थियो। जसले टाढाबाट मात्र उनको काम देखेका थिए, उनीहरूका लागि समाज परिवर्तनमा चुपचाप लागिरहने एउटा इमानदार अभियन्ताको बिदाइ थियो।

वैशाख १९ गते शनिबार काठमाडौंस्थित हेम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भयो । जीवनको अन्तिम समयसम्म पनि उनी कुनै ठुलो प्रचार, चर्चा वा सम्मानको खोजीमा देखिएनन् । तर उनको बिदाइपछि समाजले महसुस गर्‍यो, शब्दभन्दा बढी कामले परिचित एउटा व्यक्तित्व अब हामीमाझ रहेन।  आइतबार राजधानीमा आयोजित समवेदना सभामा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा उनीसँग काम गरेका साथीहरू, सामाजिक अभियन्ता, व्यवसायी, रोटरी तथा जेसीजसँग जोडिएका व्यक्तिहरू र उनलाई नजिकबाट चिनेका युवाहरू सहभागी थिए।

कार्यक्रममा बोल्ने अधिकांश व्यक्तिहरूको भनाइ एउटै थियो, सन्तोष रिजाल पदका कारण ठुलो बनेका होइनन्, व्यवहारका कारण सम्मानित बनेका थिए ।

रोटरीका डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले सामाजिक क्षेत्रमा रिजालले पुर्‍याएको योगदानको चर्चा गर्दै उनको अभाव सधैँ खट्किरहने बताए । ‘उहाँले समाजका विभिन्न क्षेत्रमा पुर्‍याउनुभएको योगदान केवल संस्थागत उपलब्धि होइन, त्यो एउटा सोच थियो ’ उनले भने,  ‘समाजका लागि केही गरिरहनुपर्छ भन्ने चेतना थियो  अब उहाँले देखेका सपना पूरा गर्नु नै उहाँप्रतिको साँचो सम्मान हुनेछ ।’

सन्तोषसँग लामो समय काम गरेका उनका सहकर्मी अनिश बज्राचार्य भावुक देखिन्थे । उनका अनुसार सन्तोषको जीवन नै शिक्षाप्रद थियो । ‘सामाजिक संस्थामा आफ्नो जीवन होमेका सन्तोषका हरेक व्यवहार अनुकरणीय थिए,’ बज्राचार्यले भने, ‘उहाँ अहिले भौतिक रूपमा हामीसँग हुनुहुन्न । तर उहाँका सुकर्महरूले सधैँ हामीलाई मार्ग निर्देशन गरिरहनेछन् ।’

कार्यक्रममा सहभागी धेरैले एउटा समान अनुभव सुनाए, सन्तोष रिजालले कहिल्यै आफूलाई केन्द्रमा राखेनन् । उनले कामलाई केन्द्रमा राखे । अरूलाई अघि बढाउन खोजे । सफलता आफ्नो नाममा होइन, संस्थाको नाममा लेखाउन रुचाए ।

सन्तोषप्रसाद रिजालको कर्मथलो विराटनगर थियो । सामाजिक सेवा र नेतृत्व विकासको क्षेत्रमा उनले विराटनगरलाई आधार बनाए । तर उनको काम केवल एउटा शहरमा सीमित रहेन। उनले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चसम्म चिनाउने अवसर पनि पाए ।

विराटनगरमा हुर्किएको एउटा सामान्य युवाले समाजसेवा र नेतृत्वमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा आफ्नो पहिचान बनाउनु सहज कुरा थिएन । तर रिजालले त्यो सम्भव बनाए ।

उनी विराटनगर जेसीज वर्ष १९८७ को अध्यक्ष बने। त्यति बेला जेसीज युवाहरूलाई नेतृत्व विकास र सामाजिक उत्तरदायित्वमा जोड्ने महत्त्वपूर्ण संस्था मानिन्थ्यो। रिजालले स्थानीय स्तरमा नेतृत्वको अभ्यास मात्र गरेनन्, युवाहरूलाई सङ्गठित गर्ने र उनीहरूलाई समाजप्रति जिम्मेवार बनाउने अभियान चलाए ।

उनको नेतृत्व क्षमता र कार्यशैलीकै कारण उनी पछि नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष बने। त्यो समय देशभर युवाहरूलाई नेतृत्व विकासमा जोड्न उनले महत्त्वपूर्ण भूमिका खेले। उनी भाषणभन्दा व्यवहारमा विश्वास गर्थे । युवाहरूलाई निर्देशन दिनेभन्दा अवसर दिने उनको शैली फरक थियो।  

पछि उनले अन्तर्राष्ट्रिय जेसीजमा पनि नेपालको प्रतिनिधित्व गर्ने अवसर पाए। सन् १९९८ मा उनी अन्तर्राष्ट्रिय जेसीजको कार्यकारिणी उपाध्यक्ष बने। त्यो पद हालसम्म कुनै नेपालीले प्राप्त गरेको सबैभन्दा ठुलो पद मानिन्छ ।

सन्तोष रिजालको अर्को महत्त्वपूर्ण परिचय रोटरी इन्टरनेशनलसँग जोडिएको थियो। नेपाल र भुटानअन्तर्गतका क्लबहरूको गभर्नरका रूपमा उनले सामाजिक सेवाको अभियानलाई अझ व्यवस्थित बनाउने काम गरे।

रोटरीमार्फत शिक्षा, स्वास्थ्य, खानेपानी, विपद् सहायता र सामाजिक सहयोगका क्षेत्रमा उनले सक्रिय भूमिका खेले। उनले संस्थालाई केवल औपचारिक कार्यक्रम गर्ने थलो बन्न दिएनन्। समाजमा वास्तविक परिवर्तन ल्याउनुपर्ने आवश्यकता बारम्बार उठाए ।

उनीसँग नजिक रहेकाहरूका अनुसार रिजाल कुनै पनि कार्यक्रममा सहभागी हुँदा त्यसको प्रभावबारे बढी चिन्तित हुन्थे । कार्यक्रम भयो कि भएन भन्नेभन्दा त्यसले कसको जीवनमा परिवर्तन ल्यायो भन्ने कुरा उनका लागि महत्त्वपूर्ण हुन्थ्यो ।

सामाजिक सेवामा लागेका धेरै मानिसहरू चर्चामा आउन चाहन्छन् । तर रिजाल त्यसको ठिक विपरीत थिए। उनले कहिल्यै प्रचार खोजेनन् , काम गरिरहे। सम्भवतः यही कारणले उनको अनुपस्थितिमा समाजले उनको महत्त्व अझ गहिरो गरी महसुस गरिरहेको छ ।

सन्तोष रिजाललाई चिन्नेहरू उनलाई ‘शान्त नेतृत्वकर्ता’ भन्थे । उनी नेतृत्वलाई पदसँग जोडेर हेर्दैनथे । उनका लागि नेतृत्व भनेको अरूलाई अघि बढाउने प्रक्रिया थियो । उनी युवाहरूलाई सुन्ने गर्थे । सल्लाह दिन्थे । गल्ती गर्दा हप्काउनेभन्दा सिकाउने शैली अपनाउँथे ।

उनको व्यवहारमा विनम्रता थियो । शायद यही कारणले उनी विभिन्न पुस्ताका मानिसहरूबिच समान रूपमा प्रिय बने ।

सन्तोष रिजाल व्यवसायी पनि थिए । तर उनले व्यवसायलाई केवल नाफाको माध्यम बनाएनन्। समाजसँग जोडिएको जिम्मेवारीको रूपमा लिए। उनी विश्वास गर्थे–समाजबाट कमाएको मान्छेले समाजलाई केही फर्काउनुपर्छ। यही सोचले उनी विभिन्न सामाजिक अभियानमा निरन्तर सक्रिय रहे ।

व्यवसायमा सफल हुनु एउटा कुरा हो। तर सफलता समाजसँग बाँड्नु अर्को कुरा हो । रिजालले यही दोस्रो बाटो रोजे ।

उनी औपचारिक सम्मानभन्दा समाजको विश्वासलाई ठुलो उपलब्धि मान्थे । यही कारण धेरै मानिसहरूले उनलाई केवल व्यवसायी वा संस्थाका पदाधिकारीका रूपमा मात्र होइन, भरोसालाग्दो व्यक्तिका रूपमा सम्झिरहेका छन् ।

कुनै व्यक्तिको निधनपछि प्रायः औपचारिक श्रद्धाञ्जली दिइन्छ । केही दिनपछि समाज फेरि आफ्नो गतिमा फर्किन्छ। तर केही व्यक्तित्व यस्ता हुन्छन्, जसको अनुपस्थितिले लामो समयसम्म खालीपन महसुस गराइरहन्छ । सन्तोष रिजाल त्यस्तै व्यक्तित्व थिए ।

उनले छोडेको शान्त नेतृत्व, अनुशासन, विनम्रता र सेवाको भावना अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ । उनको भौतिक शरीर अब हामीमाझ छैन । तर उनले देखाएको बाटो जीवित छ ।

आज उनी सम्झनामा छन्। भोलि पनि रहनेछन् । किनकि केही मानिसहरू मृत्यु पछि हराउँदैनन् । उनीहरू आफ्ना सत्कर्ममा सधैँ  बाँचिरहन्छन् ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस