लोक गायक कल्याण शेरचनको प्रतिमा स्थापनामा आर्थिक अभाव
२२ साउन २०८२
•
३ मिनेट पाठ
लोक गायक कल्याण शेरचनको प्रतिमा स्थापनामा आर्थिक अभाव
बहु आयामिक व्यक्तित्व कल्याण शेरचनको प्रतिमा स्थापनामा आर्थिक अभाव भएको छ । शिक्षा, सङ्गीत र खेलकुदमा जीवन समर्पण गरेका शेरचनको मरणोप्रान्त प्रतिमा स्थापना गर्न आर्थिक अभाव भएको हो ।




२००३ साल साउन १२ गते जन्मेर २०६७ साल माघ १६ गते स्वर्गारोहण भएका शेरचनले ‘कलिलो तामालाई सोध रामलाई’, ‘सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ’, ‘च्याङ्बा होइ च्याङ्बा, डम्फूले आज के भन्छ ?’, ‘सुख ज्यानलाई गुँदरी काम्लो’, ‘ए भेना यो साल, ल्याइदेऊ मलाई पछ्यौरी मलमल’, ‘रात काटें रोएर, दिन काटे जसरी त्यसरी’, ‘घर मेरो खुदीमा, बुढो भयो ठूली के जानु रोंधीमा ! लगायत दर्जनौँ कालजयी गीत उपहार दिएका छन् । लोक गायनमा छुट्टै छाप छाड्न सफल स्व.शेरचनलाई नेपालमा मास पिटी भित्राएर विद्यालय र सङ्घसंस्थामा खेलाउने अभियान चलाएको श्रेय पनि जान्छ । त्यति मात्र होइन, उनी एथलेटिक्स खेलाडी पनि हुन् ।

उनै बहु आयामिक व्यक्तित्व शेरचनको प्रतिमा कल्याण शेरचन स्मृति प्रतिष्ठानले पोखरा–१८ राष्ट्रिय सहिद तथा विभूति पार्कमा स्थापना गर्न लागेको छ । जसका लागि पार्क व्यवस्थापन समिति र पोखरा महानगरपालिकाबाट अनुमति लिइसकिएको छ भने स्व.शेरचनको पूर्ण कदको सालिक निर्माण भइसकेको छ । स्व.शेरचनकै उचाइ बराबरको ५ फुट ५ इन्चको सालिक निर्माण गरेर पोखरा ल्याइसकिएको छ भने राख्ने ठाउँमा निर्माण कार्य भइरहेको प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर ह्योल्मोले जानकारी दिए । प्रतिमा स्थापना गर्न कुल ४० लाख लाग्ने उनले बताए । ‘तर अहिलेसम्म आधा पनि खर्चको जोहो हुन सकेको छैन’–उनले भने । उनका अनुसार १४ लाख संकलन भइसकेको छ भने ५ लाख वचन दिएकाले दिन बाँकी छ । करिब २१ लाख भने अपुग भएकाले हारगुहार गर्ने काम भइरहेको छ ।

उनका अनुसार प्रतिमा पोखरा–१३ आर्वा स्थायी घर भई राष्ट्र बैङ्क चोकका विष्णु बरालले काठमाडौं लगनखेलमा बनाएका हुन् । जुन निर्माणका लागि ९ लाख ५० हजार खर्च भएको छ भने सो प्रतिमा पोखरा ल्याउँदा करिब ९० हजार खर्च थपिएको छ । पूर्ण कदको यो प्रतिमा १५० केजीको छ भने यसमा धातु, ढलोट, पित्तल, तामा, काँस र अलिअलि जस्ताको सम्मिश्रण गरिएको सचिव दाहालले जानकारी दिए ।

प्रतिमा विभूति पार्कस्थित दिवङ्गत एमाले नेता रवीन्द्र अधिकारीको प्रतिमा भन्दा करिब १० मिटर उत्तरतर्फ राखिने प्रतिष्ठानका सचिव जीवन दाहालले जानकारी दिए । जहाँको करिब चार आना क्षेत्रफलमा प्रतिमा स्थापना गरिनेछ । प्रतिमा स्थापनाका लागि ३५ फुट लम्बाई र २२ फुट चौडाईको प्रतिमा स्थल बनाईंदैछ । जसको काम राजु पौडेलले गरिरहेका छन् भने त्यहाँ प्रतिमामा ग्रिनाईड हालिनेछ ।

प्रतिमा स्थलसहितको क्षेत्रमा गर्ने, केही क्षेत्रमा ढुङ्गा छाप्ने, प्रतिमालाई छपनीले छोप्नेदेखि वरिपरि फलामको साङ्लाले घेर्नेसम्मको योजना बनेको छ । त्यसबाहेक अहिले पछिल्लो क्रममा प्रतिमा स्थलको चार आना क्षेत्रफलमा नै कम्पाउन्ड बनाउने, टिनको ट्रस हाल्ने र त्यहाँ फलामको कुर्सी राख्ने योजना थपिएको सचिव दाहालले बताए । ‘त्यहाँ पुग्नेलाई बस्न सजिलो होस् भनेर हामीले यो योजना पनि थपेका छौँ’–उनले भने । त्यस्तै, शिलालेख पनि राखिने भएकाले यसका लागि पनि छुट्टै खर्च थपिने उनले बताए । यो सबै गर्दा प्रतिमा निर्माण बाहेक २० लाख खर्च लाग्ने अनुमान प्रतिष्ठानको छ । त्यसबाहेक प्रतिमा अनावरण कार्यक्रम भव्य गर्ने र त्यसमा पोखरेली लब्ध, प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गर्ने योजना रहेकाले त्यसका लागि पनि बजेट आवश्यक पर्छ ।

आर्थिक अभाव भएपछि प्रतिष्ठान अहिले सरकारदेखि व्यक्ति र सङ्घसंस्था गुहार्दै घरदैलो गरिरहेको छ । सहयोग गर्ने आश्वासन पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले दिएको छ तर यति नै आउँछ भन्ने यकिन नभएको प्रतष्डठानका अध्यक्ष पूर्णबहादुर ह्योल्मोले बताए । मेयर धनराज आचार्यले सहयोग गर्ने वचन दिनु भएको छ,उनले भने,‘तर कति हो भन्नु भएको छैन ।’

गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापालाई पनि प्रतिष्ठानले सहयोगका लागि आग्रह गर्दै मंगलबार भेटेको छ । उनले पनि सहयोग गर्ने आश्वासन दिएको तर रकम नबोलेको अध्यक्ष ह्योल्मोले बताए । स्व.शेरचनप्रति श्रद्धाञ्जली अर्पण गर्ने हो भने दिल खोलेर सहयोग गरौँ,उनले भने,‘कल्याण्डाले बिर्सनै नसकिने योगदान गर्नु भएको छ । उहाँको प्रतिमा स्थापनाका लागि सहयोग गर्नू हामी सबैको कर्तव्य हो ।’ उनले सहयोगी मनहरूलाई सहयोगका लागि अपिलसमेत गरेका छन् ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
५९ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस