जिल्ला प्रहरी परिसर भक्तपुरले २०८३ साल जेठ महिनाको कार्यसम्पादन विवरण सार्वजनिक गर्दा एउटा डरलाग्दो तथ्य सार्वजनिक भएको छ।
आत्महत्या गर्नेहरूमध्ये कम उमेर समूहहरूको संख्या बढी देखिएको डरलाग्दो तथ्य सार्वजनिक भएको हो। प्रहरीको एक महिने तथ्यांकअनुसार जिल्लामा जेठ महिनामा १४ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक गरिएको छ। जसमा ७ पुरुष र ७ महिला रहेका छन्।
आत्महत्या गर्नेहरूमध्ये उमेरका हिसाबले सबैभन्दा बढी संख्या १६ देखि २५ वर्ष उमेर समूहका छन्। यो समूहमा जेठ महिनामा आत्महत्या गर्नेहरू कुल १४ जनामध्ये सबैभन्दा बढी ६ जना रहेका छन्। त्यसपछि ३६ देखि ४५ वर्ष उमेर समूहका दुई जना, ४६ देखि ६० वर्ष उमेर समूहका तीनजना, ६० वर्ष माथि उमेरका तीन जनाले आत्महत्या गरेको तथ्यांक छ। २६ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति भने यसबाट जोगिएका छन्।
सार्वजनिक विवरणअनुसार जेठ महिनामा जिल्लाभर १९४ वटा मुद्दा दर्ता भएका छन् भने ६९ वटा मुद्दा फर्छ्योट गरिएको छ। यस अवधिमा ११४ जना प्रतिवादी पक्राउ परेका छन्।
प्रहरीका अनुसार जेठ महिनामा लागुऔषधका ७, कर्तव्य ज्यान १, जबरजस्ती करणी ६ र ज्यान मार्ने उद्योग २ गरी १६ वटा गम्भीर अपराधका मुद्दा दर्ता भएका छन्। आर्थिक अपराधतर्फ बैंकिङ कसुरका ८१ र ठगीका १८ गरी ९९ वटा मुद्दा दर्ता भएका छन्।
प्रहरीले यस अवधिमा लागुऔषध सम्बन्धी ७ वटा मुद्दामा १४ जनालाई पक्राउ गरी ७.७५७ ग्राम खैरो हेरोइन, ३८ हजार ५ सय ट्याब्लेट ट्यापेन्टाडोल, २ हजार ७० ट्रामाडोल, ५ हजार ९ सय एन्टिकफ र २ हजार स्पास्पेन ट्याब्लेट बरामद गरेको जनाएको छ।
सवारी दुर्घटनातर्फ ९९ वटा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन्। दुर्घटनाका मुख्य कारणमा लापरबाहीपूर्वक सवारी चलाउनु, मादक पदार्थ सेवन र चालकको ध्यान विचलित हुनु रहेको प्रहरीले जनाएको छ।
यस्तै, ट्राफिक कारबाहीबाट ४ हजार ६९८ सवारी साधनलाई कारबाही गरी २९ लाख २० हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ।
महिला तथा बालबालिका सम्बन्धी अपराधतर्फ जबरजस्ती करणी ६, बाल यौन दुरुपयोग १, कर्तव्य ज्यान १, बहुविवाह १, जातीय छुवाछुत १ र साइबर अपराध १ गरी १५ वटा मुद्दा दर्ता भएका छन् । प्रहरीले जेठ महिनाभर २४ विद्यालयमा १ हजार ६४७ विद्यार्थीलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको तथा समुदाय–प्रहरी साझेदारी अन्तर्गत १४४ कार्यक्रममार्फत ७ हजार ८२४ जनालाई सहभागी गराएको जनाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा समुदायसँगको सहकार्यलाई प्राथमिकता दिएर काम भइरहेको बताए।