इलाम सदरमुकाम ‘टापु’ बन्ने जोखिम
१६ असार २०८३
•
६ मिनेट पाठ
इलाम सदरमुकाम ‘टापु’ बन्ने जोखिम
तस्बिर : मेची राजमार्गमा बिहीबार रातिको वर्षाले क्षति गरेपछि जोखिमपूर्ण रूपमा सवारी साधन चलाइँदै। भीम/नागरिक
इलाम मेची क्षेत्रको ‘लाइफ लाइन’ मानिने मेची राजमार्गका केही खण्ड जोखिमपूर्ण बनेपछि इलाम बजारसहित तीन जिल्ला ‘टापु’ बन्ने खतरा बढेको छ। बर्खाको पानीले विशेषगरी मेची राजमार्गको इलाम नगरपालिका ९ स्थित राजदुवालीको करिब आधा किलोमिटर खण्ड पहिरो गएर र बगेर क्षतविक्षत छ। यहाँबाट गाडी पार हुन नसक्दा इलाम बजार, पाँचथर तथा ताप्लेजुङको यातायात सम्बन्ध टुट्छ।  




गत असोज १८ र १९ को भेलबाढीले यो खण्डमा ठूलो क्षति गरेको थियो। पोहोर सालको असोज १२ मुसलधारे पानीले पनि त्यही खण्डलाई धेरै कमजोर बनाएको थियो। यो साल बर्खा लाग्नेबित्तिकैदेखि राजदुवालीसहित इलाम नगरपालिका १ का मिल गोलाई र बञ्चरे गोलाईमा समेत सडक जोखिमपूर्ण छ। इलामकै रोङ गाउँपालिका ४, कोल्बुङको भिरमा माथिबाट पहिरो आउने अनि तलतिर सडक नै पहिरोले चुँडिएर जाने जोखिम छ। यहाँको एक खण्डमा भर्खरै लगाएको करिब २० मिटरको वाल २ दिनअघिको पहिरोसँगै झरिसकेको छ।  

वैकल्पिक सडकहरूको अवस्थासमेत बलियो नहुँदा मेची राजमार्गको तराईका जिल्लाबाट इलाम सदरमुकाम र पाँचथर–ताप्लेजुङ जोडिने मुख्य गौंडा (सडक) बन्दझैं छन्। वैकल्पिक भनिएको निर्माणाधीन केचना–कञ्चनजंघा मार्गका दुई खोलामा लगाइएको बेलीब्रिज बाढीले बगाएपछि सवारी साधन आउ–जाउ बन्द छ। राजदुवालीको विकल्प भनिएको सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत जोगमाई खोलाको ह्युम पाइप पनि बगेपछि असार दोस्रो साता नबित्दै इलाम सदरमुकाम सहज यातायात सम्बन्धबाट टाढा हुन थालेको छ।  

मेची राजमार्ग जोखिमपूर्ण

लगातारको पहिरोले क्षतविक्षत मेची राजमार्गको राजदुवाली खण्डको करिब आधा किलोमिटर सडकमा रातिको पानीले हिलो जमेको छ। पहिरो झर्ने खतरा बढेको छ। गत शुक्रबार बिहानै माथिबाट झरेको ठूलो ढुंगाले एउटा सवारी साधनमा क्षति गरेको थियो। अहिले यो मार्गमा साना गाडी चलिरहेका छन्। तर, ठूला सवारी साधन चलाउन ज्यादै सकस भएको छ। इलामतर्फ आउने राजमार्ग उकालो पर्ने तर यही ठाउँमा ठूलो पहिरो भएका कारण उक्लिन नसक्ने अवस्था भएको छ। जिल्ला प्रशासन कार्यालय र डिभिजन सडक कार्यालयले यो सडकमा राति ठूला सवारी साधन गुडाउन रोक लगाएका छन्।  

गत असोज र अघिल्लो वर्षको असोजको बाढी–पहिरोका कारण राजदुवालीको सडक क्षतविक्षत बनेपछि मर्मत भइरहेको छ। ‘खोलाबाटै पर्खाल उठाएर सडक अड्याउनुपर्ने अवस्था छ,’ सडक डिभिजन प्रमुख पवन भट्टराईले भने, ‘तर, अस्ति बिहीबार राति माइखोलामा आएको बाढीले सडक मर्मतको सामानसमेत बगाइदिएको छ। त्यसयता ढुक्कले काम गर्न पाइएको छैन। काम गर्नै पनि जोखिम छ।’  

बाढीले तारजाली, पाइप, केही मेसिन र अन्य सामग्री बगाइदिएको उनले जनाए। ‘राजदुवालाीबाट साना गाडी जसोतसो चलेका छन् तर वर्षाले मर्मतको काममा पूरै असर गरेको छ,’ प्रमुख भट्टराईले भने, ‘मौसम हेरेर मर्मतको काम निरन्तर भइरहेको छ।’ एक झर अलि ठूलो पानी परे सडक चटक्कै चुँडिने अवस्था छ अहिले पनि। मेची राजमार्गको यो ठाउँका ४ खण्ड एउटै पहिरोले निरन्तर बगिरहेको छ। भिरालो पाखामा गोलाई घुमाएर बनाइएको सडकमा माथिबाट ठूलो पहिरो झर्दा ४ खण्ड एकै तवरले क्षतिग्रस्त भएका छन्।  

राजदुवालीमा पानी पर्ने सिजन सुरु हुनुअगावै पुरानै ठेक्काको काम थालिएको थियो। त्यसअन्तर्गत सडक खण्डमा तारजाली र पर्खाल निर्माण हुँदैथियो। सडक डिभिजनले यहाँका भित्रभित्रै पानी बग्ने समस्या समाधान गर्न ‘ड्रिलिङ’ गरेर पाइप राखी पानी निकाल्ने प्रयत्न गरेको थियो।  

जति मर्मत गरेपनि सुधार नभएको भन्दै स्थानीय असन्तुष्ट छन्। चारैतर्फका सडक भरपर्दा नभएका कारण इलाम टापुमा परिणत हुने भन्दै इलामबासी चिन्तित छन्। ‘अब इलामलाई दुर्गम जिल्ला घोषणा गर्नुपर्छ,’ नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका स्थानीय धीरेन चेम्जोङले भने, ‘इलामजस्तो पर्यटकीय जिल्लाको सडक मर्मतमा किन पर्याप्त काम हुन सकिरहेको छैन? कसले दिन्छ जबाफ?’

मेची राजमार्गकै मिलगोलाई  बञ्चरेगोलाईमा वर्षाले पहिरो झर्दा कुन बेला गाडी रोकिने हो भन्ने टुंगो छैन। यो ठाउँबाट निकै खतरापूर्ण तबरले एकतर्फी रूपमा सवारी साधन चल्दैछन्। अझ ठूलो पानी परेमा यहाँ पनि अवरुद्ध हुने सम्भावना रहेको स्थानीय तथा इलाम नगरपालिका ४ का वडाध्यक्ष नुतनदेव दुलालले बताए।  

फास्ट ट्र्याक पूर्ण अवरुद्ध

झापाको केचनादेखि ताप्लेजुङको कञ्चनजंघा बेसक्याम्प पुग्ने केचना–कञ्चनजंघा मार्ग (इलाम–झापा फास्ट ट्र्याक) पनि पूर्ण रूपमा बन्द भएको छ। यो खण्डको माइखोला (बेलासे)को पक्की पुल गत असोज १८ रातिको वर्षाले भास्सिएपछि अहिले भास्सिएको भाग हटाएर पुलको आधा भागका बेली ब्रिज जडान गरिँदैछ। तर, बेली ब्रिज बनाउन तयार गर्दैगर्दा बाढीले बेस नै बगाएको स्थानीयले जनाएका छन्।  

स्थानीय सविन लोक्तामका अनुसार रातिको वर्षाले यहाँ निर्माणाधीन बेली ब्रिजको बेससमेत बगाएको छ। ‘यहाँ पटक–पटक बनाइएको डाइभर्सन बाढीले बगाइसकेको छ,’ उनले भने, ‘सबैभन्दा ठूलो समस्या चाहिँ खोला तर्न नसक्दा यहाँका बालबालिका स्कुल जान सकेका छैनन्।’ उनका अनुसार यहाँका १०–१२ बालबालिका पारिपट्टि रहेको जनता माविमा पढ्न जाने गरेका छन्। तर, खोलो तर्ने अवस्था नहुँदा र स्कुल गएका बेला ठूलो पानी परे घर फर्किने सम्भावना नहुने भएकाले उनीहरू घरमै बस्न बाध्य छन्।  

यही सडकको पुवाखोलाको नयाँ बेली ब्रिज असोज १८ को बाढीले बगाएको थियो। त्यसपछि काठको सानो फड्के बनाएर हिउँदभर साना सवारी र मान्छे हिँडडुल गर्ने गरिएको थियो। नजिकै ठूला गाडीका लागि डाइभर्सनसमेत बनाइएको थियो। तर, बिहीबार रातिको बाढीले यहाँको डाइसभर्सनसमेत बगाएपछि फास्ट ट्र्याकमा सवारी आउ–जाउ पूरै बन्द भएको डिभिजन प्रमुख भट्टराईले जानकारी दिए। पुवाखोलामा पुन: अर्काे बेली ब्रिजसमेत जडान गरिँदैछ।  

राजदुवालीको वैकल्पिक सडक पनि बन्द

बारम्बार पहिरो झरिरहने र मर्मत भइरहने राजदुवालीको मेची राजमार्गको विकल्प भनिएको सिमलगोलाई–जोगमाई–तिल्केनी सडकमा पनि अहिले गाडी चल्ने अवस्था छैन। यहाँ लगाएको अर्को नयाँ बेली ब्रिज पनि गत असोज १८ को बाढीले बगाएको थियो। त्यसपछि बनाइएको डाइभर्सनसमेत बाढीले बगाएको छ। अहिले खोलामा बाढी आएका कारण मान्छे हिँड्ने र सवारी साधन चल्ने अवस्था नरहेको स्थानीय तथा इलाम नगरपालिका १० का वडाध्यक्ष दिलीप प्रधानले जानकारी दिए। जोगमाई खोलामा पनि नयाँ बेली ब्रिज बन्नेक्रममा छ। तराईबाट इलाम आउन अरू कुनै भरपर्दाे सडक छैन। यी मुख्य सडकसमेत बर्खा सुरु हुँदै बन्द हुँदा अबका केही महिना इलाम, पाँचथर र ताप्लेजुङबासीले सास्ती खेप्नुपर्ने सम्भावना देखिएको छ।  

असोज १८ र १९ को बाढी–पहिरोले जिल्लामा १२ अर्ब रुपैयाँको भौतिक संरचना क्षति गर्दा सबैभन्दा बढी ७ अर्बका सडक र पुल नै थिए। ३९ जनाको मृत्यु हुनेगरी भएको घटनापछि इलामलाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त’ जिल्ला घोषणासमेत गरियो। तर, सरकारले समयमै बजेट व्यवस्था नगर्दा मर्मतमा ढिलाइ भएर बर्खा लागेपछि काम सुरु भएको  छ। भारतबाट बेली ब्रिज ल्याउनेक्रममा प्रक्रियागत ढिलाइका कारण २ सातासम्म नाकामै रोकिएका सामग्री करिब साताअघि ल्याइपुर्याइएको थियो।

‘अहिले एउटा बेली ब्रिजका लागि सामान आएकाले बेलासेको माइखोलामा सबैभन्दा पहिला जडान हुनेक्रमममा छ,’ डिभिजन प्रमुख भट्टराई भन्छन्, ‘समयमै बजेट र सामग्री व्यवस्था गरिएको भए समयमै काम सकिने थियो।’

गत पुसमा संघीय सरकारले बाढी–पहिरोले गरेको क्षतिमा मर्मत गर्न २ अर्ब १९ करोड रुपैयाँको स्रोत सुनिश्चित (सहमति) गरेको थियो। अर्थ मन्त्रालयले मेची राजमार्गका लागि डेढ अर्ब, मेची राजमार्गकै राजदुवाली पुलका लागि २० करोड, केचना–कञ्चनजंघा सडकका लागि १४ करोड, यही सडकअन्तर्गत माई खोलाको बेलासे पुलका लागि २५ करोड, पुवाखोला पुलका लागि ५ करोड र गोदकको सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत जोगमाई खोला पुलका लागि ५ करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो। यसमध्ये चालु आर्थिक वर्ष ५४ करोड रुपैयाँको काम हुनेछ अनुमान गरिएको सडक डिभिजनको भनाइ छ।

असोज १८ र १९ को बाढी–पहिरोले इलाममा  ३९ जनाको मृत्युसहित १ बेपत्ता, २६ घाइते, ४ सय ४९ परिवार विस्थापित, ८ सय २८ घरमा आंशिक क्षति र अर्बौंको भौतिक संरचना ध्वस्त भएको थियो। संघीय सरकारले गत भदौ २३ मा इलामलाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त’ घोषणा गरेको थियो। असोज २५ मा मन्त्री कुलमान घिसिङसमेत इलाम आएर पुनर्निर्माणको आश्वासन दिएका थिए।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
३ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस