महाशिवरात्रि सभ्य र भव्य बनाउन गुठी संस्थानको तयारी
२७ माघ २०८२
•
३ मिनेट पाठ
महाशिवरात्रि सभ्य र भव्य बनाउन गुठी संस्थानको तयारी
गुठी संस्थानले यस वर्षको महाशिवरात्रि पर्व परम्पराअनुसार पाँच दिनसम्म मनाउन अन्तिम तयारी भइरहेको छ।




संस्थानद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जनक पोखरेलले संस्थानले पशुपतिनाथको मन्दिर तथा देशका विभिन्न शिवालय नजिक रहेका अखडा (साधुसन्तको थलो) मा आगामी फागुन १ देखि ५ गतेसम्म भोजन, धुनी जगाउने दाउरा र दक्षिणाको व्यवस्थापन गर्ने बताए।

महाशिवरात्रि पर्वमा पशुपति क्षेत्रभित्रका विभिन्न मठ, मन्दिर तथा अखडाहरूमा गुठी संस्थान, शाखा कार्यालय पशुपति र थापाथलीका विभिन्न अखडामा संस्थानको काठमाडौं शाखाले प्रबन्ध मिलाउने उनले जानकारी दिए।

‘संस्थानको मुख्य काम परम्पराबमोजिम महाशिवरात्रि पर्वमा आउने साधुसन्तको सेवा गर्नु हो। जसमा साधुसन्तका लागि धुनी जगाउन आवश्यक पर्ने दाउरा र परम्पराबमोजिमको भोजन उपलब्ध गराउने तथा दक्षिणासहित बिदाइ गर्नुपर्ने हुन्छ, त्यसैको तयारी गरिरहेका छौं’, प्रवक्ता पोखरेलले भने।

कार्यक्रमअनुसार फागुन १ गते राष्ट्रप्रमुखका तर्फबाट साधुसन्तलाई अर्पण गरिने सामग्री सङ्कल्प गर्न राष्ट्रपति कार्यालय लगिनेछ।

ती सामग्रीमा राडी, च्यादर, बख्खु, चमर, कमण्डलु, घण्टी, लोटा, पीताम्वरी, रुद्राक्ष माला, बासमती चामल, मासको दाल, अप घ्यू, बेसार, जिरा, नुन, आलु, पालुङ्गो साग, दही, फलफूल, माला, सिदामा राख्ने सिक्का पैसा गरी जम्मा २१ प्रकारका सामग्री हुनेछन्।

फागुन २ गते मन्दिर परिसरमा उपस्थित साधुसन्तका लागि संस्थानले अन्नपूर्ण आश्रममार्फत भोजनको व्यवस्था गर्नेछ।

साथै, राजधानीमा साधुसन्त रहने अन्य अखडा, राममन्दिर, भष्मेश्वर अखडा, निर्मल अखडा, मृगस्थली गोरखनाथ अखडा, वनकाली अखडा तथा थापाथली क्षेत्रका वैरागी, उदासी, सन्यासी र गोरखनाथ अखडाहरुमा उपस्थित साधुसन्तलाई संस्थानले तोकेकोबमोजिम दाउरा तथा भोजनको व्यवस्था गरिनेछ।

फागुन ३ गते पर्वको मुख्य दिन संस्थानले पञ्चामृतसहित पूजा सामग्री पशुपतिनाथको मन्दिरमा अर्पण गर्ने र बेलुका पशुपतिनाथ मन्दिर वरिपरि बत्ती बाल्ने जानकारी पनि कार्यक्रममा दिइयो। सोही दिन पशुपति मन्दिर परिसरमा उपस्थित साधुसन्तलाई दही, फलफूल तथा धुनी बाल्नको लागि दाउरा उपलब्ध गराइनेछ।

शिवरात्रिको भोलिपल्ट फागुन ४ मा मन्दिर परिसर तथा अन्य अखडाहरूमा साधुसन्तलाई भोजन तथा धुनी ताप्नको लागि दाउराको व्यवस्था गरिने र फागुन ५ गते बिहान साधुसन्तलाई भोजन गराई तोकिएको दरअनुसार दक्षिणासहित बिदाइ गर्ने कार्यक्रम राखिएको पोखरेलले जानकारी दिए।

संस्थानले यस वर्ष पर्व सञ्चालनका लागि ३२ लाख र दाउरा खरिदका लागि आठ लाख व्यवस्था गरेको जानकारी दिइयो। गत वर्षको शिवरात्रिमा ५० हजार केजी दाउरा खर्च भएकाले सोही अनुपातमा यस वर्ष पनि व्यवस्था गरिएको प्रवक्ता पोखरेले बताए।

संस्थानका प्रशासक शैलेशराज कुँवरले गत वर्षको अनुभवका आधारमा यस वर्ष शिवरात्रिमा साधुसन्तहरुको व्यवस्थापन थप चुस्त बनाइने बताए।

संस्थानले महाशिवरात्रि पर्व, इन्द्रजात्रा, बिस्केट जात्रा, रातो तथा सेतो मच्छिन्द्रनाथको जात्रा, हाँडीगाउँ चोक्टेनारायणको जात्रा, जनकपुरको रामसीताको विवाह महोत्सव, रामनवमी महोत्सव, गोरखाको मनकामना पर्वलगायत राजगुठीका विभिन्न पर्वपूजा, जात्राहरू साविक परम्पराबमोजिम सञ्चालन गर्दै आएको छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस