तराईमा अपराधको बढ्दो त्रास, प्रहरी भन्छ ‘आत्तिनु’ पर्दैन
१५ भदौ २०८२
•
४ मिनेट पाठ
तराईमा अपराधको बढ्दो त्रास, प्रहरी भन्छ ‘आत्तिनु’ पर्दैन
नेपाल प्रहरीको अपराध तथ्याङ्कलाई केलाउने हो भने काठमाडौं उपत्यकापछि सबैभन्दा बढी मधेस प्रदेश देखिन्छ । अपराधका विविध श्रृंखलालाई हेर्ने हो भने कर्तव्य ज्यानका घट्नाहरु झन बढी रहेका छन् । अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा अपराधका घट्नाले सर्वसाधारणलाई समेत त्रसित बनाएको छ ।  




यही क्रममा २०८२ भदौ ८ गते बिहान रौतहटको गौर नगरपालिकाको वडा नं ९ मुडवलवा गेट नजिकै सडक किनारमा सुटकेशभित्र महिलाको शव भेटिएको सन्दर्भ हेर्ने हो भने अपराधमा युवा पुस्ताको संलग्नता यथावत् छ  । प्रेम सम्बन्धमा एक अर्काप्रतिको समर्पण अर्को कारण बन्दै गएको छ । रौतहटको त्यो घट्नालाई आधार मान्ने हो भने अपराध गरिसकेपछि अपराधीले आफै आत्मदाह गर्नुले कारणलाई समेत अनुसन्धान गर्नबाट रोक्ने अवस्था सिर्जना भएको छ । प्रहरीको अनुसन्धानपछि प्रेमी पुरुषले रौतहट माधव नारायण–६ माधोपुरकी ३० वर्षीया रुबी देवी साहको हत्या गरी शव सुटकेशमा हालेर  फालेको  पुष्टि हुन्छ।

अपराध गरिसकेपछि अपराधीले कतिसम्म गर्न सक्छ भन्ने अर्को तथ्य पनि सार्वजनिक हुन्छ । २४ घन्टा नबित्दै एक अधवैशे पुरुषको भिडियो सामाजिक सञ्जालभरि भाइरल भएपछि प्रहरीको ध्यान त्यता आकर्षित भयो। प्रहरीको अनुसन्धान पनि ती पुरुषमाथि केन्द्रीत भयो ।  ती पुरुषले भिडियोमा मृतक रुबी र आफू कक्षा १० पढ्दादेखि नै प्रेममा रहेको बताउँछन्। साथै उनले सर्लाही जिल्ला अदालत र भारतको सीतामढीस्थित अदालतमा प्रेम विवाह गरेको तर दुवै परिवारले उनीहरूको सम्बन्ध अस्वीकार गरेको जिकिर गर्छन्।

यसै क्रममा ती पुरुषले रुबीको हत्या आफैँले गरेको स्वीकार पनि गर्छन्। उनी भिडियोमा भन्छन्, ’रुबीलाई आमाले अरूसँग विवाह गराइन्, मसँग बस्न दिएनन्। अब म पनि बाँच्न चाहन्नँ।’ ती पुरुषले यति भन्दै आफैँमाथि आगो लगाएर आत्मदाह प्रयास गरे । प्रहरी पुग्दा उनी यस्तै अवस्थामा भेटिएका थिए। यसपछि प्रहरीले पासवानको उद्धार गरेर उपचारका लागि काठमाडौं ल्यायो । तर काठमाडाैं ल्याएको भोलिपल्ट नै अत्यधिक जलनका कारण भदौ ११ गते उनको ज्यान गयो ।

यो घटनाले फेरि पनि मधेस प्रदेशमा हुने कर्तव्य ज्यानका अपराधलाई डरलाग्दो रूपमा प्रस्तुत गरेको छ। मधेस प्रदेशमा हुने अपराधका यस्ता घटनाले सिङ्गो देशलाई नै त्रासमा राख्ने गरेको छ। तराईका आठ जिल्लामा हुने यस्ता धेरै अपराधहरू प्रेम, विवाह र दाइजो प्रथा प्रमुख कारण मानिन्छन्। तर पछिल्लो समय कर्तव्य ज्यानका घटनाका स्वरूप बदलिएको देखिन्छ। जसलाई प्रहरीले विभिन्न तरिकाबाट अनुसन्धान गर्दै आएको छ।  

एक सातामा तीन अपराध  

यही भदौ २ मा व्यापारी उपेन्द्रकुमार भगतको शव रहस्यमय अवस्थामा फेला परेको थियो। सप्तरी खडक नगरपालिका–७ निवासी व्यापारी भगतलाई आर्थिक लेनदेनको विवादपछि अपहरण गरी हत्या गरिएको थियो। खडक नगरपालिका–७ निवासी भगत गत असार २५ गतेदेखि बेपत्ता थिए। परिवारले आर्थिक लेनदेनको विवादमा अपहरणपछि हत्या भएको आरोप लगाएको छ। प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको छ। त्यसैगरी भदौ ४ मा गौर नगरपालिका ५ यमुनामाई गाउँपालिका–५ का अब्दुल लतिफ मियाको २२ वर्षीय छोरा सहाबुद्दीन मियाको हत्या भयो। मियालाई गौर नगरपालिका–३ का नन्दु रामका २० वर्षीय छोरा सनोज रामले चक्कु प्रहार गरी हत्या गरेका थिए। मिया र हत्या गर्ने राम दुवै जना लागुऔषध सेवनकर्ता भएको प्रहरीको अनुसन्धानले बताएको छ। पुनः एक साता नबित्दै रुबीको हत्याले मधेसमा नयाँ तरङ पैदा भएको छ।

माथि उल्लेख गरिएका कर्तव्य ज्यानका घटनाहरू प्रतिनिधि घटना मात्र हुन्। प्रहरीको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०८१/८२ मा मधेस प्रदेशमा कर्तव्य ज्यानका ९७ वटा घटनाहरू घटेका छन्। मधेसमा रहेका आठ जिल्लामा कर्तव्य ज्यानका ९७ घटना हुनुमा विविध कारणहरू रहेको प्रहरी बताउँछ। तर यसअघिका वर्षहरूमा भने कर्तव्य ज्यान अपराधका घटना धेरै भएको देखिन्छ। प्रहरीकै तथ्याङ्कलाई केलाउँदा आर्थिक वर्ष २०८०/८१ मा एक सय २७ वटा कर्तव्य ज्यानका घटना भएका थिए भने आर्थिक वर्ष २०७९/८० मा एक सय ८ वटा घटनाहरू घटेका थिए।

प्रहरीको तथ्याङ्क अनुसार विगतका आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा घटनाको संख्यामा कमी आए पनि घटनाको प्रकृति भने फरक हुँदै गएकाले अपराधको दायरा फराकिलो देखिएको प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्बेदीले बताएका छन्। ‘हाम्रो तथ्याङ्कलाई हेर्दा विगतका आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा आपराधिक घटना कम भएका छन्,’ उनले भने, ’हामीले यस्ता घटनाहरू कम गर्नका लागि प्रभावकारी अनुसन्धान, कारबाही तथा निगरानीमा भरपुर ध्यान दिएका छौँ।’  

कुनै समय धेरै पुरुषहरू अपराधमा संलग्न देखिए पनि अहिले महिलाहरूको संख्यामा वृद्धि भएको छ। जसका कारण सम्बन्धमा रहेका केटाकेटीले इमोशनल ब्याकमेल गर्दा अपराध बढेको डिआइजी चतुर्बेदी बताउँछन्। उनी भन्छन्, ’पहिलेका घटनामा केटा धेरै संलग्न देखिन्थे तर अहिलेका घटनामा महिलाहरूको समावेश पनि उत्तिकै भएको देखिन्छ।’  उनका अनुसार कर्तव्य ज्यानका घटना हुनुमा भावनात्मक रूपले कमजोर हुनु, विवाहहेत्तर सम्बन्ध बनाउनु, धेरै जनासँग सम्बन्ध कायम राख्नु तथा अत्यधिक आवेशमा आएर अपराध गर्नु हो।  

अपराधका प्रकृति र स्वरूप परिवर्तन भएसँगै प्रहरीले अपराध नियन्त्रण कार्य योजनामार्फत काम गर्दै आएको छ। प्रहरी प्रधान कार्यालय नक्सालबाट कार्य सम्पादन सम्झौता लागु भएसँगै अपराध न्यूनीकरण हुनेमा आशा गरिएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक चतुर्बेदीले बताए । ’क्राइम एक्सन प्लानअनुसार लामो समयदेखि काम गर्दै आएका छौँ। नेपाल प्रहरीको रणनीतिक कार्य योजना लागु गरेर अपराध न्यूनीकरणमा सहयोग हुन्छ,’ उनले भने।  यस्तै समाजलाई उत्तरदायी बनाउनु पर्ने, परामर्शदाताको सहयोग लिनुपर्ने, समाजमा रहेका स्टेक होल्डरहरूबाट नैतिकताको पाठ अगाडि बढाउनु पर्ने र अधिकारसँगै दायित्व पूरा गर्न सके अपराध कम हुन सक्ने उनको भनाइ छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस