अपाङ्गमैत्री भवन नहुँदा अपाङ्गता भएका व्यक्तिलाई सहज छैन सरकारी सेवा
०८ भदौ २०८२
•
३ मिनेट पाठ
अपाङ्गमैत्री भवन नहुँदा अपाङ्गता भएका व्यक्तिलाई सहज छैन सरकारी सेवा
सरकारी संरचना अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा लिन मुस्किल भएको छ । निर्माण सम्पन्न भई सञ्चालनमा रहेका भवनहरूबाट पनि सेवा लिन उनीहरुलाई गाह्रो भएको हो ।  




पछिल्लो समय बनेका केही भवनहरु लिफ्टसहित निर्माण हुँदै छन् । जिल्लामा जिल्ला अस्पताल बाहेक अन्य भवनमा हाल लिफ्ट छैन । लिफ्ट नहुँदा माथिल्लो तल्लामा पुगेर सेवा लिने सम्भावना अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष गरी ह्विलचियर प्रयोग गर्नेलाई त्यो सम्भव छैन । सरकारले भवन निर्माण गर्दा अपाङ्गमैत्री हुनुपर्ने प्रावधान राखेको भएपनि देखावटी मात्रै भएको र आफूहरूको लागि सहज नभएको अपाङ्गता भएका व्यक्तिहरूको भनाई छ । धेरैजसो कार्यालयका प्रमुखहरू माथिल्लो तल्लामा बस्ने भएकाले ह्विलचियर प्रयोग गर्नेका लागि त्यो सम्भव नभएको उनीहरूको गुनासो छ । 

सरकारी कार्यालयमा दैनिक रुपमा सेवा लिन आउने अपाङ्गता मैत्री नहुँदा सेवाबाटै वञ्चित हुनुपर्ने अवस्था छ। अपाङ्ग महिला सङ्घकी जिल्ला अध्यक्ष दिपा देवकोटाले भनिन्,'केही कार्यालयहरूले अपाङ्गतामैत्री बनाउन खोजेका छन्, तर त्यो पूर्ण मापदण्ड अनुसार छैन, जसले गर्दा हामीले सेवा लिन सक्ने अवस्था छैन ।'  पछिल्लो समयमा बनेका केही भवनमा अपाङ्गताको मापदण्ड अनुसार केही संरचना बनेको भएपनि त्यो उपयुक्त र प्रभावकारी नभएको जिल्लास्थित अपाङ्गता भएका व्यक्तिहरूको भनाई छ । जिल्ला अस्पताल सहित सबै प्रकारका सेवाग्राहीले भरिने स्थानीय तह लगायतका कार्यालयहरू अपाङ्गमैत्री नभएको उनीहरूको गुनासो छ ।  

जिल्लाका निर्माण सम्पन्न भएका भवन र निर्माणाधीन भवनहरु अपाङ्गमैत्री बनाउनुपर्ने माग सहित प्रमुख जिल्ला अधिकारी सहित जिल्लास्थित सरोकार राख्ने कार्यालयहरूमा अपाङ्ग महिला संघको नेतृत्वमा सबै कार्यालयलाई ध्यानाकर्षण गराइएको संघले जनाएको छ । 'सरकारी मापदण्ड छ, अपाङ्गमैत्री बनाउनु पर्छ भन्ने तर त्यो औपचारिकतामा मात्रै सीमित देखियो त्यसैले हामीले सबै कार्यालयलाई ध्यानाकर्षण गराएका छौ', अध्यक्ष देवकोटाले भनिन् । केही कार्यालयहरूले भुईँ तल्लामा ह्विलचियर पुग्न सक्ने गरी ¥याम बनाएको भएपनि माथिल्लो तल्लामा पुग्न सक्ने अवस्था हुँदैन । 

प्रायजसो कार्यालयका प्रमुखहरू माथिल्लो तल्लामै बस्ने व्यवस्था गरिएको हुन्छ जसको प्रत्यक्ष असर अपाङ्गता भएका समूहलाई परेको छ । सरकारको मापदण्ड भएपनि जिल्लाका सरकारी कार्यालयले औपचारिकतामा त्यही ¥याम बनाउने काम भन्दा बाहेक केही नगरेको उनीहरूको गुनासो छ ।  ¥याम मात्रै बनाएको भरमा अपाङ्गमैत्री भवन हुँदैन, नवज्योति बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय तामाङले भने, 'रङ कोण राखिएको छैन, अपाङगहरुले प्रयोग गर्न सक्ने शौचालय छैन, हेल्प डेक्स अग्ला छन्, होचा र ह्विलचियर प्रयोग गर्नेको पहुँचमा छैन बहिराहरूका लागि सहज छैन, त्यसैले कुनै पनि कार्यालय अपाङ्गमैत्री छैन।,'   

नयाँ निर्माण हुने संरचना अपाङ्गमैत्री नै बन्ने र पुराना भवनहरूलाई पनि क्रमशः सुधार गर्दै लैजाने योजना रहेको शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख दुर्गा घिमिरेको भनाई छ । अपाङ्ग महिला संघको टिम नै कार्यालयमा आएर ध्यानाकर्षण गराएको छ, हामी हाम्रो बजेट मापदण्डले भ्याएसम्मका संरचनामा पूर्ण अपाङ्गमैत्री भवन बनाउँदै जानेछौ उनले भने, अब बन्ने भवनहरूमा धेरै नै अपाङ्गमैत्री हुनेछ । सरकारले भवन निर्माण गर्दा सार्वजनिक र आवासीय भवनहरूलाई अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त भौतिक संरचना हुनुपर्ने उल्लेख गरेको छ । भवन निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिको पहुँचमा हुनेगरि कम्तीमा एक प्रवेशद्वार, रिसेप्सन क्षेत्र शौचालय लगायतका संरचना पहुँच योग्य हुनु आवश्यक छ ।  
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस