अविरल वर्षाले उदयपुरमा सडक अवरुद्ध हुनुका साथै कटान र डुबान समस्याले जिल्लावासी पिरोलिइरहँदा किसान भने हर्षित भएका छन्। लामो समयपछिको वर्षाले रोपाइँ गर्ने बाटो खुलेपछि एकातर्फ कहर आइलागे पनि अर्कातिर किसान हर्षित भएका हुन्। समयमा वर्षा नहुँदा किसानले रोपाइँ गर्न नपाएर चिन्तित बनेका थिए। असारभित्रै गरिसक्नुपर्ने रोपाइँ साउनमध्येसम्म पनि वर्षा नहुँदा आकाशे पानीका भरमा खेती गर्ने किसानलाई आउँदो वर्ष भोकै पर्ने चिन्ता थियो।
गत वर्ष यो बेलासम्म रोपाइँ भइसकेको थियो। यस वर्ष भर्खर ८५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ। ज्ञान केन्द्र प्रमुख योगेन्द्रप्रसाद यादवका अनुसार गएको तीन दिनमा २० प्रतिशत रोपाइँ बढेको छ। शुक्रबारसम्म ६५ प्रतिशत रोपाइँ भइरहेकोमा शनिबार राति घनघोर वर्षा भएपछि बितेको तीन दिनको अवधिमा बढेर ८५ प्रतिशत रोपाइँ भएको हाकिम यादवले बताए।
‘साउन सुरु हुँदासम्म उदयपुरमा ४४ प्रतिशत मात्र रोपाइँ भइरहेको थियो। दोस्रो सातासम्म बल्ल ६५ प्रतिशत पुगेको थियो’, यादवले भने, ‘तर तीन दिनअघिदेखि भारी वर्षा भइरहेकाले ह्वात्तै बढेर ८५ प्रतिशत पुगिसक्यो।’ यही रफ्तारले हो भने अबको साता दिनभित्र शतप्रतिशत रोपाइँ भइसक्ने अनुमान यादवको छ। उनले भने, ‘यही गतिमा रोपाइँ हुने हो भने बाँकी १५ प्रतिशत सक्न साता दिन काफी हुन्छ भन्ने लाग्छ।’
उदयपुरमा अधिकांश धान खेती आकाशे पानीका भरमा लगाइँदै आएको छ। सिँचाइ सुविधाको अभावमा आकाशे पानीका भरमा खेती गर्नुपर्ने बाध्यता किसानलाई परेको हो। यसरी आकाशे पानीका भरमा गर्नुपर्ने रोपाइँका लागि वर्षा अनिवार्य हुनुपर्नेमा समयमा नहुँदा रोपाइँ गर्न नपाएर यस वर्ष किसान धेरै चिन्तित थिए।
राज्यसँग पहुँच भएका किसान सरकारी अनुदानको बोरिङ र यन्त्र उपकरण लिएर रोपाइँ गर्ने गरे पनि विपन्न र गरिब किसान त्यस्तो सुविधाबाट वञ्चित भएर आकाशे पानीको भर पर्नुपर्ने समस्या छ। बोरिङ सुविधा भएकालाई भूमिगत पानी तानेर सिँचाइ गर्दै रोपाइँ गर्ने गरेका छन् तर यसरी रोपाइँ गर्ने किसान सीमित छन्।
समयमा वर्षा नहुँदा आगामी वर्ष धान उत्पादन घट्ने किसानको चिन्ता छ, तर हाकिम यादवले भने साउनभर रोपाइँ सकियो भने खासै उत्पादन नघट्ने अनुमान गर्छन्। सकेसम्म साउन पहिलो वा दोस्रो साताभित्र रोपाइँ गर्न पाए उत्पादन राम्रो हुने भए पनि तेस्रो सातासम्ममा गरेको रोपाइँले पनि उत्पादन राम्रै दिने उनी बताउँछन्।
कृषि ज्ञान केन्द्रका अनुसार पछिल्लो वर्षदेखि धान खेतीको जमिन र उत्पादन दुवै बढ्दै गएको छ। केन्द्रका अनुसार गत वर्ष १२ हजार सात सय ९४ हेक्टरमा धान खेती लगाइएको थियो। यसमा प्रतिहेक्टर ४.५ मेट्रिक टनका दरले ५७ हजार पाँच सय ७३ मेट्रिक टन धान उत्पादन भएको थियो। अघिल्लो वर्ष शून्य दशमलव पाँच प्रतिशत अर्थात् दुई हेक्टर कम क्षेत्रफल जमिनमा धान खेती लगाइएको थियो।
त्यसैगरी उत्पादन पनि सो वर्ष प्रतिहेक्टर चार मेट्रिक टनका दरले मात्र ५१ हजार एक सय ६८ मेट्रिक टन अर्थात् ६ हजार चार सय पाँच मेट्रिक टन धान फलेको ज्ञान केन्द्रले जनाएको छ। उदयपुरमा भूगोल र हावापानीअनुसार फरक–फरक ठाउँमा फरक–फरक प्रजातिका धान खेती लगाउने गरिएको छ, जसअनुसार रञ्जित, राधा– १२, हर्दिना, मन्सुली, सभामन्सुली र लल्का बासमती प्रजातिका धान लगाउने गरिएको छ। तराई र भित्री मधेस क्षेत्र धानखेतीको ‘अन्नभण्डार’ रहँदै आएको छ। पहाडी भेगमा भने सिँचाइ सुविधा भएको बेंसी र खोलाखोल्सीमा मात्र धान खेती हुने गरेको छ, तर तराई र समथर भेगमा भने आकाशे पानीका भरमा मात्र धानखेती लगाउने गरिएको छ।
त्रियुगा नगरपालिकाका १६ वडामध्ये पहाडी भेगका १४, १५ र १६ मा सिँचाइ सुविधा पुगेको ठाउँमा मात्र धान खेती हुन्छ भने बाँकी १ देखि १३ सम्मका वडा समथर भएकाले प्रशस्तै धान फल्छ। ती वडामा सिँचाइ सुविधा नपुगेका ठाउँमा पनि आकाशे पानीको सहायताले धान उत्पादन राम्रै हुने गरेको छ।
सदरमुकाम आसपास त्रियुगा नदी, बरुवा, कङ, लुहाले, ठाडी, सरस्वती, शाही, असारी खोलाको पानी धान खेतीका लागि उपयोग हुँदै आएको छ। कटारी नगर क्षेत्र समथर क्षेत्रमा तावा, ककरु, कमला, वैजनाथ मौवासी खोलाको पानीबाट सिँचाइ गरेर धान रोप्ने गरिएको छ। कटारीका ८ देखि १४ सम्मका पहाडी वडामा भने सिँचाइ पुगेको ठाउँ मात्र धान बाली लगाइन्छ। यता चौदण्डीगढी नगरमा द्वार खोला, लामा खोला, छाउरी खोलाको पानी धान खेतीमा प्रयोग गरिँदै आएको छ।
बेलका नगरका किसानले काली, सेती, गिनेरी डुडिया खोलाको पानी उपयोग गर्दै धान फलाउने गरेका छन्, तर त्रियुगामा जस्तै कटारी, चौदण्डीगढी र बेलका नगरका ६० प्रतिशतभन्दा बढी जमिनमा भने सिँचाइ सुविधा नभएका कारण आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता छ। जिल्लाको पहाडी भेगका रौतामाई, ताप्ली, उदयपुरगढी र लिमचुङबुङ गाउँपालिकामा भने सिँचाइ सुविधा पुगेको ठाउँ मात्र धान बाली फल्छ। ती स्थानीय तहमा पर्याप्त सिँचाइ सुविधा नपुगेका कारण उर्वर जमिन भए पनि धान उत्पादन गर्न नसकिएको किसान बताउँछन्।