फागुन २१ दलहरूको अग्निपरीक्षा
१७ फागुन २०८२
•
६ मिनेट पाठ
फागुन २१ दलहरूको अग्निपरीक्षा
फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन नेपाली राजनीतिका लागि सामान्य आवधिक चुनाव मात्र होइन, दलहरूको एजेन्डा, नेतृत्व र अस्तित्वको अग्निपरीक्षा बनेको छ। विगतका निर्वाचनमा जस्तै यसपटक पनि सत्ता–प्रतिस्पर्धा त छँदैछ, तर मनोदशाको तहमा हेर्दा राजनीतिक परिदृश्य निकै फरक देखिन्छ। अघिल्ला चुनावमा दलहरूले सङ्घीयता, गणतन्त्रको संस्थागतकरण, संविधान कार्यान्वयन, समावेशिताजस्ता मूल राजनीतिक मुद्दालाई केन्द्रमा राख्ने गरेका थिए। तर यसपटक अधिकांश दलहरू स्थानीय तह निर्वाचनको शैलीमा विकास, पूर्वाधार, रोजगारी र सेवा प्रवाहका एजेन्डामा बढी केन्द्रित देखिन्छन्।




राजनीतिक दलहरुमा आएको यो परिवर्तन आफैँमा अर्थपूर्ण छ। एकातिर राजनीतिक एजेन्डा कमजोर भएको सङ्केत हो भने अर्कातिर जनताको प्राथमिकता बदलिएको यथार्थ पनि हो। विशेषतः गत भदौ २३ र २४ मा भएको ‘जेनजी विद्रोह’ भनेर व्याख्या गरिएको युवा असन्तुष्टिले दलहरूलाई आफ्नो भाष्य परिवर्तन गर्न बाध्य बनाएको छ। परम्परागत नाराभन्दा परिणाममुखी कार्यक्रम प्रस्तुत गर्नुपर्ने दबाब यसपटक सबै दलले महसूस गरेका छन्। यस निर्वाचनको सबैभन्दा ठूलो मनोवैज्ञानिक पाटो जेनजी पुस्ताको असन्तुष्टि हो। सामाजिक सञ्जालमार्फत व्यक्त भएको आक्रोश, स्थापित नेतृत्वप्रति अविश्वास र वैकल्पिक राजनीतिक संस्कारको मागले पुराना दलहरूको आत्मविश्वास हल्लाएको छ।

यस निर्वाचनमा राजनीतिक पार्टीहरुले सार्वजनिक गरेका घोषणापत्रहरू नियाल्दा स्पष्ट हुन्छ, त्यहाँ धेरै डर र थोरै आशाको प्रतिविम्ब देखिन्छ। भ्रष्टाचारविरुद्ध कठोर कदम, युवालाई नेतृत्वमा ल्याउने प्रतिबद्धता, पारदर्शिता र डिजिटल शासनका बाचा–यी सबै जेनजीलाई सम्बोधन गर्ने प्रयास हुन्। तर यी प्रतिवद्धताहरुमा पुरानो राजनीतिक संस्कारबाट पूर्ण विच्छेद भएको भने देखिँदैन। नयाँ भनिएका दलहरू पनि यस मनोदशाबाट मुक्त छैनन्। जेनजी विद्रोहको भावनालाई नारामा प्रयोग गरे पनि प्रत्यक्ष रूपमा विद्रोही युवालाई नेतृत्व तहमा समावेश गर्न नसक्दा ती दलहरू ‘हात्तीका देखाउने दाँत’जस्ता देखिएका छन् भन्ने धेरैको विश्लेषण रहेको छ। संरचना र नेतृत्वको तहमा पुरानै शैली दोहोरिएको छ।

पुराना दलमध्ये जेनजी आन्दोलनका बेला सत्ताको साझेदार दल तथा तत्कालीन प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस विशेष महाधिवेशनपछि नयाँ नेतृत्वमा केन्द्रित देखिएको छ। औपचारिक रूपमा पुस्तान्तरण र सङ्गठन पुनर्संरचनाको सन्देश दिएको कांग्रेसले आफूलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ। विशेषगरी सभापति गगन थापाको सक्रियताले कांग्रेसभित्र ऊर्जा थपिएको देखिन्छ। थापाले युवामैत्री छवि निर्माण गर्दै कांग्रेसलाई पुरानो लोकतान्त्रिक विरासत फर्काउने कसरतमा दौडाइरहेका छन्। नीति, सुशासन र संस्थागत सुधारको भाष्यमार्फत कांग्रेसलाई वैचारिक रूपमा पुनस्र्थापित गर्ने प्रयास भइरहेको छ। गुटगत प्रतिस्पर्धा, टिकट वितरणको केही असन्तोष र नेतृत्वको हस्तान्तरणमा अपूर्णता कांग्रेसको चुनौती बनेको छ। जेनजी विद्रोहप्रति सहानुभूति देखाए पनि त्यसलाई पूर्ण रूपमा आत्मसात् गर्ने हिम्मत कांग्रेसले अझै देखाउन बाँकी छ।

जेनजी आन्दोलनअघि सत्ताको नेतृत्व गरेको नेकपा (एमाले) यसपटक रक्षात्मक भूमिकामा रहेको देखिन्छ। निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै निर्वाचन क्षेत्र केन्द्रित प्रचारले राष्ट्रिय अभियानलाई प्रभावित बनाएको छ। उहाँ झापा–५ मा केन्द्रित हुँदा देशव्यापी प्रचार पनि प्रभावकारी बन्न नसकेको सोही पार्टीका नेता, कार्यकर्ताको भनाइ रहेको छ। एमालेले राष्ट्रियताको पक्षमा विगतमा देखाएको अडानले उसलाई केही राहत दिएको छ।

गणतन्त्र स्थापना अभियानको प्रमुख हिस्सेदारमध्ये एक तत्कालीन माओवादी धारको निरन्तरतामा बनेको तथा दुई दर्जन बढी कम्युनिस्ट घटक र समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी यसपटक तुलनात्मक रूपमा सुदृढ, एकताबद्व र राजनीतिक एजेन्डासहित मैदानमा उत्रिएको देखिन्छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टीले राष्ट्रिय स्वाधीनता, संविधान रक्षा र कार्यान्वयन, सुशासन र उत्पादन र उत्पादकत्व वृद्विमार्फत समृद्धिलाई प्रमुख मुद्दा बनाएको छ। विगतमा गठबन्धनका कारण सीमित क्षेत्रमा मात्रै उम्मेदवारी दिने गरेको यस दलले यसपटक १६४ स्थानमा एकल उम्मेदवारी दिएको कारण मत बढ्ने र राम्रै नतिजा ल्याउने आत्मविश्वाससहित अगाडि बढेको भएतापनि सबै पुराना दल र नेता उस्तै हुन् भन्ने भाष्य चिर्नु उसको लागि चुनौती बनेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई नयाँ राजनीतिक विकल्पका रूपमा प्रस्तुत गरेको छ। तर यसअघि संसद् र सरकारमा सहभागिता जनाइसकेको तथ्यले ‘पूर्ण नयाँ’ दाबीमाथि प्रश्न उठेको छ। नेतृत्वमाथि सहकारी ठगीलगायत विभिन्न आरोप, अदालती झमेलाहरू, उम्मेदवार चयनमा चलखेलको चर्चा र केही उम्मेदवारमाथि लागेको आरोपले जनस्तरमा आलोचना निम्त्याएको छ। रास्वपाले सेलिब्रेटी उम्मेदवार र वैकल्पिक छविको प्रयोगमार्फत पार्टीले मतदाता आकर्षित गर्ने प्रयास गरिरहेको छ। दुई तिहाइ बहुमतको आह्वान गर्दै चुनावी दौडमा रहेको रास्वपाको घोषणापत्र हेर्दा स्पष्ट राजनीतिक वैचारिक रूपरेखा भन्दा प्रदेश र जिल्लापिच्छे फरक–फरक विकास योजना प्रस्तुत गरिएको देखिन्छ। जेनजी मतदातामाझ प्रभाव देखिएको भए पनि ठोस वैचारिक आधार नदेखिँदा दीर्घकालीन स्थायित्वबारे प्रश्न उठिरहेका छन्।  

अन्य साना दल र मधेसवादी दलहरू पनि स्पष्ट राजनीतिक एजेन्डा र नेतृत्वको स्पष्ट भिजनसहित प्रस्तुत नहुनु तथा नव युवाको आकर्षण नदेखिँदा विगतको विरासत गुम्ने चुनौतीमा रहेका छन्। राजतन्त्रको पुनःस्थापना सहितको एजेन्डामा अगाडि आएको राप्रपा अस्तित्व कायम राख्ने दौडमा छ। समग्रमा फागुन २१ को प्रतिनिधिसभा चुनाव पुराना र नयाँ सबै दलहरूका लागि जीवनमरणको निर्णायक मोड बनेको छ। यो निर्वाचन कांग्रेसका लागि नयाँ नेतृत्वलाई स्थायित्व दिने परीक्षा, एमालेका लागि आत्मालोचना र पुनर्संरचनाको चुनौती, नेकपाका लागि वैकल्पिक राजनीतिक शक्ति साबित गर्ने अवसर र रास्वपाका लागि ‘नयाँपन’ प्रमाणित गर्ने कसौटी बनेको छ।

विसं २०७२ सालमा नयाँ संविधान जारी भएपछि सम्पन्न आवधिक निर्वाचनमा प्रमुख राजनीतिक दलले नै गठबन्धन र तालमेल गर्दै सत्तामा पुगेका थिए। सत्तामा जान सिद्धान्त र विचार नमिल्नेसँग पनि गठबन्धन गरी चुनाव जित्ने वा चुनावलाई आफ्नो पक्षमा बनाउने कार्य यसपटकको निर्वाचनमा नहुने भएको छ। यसले गर्दा दलहरूको वास्तविक हैसियत यस पटकको चुनावमा प्रष्ट देखिनेछ। आम मतदाताले आफूलाई मन परेको दलको उम्मेदवारलाई भोट हाल्न पाउने छन्। विगतमा मतदाताले आफूले रोजेको र खोजेको पार्टी र उम्मेदवारलाई भोट हाल्न नपाउँदा एक किसिमको असन्तुष्टिको अवस्था थियो। मतदाताले आफ्नो विवेकसहित इच्छाएको पार्टीको उम्मेदवारलाई मत दिन पाउने भएसँगै नयाँ उत्साह थपिएको छ। यस पटकको निर्वाचनमा सबै दलको साङ्गठनिक शक्ति र जनविश्वास परीक्षण हुने भएकाले आम मतदाताको विश्वास जित्न निकै मेहनत गर्नुपर्ने अवस्था छ।

यस निर्वाचनले केबल संसद्को अङ्कगणित मात्र तय गर्ने छैनस नेपाली राजनीतिमा पुस्तान्तरण, वैचारिक स्पष्टता र लोकतान्त्रिक संस्कारको भविष्य पनि निर्धारण गर्नेछ। डर, आशा, आक्रोश र अपेक्षाबीच नेपाली मतदाता अन्ततः कसलाई भरोसा गर्ने भन्ने निर्णयको घडीमा रहेका छन्। यतिबेला मतदाताले विवेक गुमाउनु हुँदैन। हत्या र बिध्वंस पुनः दोहोरिन नदिन र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यतिबेला एक मत निर्णायक बन्न सक्छ। त्यसैले मतदाताले पनि एकपटक टक्क अडिएर सोच्न र सही दल र उमेदवारलाई मत दिन अनिवार्य देखिएको छ। यस अर्थमा फागुन २१ को निर्वाचन दलहरूको मात्र होइन, मतदाता र समग्र लोकतान्त्रिक यात्राकै पनि अग्निपरीक्षाको रूपमा लिन सकिन्छ। रासस
अर्को समाचार
फागुन २१ दलहरूको अग्निपरीक्षा
१७ फागुन २०८२
•
६ मिनेट पाठ
फागुन २१ दलहरूको अग्निपरीक्षा
सन्तोष पौडेल




फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन नेपाली राजनीतिका लागि सामान्य आवधिक चुनाव मात्र होइन, दलहरूको एजेन्डा, नेतृत्व र अस्तित्वको अग्निपरीक्षा बनेको छ । विगतका निर्वाचनमा जस्तै यसपटक पनि सत्ता–प्रतिस्पर्धा त छँदैछ, तर मनोदशाको तहमा हेर्दा राजनीतिक परिदृश्य निकै फरक देखिन्छ । अघिल्ला चुनावमा दलहरूले सङ्घीयता, गणतन्त्रको संस्थागतकरण, संविधान कार्यान्वयन, समावेशिताजस्ता मूल राजनीतिक मुद्दालाई केन्द्रमा राख्ने गरेका थिए । तर यसपटक अधिकांश दलहरू स्थानीय तह निर्वाचनको शैलीमा विकास, पूर्वाधार, रोजगारी र सेवा प्रवाहका एजेन्डामा बढी केन्द्रित देखिन्छन् ।

राजनीतिक दलहरुमा आएको यो परिवर्तन आफैँमा अर्थपूर्ण छ । एकातिर राजनीतिक एजेन्डा कमजोर भएको सङ्केत हो भने अर्कातिर जनताको प्राथमिकता बदलिएको यथार्थ पनि हो । विशेषतः गत भदौ २३ र २४ मा भएको ‘जेनजी विद्रोह’ भनेर व्याख्या गरिएको युवा असन्तुष्टिले दलहरूलाई आफ्नो भाष्य परिवर्तन गर्न बाध्य बनाएको छ । परम्परागत नाराभन्दा परिणाममुखी कार्यक्रम प्रस्तुत गर्नुपर्ने दबाब यसपटक सबै दलले महसूस गरेका छन् । यस निर्वाचनको सबैभन्दा ठूलो मनोवैज्ञानिक पाटो जेनजी पुस्ताको असन्तुष्टि हो । सामाजिक सञ्जालमार्फत व्यक्त भएको आक्रोश, स्थापित नेतृत्वप्रति अविश्वास र वैकल्पिक राजनीतिक संस्कारको मागले पुराना दलहरूको आत्मविश्वास हल्लाएको छ ।

यस निर्वाचनमा राजनीतिक पार्टीहरुले सार्वजनिक गरेका घोषणापत्रहरू नियाल्दा स्पष्ट हुन्छ, त्यहाँ धेरै डर र थोरै आशाको प्रतिविम्ब देखिन्छ । भ्रष्टाचारविरुद्ध कठोर कदम, युवालाई नेतृत्वमा ल्याउने प्रतिबद्धता, पारदर्शिता र डिजिटल शासनका बाचा–यी सबै जेनजीलाई सम्बोधन गर्ने प्रयास हुन् । तर यी प्रतिवद्धताहरुमा पुरानो राजनीतिक संस्कारबाट पूर्ण विच्छेद भएको भने देखिँदैन । नयाँ भनिएका दलहरू पनि यस मनोदशाबाट मुक्त छैनन् । जेनजी विद्रोहको भावनालाई नारामा प्रयोग गरे पनि प्रत्यक्ष रूपमा विद्रोही युवालाई नेतृत्व तहमा समावेश गर्न नसक्दा ती दलहरू ‘हात्तीका देखाउने दाँत’जस्ता देखिएका छन् भन्ने धेरैको विश्लेषण रहेको छ । संरचना र नेतृत्वको तहमा पुरानै शैली दोहोरिएको छ ।

पुराना दलमध्ये जेनजी आन्दोलनका बेला सत्ताको साझेदार दल तथा तत्कालीन प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस विशेष महाधिवेशनपछि नयाँ नेतृत्वमा केन्द्रित देखिएको छ । औपचारिक रूपमा पुस्तान्तरण र सङ्गठन पुनर्संरचनाको सन्देश दिएको कांग्रेसले आफूलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ । विशेषगरी सभापति गगन थापाको सक्रियताले कांग्रेसभित्र ऊर्जा थपिएको देखिन्छ । थापाले युवामैत्री छवि निर्माण गर्दै कांग्रेसलाई पुरानो लोकतान्त्रिक विरासत फर्काउने कसरतमा दौडाइरहेका छन् । नीति, सुशासन र संस्थागत सुधारको भाष्यमार्फत कांग्रेसलाई वैचारिक रूपमा पुनस्र्थापित गर्ने प्रयास भइरहेको छ । गुटगत प्रतिस्पर्धा, टिकट वितरणको केही असन्तोष र नेतृत्वको हस्तान्तरणमा अपूर्णता कांग्रेसको चुनौती बनेको छ । जेनजी विद्रोहप्रति सहानुभूति देखाए पनि त्यसलाई पूर्ण रूपमा आत्मसात् गर्ने हिम्मत कांग्रेसले अझै देखाउन बाँकी छ ।

जेनजी आन्दोलनअघि सत्ताको नेतृत्व गरेको नेकपा (एमाले) यसपटक रक्षात्मक भूमिकामा रहेको देखिन्छ । निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै निर्वाचन क्षेत्र केन्द्रित प्रचारले राष्ट्रिय अभियानलाई प्रभावित बनाएको छ । उहाँ झापा–५ मा केन्द्रित हुँदा देशव्यापी प्रचार पनि प्रभावकारी बन्न नसकेको सोही पार्टीका नेता, कार्यकर्ताको भनाइ रहेको छ । एमालेले राष्ट्रियताको पक्षमा विगतमा देखाएको अडानले उसलाई केही राहत दिएको छ ।

गणतन्त्र स्थापना अभियानको प्रमुख हिस्सेदारमध्ये एक तत्कालीन माओवादी धारको निरन्तरतामा बनेको तथा दुई दर्जन बढी कम्युनिस्ट घटक र समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी यसपटक तुलनात्मक रूपमा सुदृढ, एकताबद्व र राजनीतिक एजेन्डासहित मैदानमा उत्रिएको देखिन्छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टीले राष्ट्रिय स्वाधीनता, संविधान रक्षा र कार्यान्वयन, सुशासन र उत्पादन र उत्पादकत्व वृद्विमार्फत समृद्धिलाई प्रमुख मुद्दा बनाएको छ । विगतमा गठबन्धनका कारण सीमित क्षेत्रमा मात्रै उम्मेदवारी दिने गरेको यस दलले यसपटक १६४ स्थानमा एकल उम्मेदवारी दिएको कारण मत बढ्ने र राम्रै नतिजा ल्याउने आत्मविश्वाससहित अगाडि बढेको भएतापनि सबै पुराना दल र नेता उस्तै हुन् भन्ने भाष्य चिर्नु उसको लागि चुनौती बनेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई नयाँ राजनीतिक विकल्पका रूपमा प्रस्तुत गरेको छ । तर यसअघि संसद् र सरकारमा सहभागिता जनाइसकेको तथ्यले ‘पूर्ण नयाँ’ दाबीमाथि प्रश्न उठेको छ । नेतृत्वमाथि सहकारी ठगीलगायत विभिन्न आरोप, अदालती झमेलाहरू, उम्मेदवार चयनमा चलखेलको चर्चा र केही उम्मेदवारमाथि लागेको आरोपले जनस्तरमा आलोचना निम्त्याएको छ । रास्वपाले सेलिब्रेटी उम्मेदवार र वैकल्पिक छविको प्रयोगमार्फत पार्टीले मतदाता आकर्षित गर्ने प्रयास गरिरहेको छ । दुई तिहाइ बहुमतको आह्वान गर्दै चुनावी दौडमा रहेको रास्वपाको घोषणापत्र हेर्दा स्पष्ट राजनीतिक वैचारिक रूपरेखा भन्दा प्रदेश र जिल्लापिच्छे फरक–फरक विकास योजना प्रस्तुत गरिएको देखिन्छ । जेनजी मतदातामाझ प्रभाव देखिएको भए पनि ठोस वैचारिक आधार नदेखिँदा दीर्घकालीन स्थायित्वबारे प्रश्न उठिरहेका छन् ।  

अन्य साना दल र मधेसवादी दलहरू पनि स्पष्ट राजनीतिक एजेन्डा र नेतृत्वको स्पष्ट भिजनसहित प्रस्तुत नहुनु तथा नव युवाको आकर्षण नदेखिँदा विगतको विरासत गुम्ने चुनौतीमा रहेका छन् । राजतन्त्रको पुनःस्थापना सहितको एजेन्डामा अगाडि आएको राप्रपा अस्तित्व कायम राख्ने दौडमा छ । समग्रमा फागुन २१ को प्रतिनिधिसभा चुनाव पुराना र नयाँ सबै दलहरूका लागि जीवनमरणको निर्णायक मोड बनेको छ । यो निर्वाचन कांग्रेसका लागि नयाँ नेतृत्वलाई स्थायित्व दिने परीक्षा, एमालेका लागि आत्मालोचना र पुनर्संरचनाको चुनौती, नेकपाका लागि वैकल्पिक राजनीतिक शक्ति साबित गर्ने अवसर र रास्वपाका लागि ‘नयाँपन’ प्रमाणित गर्ने कसौटी बनेको छ ।

विसं २०७२ सालमा नयाँ संविधान जारी भएपछि सम्पन्न आवधिक निर्वाचनमा प्रमुख राजनीतिक दलले नै गठबन्धन र तालमेल गर्दै सत्तामा पुगेका थिए । सत्तामा जान सिद्धान्त र विचार नमिल्नेसँग पनि गठबन्धन गरी चुनाव जित्ने वा चुनावलाई आफ्नो पक्षमा बनाउने कार्य यसपटकको निर्वाचनमा नहुने भएको छ । यसले गर्दा दलहरूको वास्तविक हैसियत यस पटकको चुनावमा प्रष्ट देखिनेछ । आम मतदाताले आफूलाई मन परेको दलको उम्मेदवारलाई भोट हाल्न पाउने छन् । विगतमा मतदाताले आफूले रोजेको र खोजेको पार्टी र उम्मेदवारलाई भोट हाल्न नपाउँदा एक किसिमको असन्तुष्टिको अवस्था थियो । मतदाताले आफ्नो विवेकसहित इच्छाएको पार्टीको उम्मेदवारलाई मत दिन पाउने भएसँगै नयाँ उत्साह थपिएको छ । यस पटकको निर्वाचनमा सबै दलको साङ्गठनिक शक्ति र जनविश्वास परीक्षण हुने भएकाले आम मतदाताको विश्वास जित्न निकै मेहनत गर्नुपर्ने अवस्था छ ।

यस निर्वाचनले केबल संसद्को अङ्कगणित मात्र तय गर्ने छैन; नेपाली राजनीतिमा पुस्तान्तरण, वैचारिक स्पष्टता र लोकतान्त्रिक संस्कारको भविष्य पनि निर्धारण गर्नेछ । डर, आशा, आक्रोश र अपेक्षाबीच नेपाली मतदाता अन्ततः कसलाई भरोसा गर्ने भन्ने निर्णयको घडीमा रहेका छन् । यतिबेला मतदाताले विवेक गुमाउनु हुँदैन । हत्या र बिध्वंस पुनः दोहोरिन नदिन र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यतिबेला एक मत निर्णायक बन्न सक्छ । त्यसैले मतदाताले पनि एकपटक टक्क अडिएर सोच्न र सही दल र उमेदवारलाई मत दिन अनिवार्य देखिएको छ । यस अर्थमा फागुन २१ को निर्वाचन दलहरूको मात्र होइन, मतदाता र समग्र लोकतान्त्रिक यात्राकै पनि अग्निपरीक्षाको रूपमा लिन सकिन्छ । 
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस