करेन्ट लागेर वृद्धको निधन
२८ भदौ २०८३
•
१ मिनेट पाठ
करेन्ट लागेर वृद्धको निधन
यहाँका एक वृद्धको आइतबार विहान विद्युतीय झट्का (करेन्ट) लागेर निधन भएको छ। जिल्लाको चौदण्डीगढी नगरापलिका-५ सुन्दरपुर शिवाईका ६६ वर्षीय शुकदेव चौधरीको करेन्ट लागेर निधन भएको स्थानीयले बताएका छन्।




स्थानीय शिक्षक भास्कर चौधरीका अनुसार विहान मोटर जडान गरेको ठाउँमा वृद्ध चौधरी मृत भेटिएका हुन्। शिवाई चोक नजिकै घर भएका चौधरी मोटरको पानीमा हात मुख धुने क्रममा करेन्ट लाग्दा घट्ना भएको अनुमान गरिएको छ।

शिक्षक चौधरीका अनुसार दुई छोरा छुट्टिएर बसेकाले घरमा वृद्ध श्रीमान् श्रीमती मात्र बस्दै आएका थिए। श्रीमती बिरामी भएकाले उपचार गराउन अस्पताल जाने तयारीमा रहेको बताइएको छ। 'बेलैमा खाना पकाएर अस्पताल जाने भन्दै थिए, आफैँ करेन्ट लागेर बिते छन्,' शिक्षक चौधरीले भने।

घटनाबारे प्रहरीलाई जानकारी गराइएपछि इलाका प्रहरी कार्यालय शिवाईको टोली घट्नास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। सर्जमिन मुचुल्काको कानुनी प्रक्रिया पुरा भएपछि शव पोष्टमार्टमका लागि अस्पताल लाने तयारी भइरहेको चौधरीले बताए।
अर्को समाचार
करेन्ट लागेर वृद्धको निधन
१६ असार २०७८
•
१ मिनेट पाठ
करेन्ट लागेर वृद्धको निधन
उदयपुरमा एक वृद्धको करेन्ट लागेर निधन भएको छ। घर नजिकै घाँस काट्न गएका त्रियुगा नगरपालिका ५ बुर्जाकान्लाका ७५ वर्षीय भक्तबहादुर बस्नेतको इनारमा जोडेको विद्युतीय मोटरको तार छुन जाँदा करेन्ट लागेर निधन भएको हो।  




घाँस काट्ने क्रममा विद्युतको तारमा छुन पुगेर करेन्ट लागी बेहोस् भएका बस्नेतको घट्नास्थलमै निधन भएको प्रहरीले जनाएको छ। घट्नाबारे स्थानीयबाट जानकारी पाएलगत्तै खटेको लालपत्ता प्रहरी चौकीको टोली घट्नास्थलको सर्जमिन मुचुल्का गरी फर्केको छ।  

घट्नाबारे बुझ्न जिल्ला प्रहरी निरीक्षकको टोली पनि घट्नास्थल पुगेको छ। मृतकको शव कानुनी प्िरक्रया पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस