जलवायु परिवर्तन र विपद्को मुद्दालाई साझा रूपमा हेर्नुपर्ने माग
०८ साउन २०८२
•
५ मिनेट पाठ
जलवायु परिवर्तन र विपद्को मुद्दालाई साझा रूपमा हेर्नुपर्ने माग
युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग जोड्दै जलवायु परिवर्तन र सामाजिक अभियानमा सहभागिता गराउनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन्।  




जागृति बाल तथा युवा सरोकार नेपालले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा काठमाडौंमा आयोजित 'विपदमैत्री तथा जलवायु उत्तरदायी शासनका लागि युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित तथा प्रवर्द्धन' विषयक कार्यक्रममा सहभागी युवाहरूले त्यस्तो माग गरेका हुन्।  

सो अवसरमा संसद्को राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यक्रम अनुगमन तथा मूल्याङ्कन समितिका सभापति ठाकुर गैरेले पृथ्वीको तापक्रम निरन्तर बढिरहेकोले हिमालय क्षेत्रमा हिउँ पग्लेर महासागरसम्म असर देखिन थालेको अवस्थामा जलवायु परिवर्तन र विपद्को मुद्दालाई साझा समस्याको रूपमा हेर्नुपर्ने बताए। कार्यक्रमका प्रमुख अतिथि गैरेले देशका युवा तथा किशोर बालबालिका समेतलाई यसबारे जागरूक बनाउनुपर्ने बताए।  

उनले तापक्रम बढ्दा मानव अस्तित्व नै सङ्कटमा पर्न लागेको र विकसित देशले कार्बन उत्सर्जन गर्दा नेपालले भोगिरहेकाले असर विरुद्ध नेपाली युवालाई जानकारी दिँदै जलवायु न्याय प्राप्तिको अभियानमा सरिक गराउन आफू प्रतिबद्ध रहने बताए।  

जलवायु परिवर्तनको क्षेत्रमा एकजुट भएर काम गर्न सांसदहरूको सहभागितामा एसियाको क्षेत्रीयस्तरको कमिटी बनाउने तयारी समेत अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।  

सांसद गरिमा शाहले धान लगाउने वर्षात मौसममै हाल तराई क्षेत्रलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने बाध्यताले नेपालमा खाद्य सङ्कट निम्तिने खतरा नजिक आएको बताइन्। उनले पानीको अभावमा तराईलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने अवस्था पानी जमिन मुनि जान नदिने विकासे कार्यक्रमको दुरुपयोगले भएको भन्दै नेपालले गर्ने विकासको नीति र अवधारणा, योजनामा परिवर्तन गर्नुपर्ने विचार व्यक्त गरिन्।

बाल अधिकारका लागि संसदीय मञ्च प्रमुख सीता रानाले जलवायु परिवर्तनको असरले निम्त्याएको विपद्ले सबै उमेर समूहका नागरिकलाई समान असर पर्ने भएकोले यसबारे जनचेतनाका लागि स्थानीय तहदेखि नै सबैलाई सचेत बनाउँदै अन्त्य गर्न नसकिने विपद्लाई न्यूनीकरणसम्म गराउन सबैको योगदान आवश्यक रहेको बताइन्।

ब्रिटिस काउन्सिलका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले जागृति बाल तथा युवा सरोकार नेपालसँगको सहकार्यमा काउन्सिलले जलवायु परिवर्तन जस्तो विश्वलाई नै प्रभावित पार्ने  सवालमा युवालाई जागरूक बनाउने अभियानमा जोडिन पाउँदा खुसी लागेको धारणा व्यक्त गरे।  

मौसम विज्ञ डा. इन्दिरा कँडेलले दिनप्रति दिन बढिरहेकोले तापक्रमले पृथ्वी तात्दा हिमाली भेगको हिँउ पग्लेर नेपालमा बाढी, पहिरोजन्य प्रत्यक्ष असर  परिरहेको बताउँदै त्यस्तो असर न्यूनीकरणका लागि सही सूचना प्रवाह गर्न देशभर पाँच सय वटा वर्षा मापन यन्त्र जडान गरिएको बताइन्। जल तथा मौसम विभागमा कार्यरत कँडेलले २५० वटा जल मापन यन्त्र र मौसम राडार समेत राखेर मौसमको अवस्थाको सही जानकारी दिन सफल भइरहेको बताइन्।  

साथै जल मापन यन्त्र र वर्षा मापन यन्त्रले देखाएको तथ्यको आधारमा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बाढीबाट हुने जनधनको क्षतिको न्यूनीकरण होस् भन्ने उद्देश्यले सूचना प्रवाह गर्दै आएको बताएका थिए।  

जलवायुको क्षेत्रका अनुसन्धानकर्ता अमृत देवकोटाले समग्र नेपालमा जलवायु परिवर्तनले पारेको असर, विपद्को अवस्था, जोखिमका स्थितिबारे कार्यपत्र प्रस्तुत गरेका थिए। उनले जलवायु परिवर्तनको सवालले समग्र क्षेत्रलाई नै एकै पटक असर पार्ने विश्वव्यापी साझा मुद्दा भएकोले  यसको न्यूनीकरणका लागि स्थानीय स्तर देखि राष्ट्रिय नीति, निर्माणदेखि जलवायु न्यायका लागि विश्वसामु नै आवाज बुलन्द गर्ने कामलाई निरन्तरता दिनुपर्ने बताए।

त्यस अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठले सोह्रौँ योजनामा जलवायु परिवर्तनको सवाललाई प्राथमिकताका साथ समेटेको जानकारी दिँदै त्यसको कार्यान्वयनका लागी सबैको प्रतिबद्धता र एकता आवश्यक रहेको बताए।  

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले यूथ भिजन–२०३५ बनिरहेको सन्दर्भबारे जानकारी गराउँदै जलवायु परिवर्तनको सवाल र विपद् व्यवस्थापनको मुद्दालाई प्राथमिकताका साथ उठाउने र समावेश गराउने प्रतिबद्धता जनाए।  

गैरसरकारी संस्था महासङ्घका उपमहासचिव भवराज रेग्मीले जलवायु परिवर्तनको सवालबारे सही सचेतना र हरित अर्थतन्त्रमा योजनाबद्ध कार्यक्रममा ल्याउन सके युवालाई स्वदेशमै रोजगारी उपलब्ध हुने बताएका थिए।  

सुनवल नगरपालिका प्रमुख विमला अर्यालले नेपालकै पहिलो बालमैत्री, पोषणमैत्री स्थानीय तह सुनवलमा जलवायु परिवर्तनबारे जागरणमूलक अभियान पनि सञ्चालन गरेको र यसबाट युवा र किशोर अवस्थाका बालबालिकाले निक्कै राम्रा अभ्यास सिकेको बताए।  

जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले जलवायु परिवर्तन सम्बन्धी जागरणमूलक अभियान कार्यक्रम माडी न.पा, सुनवल न.पा, मध्यविन्दु न.पा.र तिलोत्तमा नगरपालिकाका युवा तथा किशोर, किशोरीबीच सञ्चालन गरी जलवायु र विपद्जन्य समस्याबारे युवा समूहलाई तालिम दिएको बताए। अध्यक्ष पौडेलको सभापतित्वमामा सम्पन्न कार्यक्रममा आठ वटा विभिन्न संसदीय समितिका २० जना सांसदहरूले सहभागिता जनाउँदै जलवायु परिवर्तन र विपदबारे सवाल संसद्मा उठाउने प्रतिबद्धता जनाए।  

सो अवसरमा युवा अभियन्ता कला बस्यालले सुनवल नगरपालिकामा सञ्चालित जलवायु परिवर्तनबारे अभियानबाट सङ्कलित ध्यानाकर्षण पत्र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यक्रम अनुगमन तथा मूल्याङ्कन समिति सभापति ठाकुर गैरेलाई हस्तान्तरण गरेकी थिइन्। 

सो ध्यानाकर्षण पत्रमा समावेशी विपद् प्रतिकार्य र जलवायु परिवर्तन र जलवायु उत्तरदायी शासन, युवामैत्री तथा सशक्तीकरण प्रणालीमा युवाको अर्थपूर्ण सहभागिता हुनुपर्ने, युवा नेतृत्वमा आधारित कार्यक्रमहरूको लागि स्रोत तथा लगानी गर्नुपर्ने, नीति निर्माणमा युवाको सहभागिता हुनुपर्नेलगायतका ११ बुँदाहरू समावेश छन्।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
यो पनि पढौँ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस