वीरगन्जको सुक्खा बन्दरगाह बिस्तारमा ढिलाइ
२१ साउन २०८३
•
५ मिनेट पाठ
वीरगन्जको सुक्खा बन्दरगाह बिस्तारमा ढिलाइ
वीरगन्जको सिर्सियामा रहेको सुक्खा बन्दरगाहलाई बिस्तार गर्नको लागि अधिग्रहण गरिएको जग्गामा रहेको घर लगायतको भौतिक संरचनाहरूको क्षतिपूर्ति वितरणमा ढिलाइ गरिएको छ।




भौतिक संरचनाको क्षतिपूर्तिमा ढिलाइ गरिए पछि बन्दरगाह बिस्तारको लागि अधिग्रहण गरिएको जग्गामा बन्दरगाहको बिस्तार हुन सकेको छैन।

सरकारले सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकीलाई एक आपसमा जोडनको लागि स्थानीयहरूको घर भएको जग्गाहरू अधिग्रहण गरेका थियो।

जग्गा अधिग्रहण गरिए पनि पहिला देखि ती जग्गामा स्थानीयहरूले निर्माण गरेका घर लगायत भौतिक संरचनाको क्षतिपूर्ति दिने प्रक्रिया अगाडी बढाइएको थियो।

घर लगायत भौतिक संरचनाको लागत जिल्ला प्रशासन कार्यालय पर्साले तयार गरेर निर्णय गर्नमा ढिलाइ गरेको कारणले भौतिक संरचनाको क्षतिपूर्ति वितरणमा ढिलाइ हुँदै आएको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साबाट गठन गरिएको संरचना क्षतिपूर्ति मूल्य निर्धारण समितिले काम गर्नमा ढिलाइ गरेको कारणले भौतिक संरचनाको क्षतिपूर्ति वितरणमा ढिलाइ भएको सिर्सियाका स्थानीयहरूले गुनासो गरेका छन्।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पहिला भौतिक संरचना क्षतिपूर्तिको लागि काम गरेका दुई जना सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा भएको कारणले भौतिक संरचनाको मूल्य निर्धारण गर्ने कार्यमा केही ढिलाइ भएको बताएका छन्।

अब केही दिनमै घर, टहरा लगायतको संरचनाहरूको विवरण तयार गराएको त्यसको क्षतिपूर्ति दिने रकम तोकेर यसको  निर्णय गर्ने प्रजिय दाहालले बताए।

केही स्थानीयहरूको वर्षौ देखि घर निर्माण गरेर हक भोग गरेको जग्गाको उनीहरूसँग लालपुर्जा नभएको कारण समेत केही समस्या भएको उनले बताए।

अधिग्रहण गरिएको सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी बिचको जग्गामा लगभग ४ सय ५० देखि ५ सय  घरधुरी रहेको सुक्खा बन्दरगाह पर्ने वीरगन्ज महानगरपालिका २५ का वडा अध्यक्ष आशुतोष चर्तुवेदीले दाबी गरेका छन्।

ती जग्गामा रहेका घर लगायत भौतिक संरचनाको लागत पहिला नै तयार गरी पनि पर्साको प्रमुख जिल्ला अधिकारीले त्यसको निर्णय नगर्दा घर धनीहरूले क्षतिपूर्ति पाउन नसकेको वडा अध्यक्ष  चर्तुवेदीले आरोप लगाएका छन्।

पहिला तयार गरिएको लागतमा जग्गामा भएको घर, रुख, बाली सबैको विवरण खुलाइएको छ तर पनि घरधनीहरूलाई दुख दिने उद्देश्यले पर्साका प्रजियले यसको क्षतिपूर्तिको निर्णय गर्ने कार्यमा ढिलाइ गर्दै आएको चतुर्वेदीले बताए।

जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगन्ज भन्सार कार्यालयले जग्गाको मुआब्जा र भौतिक संरचनाको क्षतिपूर्ति दिनमा ढिलाइ गरेको कारणले सुक्खा बन्दरगाह बरिपरी घर भएका स्थानीयहरू कोइलाको धुलो लगायत औद्योगिक कच्चा पदार्थको कारणले स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरेको उनले बताए।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले बन्दरगाहको बिस्तार कार्यमा ढिलाइ हुँदा व्यापारमा प्रभावकारी  र अन्तर्राष्ट्रिय व्यापारमा सहजीकरण हुन नसकेको बताएका छन्।

सुक्खा बन्दरगाह पहिला देखि नै साँघुरो भएको कारणले भन्सार जाँचपास गर्नमा समेत समस्या हुँदै आएको उनले बताए।

अधिग्रहण गरेर भन्सारको नाममा आइसकेको जग्गामा रहेको भौतिक संरचनालाई जति छिटो खाली गर्न सकियो त्यति नै बन्दरगाहको हकमा राम्रो हुने उनले बताए।

बन्दरगाह बिस्तारको लागि अधिग्रहण गरिएको जग्गामा भएको भौतिक संरचनाको मूल्य निर्धारणको निर्णय गरिएपछि त्यसको क्षतिपूर्ति तिर्नमा आवश्यक पर्ने रकमको निकासा अर्थ मन्त्रालयबाट गराउनको लागि पनि पहल गर्नु पर्ने मैनालीले बताए।

भौतिक संरचनाकै ७० करोड जति क्षतिपूर्ति दिनुपर्ने अनुमान गरिएको उनले बताए। हालसम्म अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गरी सकिएको उनले बताए । १७ कट्ठा जग्गामा जग्गाधनीहरूको आपसी मुद्दा रहेको र २ बिघा स्ववासी जग्गा रहेकाले अधिग्रहण प्रक्रियामा अवरोध आएको उनले बताए।

अधिकांश जग्गाको मुआब्जा वितरण भइसके पनि स्ववासी जग्गाको कारण भने जटिलता उत्पन्न भएको उनले बताए। अधिग्रहण गर्न लागिएको जग्गामा रहेको ८४ स्ववासी घरधुरीले २ बिघा १८ कट्ठा १० धुर जग्गामा घर बनाएर बसेको तर उनीहरूसँग जग्गाको लालपुर्जा नरहेको बताइएको छ ।

भोगचलन रहे पनि लालपुर्जा नहुँदा उनीहरूले तत्कालै मुआब्जा पाउने अवस्था छैन। यिनीहरूको हकमा संघीय सरकारको मन्त्रिपरिषद्बाटै निर्णय गर्नु पर्ने पर्साका प्रजिय दाहालले बताए।

हालसम्म मुआब्जा बापत करिब ५ अर्ब जति रुपैयाँ वितरण भइसकेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। संघीय भूमि सुधार तथा व्यवस्था मन्त्रालयले हालै पत्राचार गरी बाँकी रहेको जग्गाको मुआब्जाको रकम निर्धारण गर्न निर्देशन समेत दिएको थियो।

सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी बिचको ६२ बिघा जग्गा अधिग्रहण प्रक्रिया पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको कार्यकालमा २०७६ मंसिर देखि सुरु गरिएको थियो।

सरकारी मापदण्ड अनुसार, यहाँ मुआब्जा रकम सबैभन्दा बढी प्रतिकट्ठा ६७ लाख ७० हजार रुपैयाँ र सबै भन्दा कम प्रतिकट्ठा २४ लाख ६० हजार रुपैयाँ रहेको छ। ९ वर्षअघि नै स्थानीयको ६२ बिघा जग्गा अधिग्रहण प्रक्रियाका लागि भन्दै रोक्का गरिएको थियो।

अढाई दशकदेखि सञ्चालनमा रहेको सिर्सिया सुख्खा बन्दरगाह र ८ वर्षदेखि सञ्चालनमा रहेको  एकीकृत सुरक्षा जाँच चौकीको बिचमा खल्वाटोला गाउँ र स्थानीयको खेत पर्छ। यी दुई ठुला संरचनाबिच रहेको यो टोललाई अधिग्रहण गरिएपछि दुवै संरचना एक अर्कासँग जोडिनेछन्।

देश भरीमै रहेको भन्सार कार्यालयहरूले संकलन गर्ने राजश्वको ४१ प्रतिशत जति सुक्खा बन्दरगाह र वीरगन्ज भन्सार कार्यालयबाट एक्लैले राजश्व संकलन गर्ने गरेको बताइएको छ।

आर्थिक वर्ष २०८२/८३ मा  २ खर्ब ४३ अर्ब ८२ करोड रुपैयाँ राजश्व संकलन गरेको वीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा वीरगन्ज भन्सार कार्यालयले २ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ राजश्व संकलन गरेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले बताएका छन्।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
४९ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस