रोजगारीको खोजीमा विभिन्न देश पुगेका नेपाली नागरिक दिनप्रतिदिन असुरक्षित हुँदै गएका छन् । विदेशमा काम गर्ने नेपालीको मृत्युदर बढेको छ । दुई महिनामै २ सय ३८ले ज्यान गुमाएका छन् ।
प्रत्येक वर्ष हजारौँ नेपाली रोजगार खोज्दै विभिन्न देश पुग्ने गरेका छन् । काम गर्दा असुरक्षित श्रमले नै धेरै नेपालीको ज्यान जाने गरेको छ ।
वैदेशिक रोजगार बोर्डको तथ्याकं अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै मृत्यु हुनेको संख्या २ सय ६८ पुगेको छ । तथ्याकं अनुसार औसतमा दैनिक चार वटा शव काठको बन्द बाकसमा नेपाल भित्रिने गरेका छन् ।
अवैध रूपमा बिदेसिएका र श्रम स्वीकृति नलिएका वा करार अवधि सकिएको अवस्थामा विदेशमा ज्यान गुमाउनेको संख्या थप बढ्ने देखिन्छ । यसको तथ्यांक सरकारसँग छैन ।
यसरी बिदेसिएका नेपालीमध्ये कडा रोग लागेर बिरामी हुने, कामका क्रममा अंगभंग हुने र मृत्यु हुनेको संख्या बढ्दै गएको बोर्डको तथ्यांकमा उल्लेखित छ । आर्थिक अवस्थाकै कारण बिदेसिएका थुप्रै युवाले वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अंगभंग र मृत्यु भएर स्वदेश फर्किनु परेको छ ।
खाडी मुलुक र मलेसियामा कार्यरत नेपालीमा तुलनात्मक रुपमा बढी समस्या खेपेर नेपालीले ज्यान गुमाउने गरेका छन् । जसमा मिर्गौला रोगको खतरा बढी हुने गरेको वैदेशिक रोजगार बोर्डका अधिकारीहरूले बताएका छन् ।
सरकारले विप्रेषणका कारण मुलुकको अर्थव्यवस्था टिकिरहेको भनिरहँदा गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १ हजार ५१७ जना युवाले ज्यान गुमाएका छन् । यो तथ्यांक बोर्डबाट मृतकका आफन्तले आर्थिक सहायता पाएकाको मात्रैको हो । वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अंगभंग हुने र मृत्यु भएका व्यक्तिका हकवालाले आर्थिक सहायता पाउँछन् । यो सहायता पाउन श्रमिकले श्रम स्वीकृति लिएको हुनुपर्ने, श्रम स्वीकृति नवीकरण गरेको हुनुपर्ने र बिरामी वा मृत्यु भएको वर्ष दिनभित्रै बोर्डमा निवेदन दिनुपर्ने कानुनी प्रक्रिया छ ।
देशलाई विदेशी भूमिबाट पसिना बगाएर पठाएको रेमिटेन्सले मुलुकको अर्थतन्त्र चलायमान भए पनि सामाजिक पाटो भने विकराल छ । विभिन्न मुलुकमा गएर काम गर्ने क्रममा ज्यान गुमाउने र अंगभंग तथा बिरामी हुनेको संख्या बढ्दो छ ।
वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मृत्यु हुने, बिरामी तथा अंगभंग भई फर्किनेको संख्या बढ्नुले वैदेशिक रोजगार अझै सुरक्षित नभएको संकेत गर्छ । वैदेशिक रोजगारीमा खाडीलगायतका मुलुकमा नेपाली जाने गरेका छन् ।
देशको अवस्था झन् बिग्रिएको हुँदा विदेश जानेको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती बताउँछन् ।
‘देशको अवस्था झन् बिग्रिँदो छ । खास्सै रोजगारीको अवसर देखेका छैनन् । जसले गर्दा नेपाली युवा झन् बिदेसिन बाध्य छन्,’ उनले भने, ‘जतिधेरै विदेश जानेको संख्या बढ्छ उतिनै मृत्यु हुनेको संख्या पनि बढ्ने हो । साथसाथै तालिम र सीप केही नलिईकन विदेश जाने प्रवृत्तिले पनि जोखिम बढेको हो । कानुनी प्रक्रिया पुरा गरेर कामका लागि विदेश जानेको तथ्यांक मात्रै हामीसँग हुन्छ ।’ अवैध रूपमा विदेश गई मृत्यु र बिरामी तथा अंगभंग हुनेको संख्या बोर्डसँग नहुने उनले बताए ।
मानसिक तनावका कारण कतिपयले विदेशमै आत्महत्या गरेका छन् । कतिपय वातावरण नमिल्दा बिरामी हुने र कतिपय सोचेजस्तो नहुँदा ‘डिप्रेसन’ मा जाँदा पनि जोखिम निम्तिने गरेको उनको तर्क छ । कामका लागि बिदेसिएका नेपालीमध्ये कडा रोग लागेर बिरामी हुने, कामका क्रममा अंगभंग हुने र मृत्यु हुनेको संख्या बढ्दै गएको बोर्डको तथ्यांक छ । खाडी मुलुक र मलेसियामा कार्यरत नेपालीमा मिर्गौलाको समस्या पनि बढी देखिएको उप्रेतीले बताए ।
दुर्घटनालगायत अन्य कारणले भन्दा पनि सुतिरहेको अवस्थामा मृत्यु हुने कामदारको संख्या बढी रहेको उनले बताए ।
‘बिचौलियाको प्रभाव र व्यक्तिगत तवरले जोखिमपूर्ण मानिएका देशहरूमा तेस्रो मुलुक हुँदै जाने प्रवृत्तिले पनि धेरै समस्या आएको छ,’ उनले भने, ‘विदेश जाँदा सिप सिकेर र मौसम तथा अन्य जोखिमबारे राम्ररी बुझेर मात्रै विदेश जान उचित हुन्छ ।’
वैदेशिक रोजगारीमा जानेले स्वास्थ्य जाँच गराए पनि त्यहाँ पुगेपछि परिवर्तित वातावरणका कारण बिरामी तथा मृत्यु हुने गरेको उप्रेतीले बताए । विदेशमा सुतिरहेकै अवस्थामा मृत्यु भएका कामदारको पोस्टमार्टम रिपोर्ट पनि कसैको प्राकृतिक कारण र कसैको हृदयाघातले भएको खुल्न आएको उनी बताउँछन् ।
विशेष गरी खाडी मुलुकमा जाने नेपालीले बढी सास्ती खेप्नुपरेको बोर्डका अधिकारीहरू बताउँछन् । मुख्य गरी मुटुसम्बन्धी रोग, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, मिर्गौला रोग, हृदयाघात, क्यान्सर र अन्य विभिन्न कारणले वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु हुने गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा एक हजार ३७८ र २०७९/८० मा १ हजार २०८ युवाले ज्यान गुमाएको बोर्डको तथ्याकं छ । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउने धेरै रहेका छन् ।
बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएमा हकवालालाई सात लाख रुपैयाँ दिने गरेकोमा गत वर्ष कात्तिक ९ गतेदेखि १० लाख रुपैयाँ दिन थालेको छ । यस्तो सहायता वैदेशिक रोजगारीमा जानेक्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट प्रदान गरिन्छ ।