शुक्रबार बुटवल, भैरहवालगायतका क्षेत्रमा दिउँसै अँध्यारो भएको छ।
बिहानै देखि धमालधुमुल गरेको मौसम दिउँसो एक्कासि आएको हावाहुरीसँगै अँध्यारो भएको हो।
दिउँसै अँध्यारो भएपछि सडकमा गुडिरहेका सवार साधनहरूले बत्ती बालेर चलाउनु परेको थियो। हुरी बताससँगै केही बेर वर्षा भएपछि अहिले बादल फाटेर मौसम बिस्तारै खुलेको छ।
रुपन्देहीसँगै लुम्बिनी प्रदेशका कपिलवस्तु, नवलपरासी, दाङ, बाँके लगायतका जिल्लामा पनि दिउँसो केही बेर हावाहुरी र पानी परेर मौसम अँध्यारो भएको थियो। हावाहुरी पछि आएको वर्षाले बालीनालीमा सामान्य क्षति पुगेको अनुमान गरिएको छ।